×

उच्च रक्तचापको जोखिमबाट कसरी बच्ने ? डा. अनिल भट्टराईको सुझाव

खालीपाना न्युजडेस्क | १ घण्टा अगाडि

काठमाडौं । पछिल्लो समय मानिसहरूमा उच्च रक्तचापको समस्या बढिरहेको तथ्यांकहरु आइरहेका छन् । अस्वस्थ खानपान, व्यायामको कमी, तनावपूर्ण जीवनशैली, धूम्रपान तथा मद्यपान जस्ता कारणहरूले उच्च रक्तचापको समस्या बढ्न थालेको चिकित्सकहरु बताउने गर्छन । बदलिँदो जीवनशैली र सहरीकरणसँगै युवापुस्तादेखि नै उच्च रक्तचाप देखिन छ ।

मुटु रोग विशेषज्ञ, डा.अनिल भट्टराईले वयस्क व्यक्तिको रक्तचाप १२०/८० भन्दा माथि पुगेमा त्यसलाई उच्च रक्तचाप मानिने बताएका छन् । उनले रक्तचाप दुई प्रकारको हुने बताए हुन् । सिस्टोलिक (माथिल्लो) र डायस्टोलिक (तल्लो) । सामान्य अवस्थामा माथिल्लो प्रेसर १२० भन्दा कम र तल्लो प्रेसर ८० भन्दा कम हुनुपर्छ ।

उनले भने, ‘हाम्रो शरीरमा हुने रक्तचाप भन्दा नर्मल भन्दा बढी हुनेलाई उच्च रक्तचाप भनिन्छ । त्यो भनेको उमेर अनुसारको फरक लेभलको प्रेसर हुन्छ । तर वयस्कहरूमा फरक हुन्छ । वयस्कहरुमा उच्च रक्तचाप दुई प्रकारको हुन्छ । सिस्टोलिक र डायस्टोलिक भनेर माथिल्लो र तल्लो हुन्छ । माथिको १२० भित्र छ भने त्यसलाई नर्मल मानिन्छ ।’

डा. भट्टराईका अनुसार नयाँ स्वास्थ्य गाइडलाइनअनुसार सिस्टोलिक प्रेसर १२० भन्दामाथि वा डायस्टोलिक प्रेसर ८० भन्दामाथि पुगेमा उच्च रक्तचापको संकेत मानिन्छ । उच्च रक्तचापलाई ग्रेड १, ग्रेड २ र ग्रेड ३ गरी वर्गीकरण गरिन्छ ।
उनले उच्च रक्तचापलाई बेवास्ता नगर्न आग्रह गर्दै नियमित स्वास्थ्य परीक्षण, सन्तुलित आहार, कम नुनको सेवन र नियमित व्यायामलाई प्राथमिकता दिन सुझाव दिए ।

डा. भट्टराईले उच्च रक्तचाप बढ्नुका विभिन्न कारणहरू रहेको बताए । उनका अनुसार सबैभन्दा सामान्य कारण (एसेन्सियल हाइपरटेन्सन) हो, जसको कुनै कारण नै छैन् । उनले उच्च रक्तचापको मुख्य जोखिम कारक उमेर भएको उल्लेख गर्दै उमेर बढ्दै जाँदा रक्तचाप पनि बढ्ने बताए । उनले विशेषत ४० वर्ष भन्दामाथिको मान्छेहरुमा उच्च रक्तचाप बढ्ने बताए । डा. भट्टराईका अनुसार कम उमेर समूहमा उच्च रक्तचाप तुलनात्मक रूपमा कम देखिए पनि ४० वर्षपछि यसको जोखिम क्रमशः बढ्दै जाने उल्लेख गरे ।

उनले भने, ‘उच्च रक्तचाप बढ्नुको कारणहरु धेरै छन् । पहिलो कारण (एसेंसियल हाइपरटेन्सन) हो, जसको कुनै कारण छैन । मेन रिस्क फ्याक्टर प्रेसर भनेको उमेर हो । उमेर बढ्दै गएपछि प्रेसर पनि बढ्दै जान्छ । विशेषत उच्च रक्तचाप ४० वर्ष भन्दामाथिको मान्छेहरुमा बढी देखिन्छ । त्यो भन्दा कम उमेरमा प्रायजसो कमै हुन्छ । ४० वर्ष काटिसकेपछि प्रेसर बढ्दै जाने देखिन्छ ।’

उनले मुटुसम्बन्धी रोगको कारणले गर्दापनि उच्च रक्तचाप निम्त्याउन सक्ने बताए । विशेषगरी मुटुबाट निस्किने मुख्य रक्तनली साँघुरिने समस्या, जसलाई (कोआक्टेसन अफ एओर्टा) भनिन्छ, त्यसले रक्तचाप बढाउन सक्छ । साथै रक्तनलीमा हुने इन्फ्लामेटरी रोग अर्थात् भास्कुलाइटिसका कारण पनि उच्च रक्तचाप देखिन सक्ने उनले बताए ।

डा. भट्टराईका अनुसार उच्च रक्तचाप बढ्नुमा जीवनशैली र खानपिनका बानी प्रमुख कारकका रूपमा देखिएका छन् । उनले पछिल्लो समय नेपाली समाजमा आएको जीवनशैलीको परिवर्तनले नयाँ पुस्तामा उच्च रक्तचापको समस्या बढ्दै गएको बताए ।
उनका अनुसार अस्वस्थ खानपिन, व्यायामको कमी, धुम्रपान, मद्यपान तथा प्रदूषित वातावरण उच्च रक्तचापका मुख्य जोखिम कारक हुन् । विशेषगरी पछिल्लो समय मानिसहरूले मासुजन्य परिकार, जंकफुड, धेरै नुन र चिनी भएको खाना बढी सेवन गर्न थालेको उनले बताए ।

उनले भने, ‘पछिल्लो समयमा नेपालीहरुको फुड ह्याबिटमा धेरै चेन्ज आयो । विशेषगरी मासुजन्य कुराहरु बढी सेवन गर्न थाले । जंकफुड, बसोबास एकदम पोल्यूटेड एरिया वा सहरी बस्तीमा पोलुसन धेरै हुने, फिजिकल एक्टिभिटिज कम हुने भएकाले उच्च रक्तचाप बढी देखिएको हो ।’

डा.भट्टराईले सहरी क्षेत्रमा बढ्दो प्रदूषण र शारीरिक गतिविधिको कमीले पनि स्वास्थ्यमा नकारात्मक असर पारिरहेको उल्लेख गरे । उनका अनुसार केही दशकअघि मानिसहरू दैनिक कामका लागि खेतबारीमा श्रम गर्थे, धेरै हिँडडुल गर्थे। तर अहिलेको जीवनशैली गाडी, मोटरसाइकल र कम शारीरिक परिश्रममा आधारित भएको छ । उनले छोटो दूरीमा समेत हिँड्न नचाहने बानी, बढ्दो मोटोपना र उमेरअनुसार अत्यधिक शरीरको तौलले पनि उच्च रक्तचापको जोखिम बढाएको वताए ।

डा. भट्टराईका अनुसार उच्च रक्तचापलाई (साइलेन्ट किलर) अर्थात् मौन घातक रोग भनिन्छ, किनभने धेरैजसो बिरामीमा यसको कुनै स्पष्ट लक्षण देखिँदैन । अधिकांश व्यक्तिमा लामो समयसम्म उच्च रक्तचाप भए पनि आफूलाई रोग लागेको थाहा हुँदैन । केही व्यक्तिमा भने रिंगटा लाग्ने, टाउको दुख्ने, चिडचिडापन हुनेजस्ता सामान्य लक्षण देखिन सक्छन् । तर धेरैजसो अवस्थामा कुनै संकेत नदेखिएकै कारण रोग भित्रभित्रै बढिरहेको हुन्छ ।

उनले भने, ‘यसलाई साइलेन्ट किलर पनि भनिन्छ अर्थात मौन घातक । ‘मेजोरिटी अफ द पेसेन्ट’मा लक्षण केही पनि देखिदैन् । केही व्यक्तिमा भने रिंगटा लाग्ने, टाउको दुख्ने, चिटचिट हुने खालको लक्षण हुनसक्छ । अर्को कुरा भनेको धेरैमा लामो समयदेखि उच्च रक्तचाप भइराखेको हुन्छ भन्ने कुरा थाहा पनि हुँदैन् ।’

डा.भट्टराईका अनुसार समयमै जाँच नभए उच्च रक्तचापले शरीरका महत्वपूर्ण अङ्गहरूमा गम्भीर असर पु¥याउन सक्छ । यसले मिर्गौला फेल हुने, मस्तिष्कघात (स्ट्रोक) हुने, हृदयघात आउने, आँखाको दृष्टि कमजोर हुँदै जाने तथा मुटुबाट निस्किने मुख्य रक्तनली च्यातिने (एओर्टिक डिसेक्सन) जस्ता जटिल समस्या निम्त्याउन सक्छ ।

कतिपय अवस्थामा मानिसहरू नियमित स्वास्थ्य परीक्षणका क्रममा मात्रै आफ्नो रक्तचाप उच्च रहेको थाहा पाउँछन् । भने केही बिरामीमा स्ट्रोक, हृदयघात वा अन्य गम्भीर समस्या देखिएपछि मात्रै उच्च रक्तचाप भएको पत्ता लाग्ने उनको भनाइ छ ।
तनावपूर्ण जीवनशैली, अस्वस्थकर खानपान, व्यायामको कमी, मोटोपना तथा शारीरिक निष्क्रियताका कारण उच्च रक्तचाप देखिनुका साथै हृदयघातको जोखिम पनि बढ्ने डा भट्टराईले बताए ।

उनले भने, ‘उच्च रक्तचाप पनि मुटुरोग अन्तर्गत नै पर्छ । यसकै रिस्क फ्याक्टरले नै हार्ट अट्याक गराउने हो ।’
डा. भट्टराईका अनुसार उच्च रक्तचाप हुँदा रक्तनलीभित्र निरन्तर दबाब र तनाव सिर्जना हुन्छ । रक्तनलीमा बोसो जम्ने प्रक्रिया सुरु हुन्छ, जसलाई ‘एथेरेस्क्लेरोटिक डिजिज’ भनिन्छ । यही प्रक्रिया मुटुको रक्तनलीमा सँगसँगै हुने भएकाले रक्तनली साँघुरिने र अवरुद्ध हुने जोखिम बढ्छ ।

उनले रक्तचाप भएका व्यक्तिले समयमै रक्तचाप नियन्त्रण नगरे, रगतमा चिनी तथा कोलेस्ट्रोलको मात्रा सन्तुलनमा नराखे र नियमित औषधि सेवन नगरेमा मुटुको नसामा गम्भीर असर पुग्नसक्ने चेतावनी दिए । जसका कारण हार्ट अट्याकसम्म हुनसक्ने बताए ।

डा. भट्टराईका अनुसार उच्च रक्तचाप मुख्यतः शरीरको आर्टेरियल सिस्टम अर्थात् धमनीसम्बन्धी रोग हो । उनले भेनस सिस्टम र आर्टेरियल सिस्टम गरी शरीरमा दुई प्रकारका रक्तनली रहने बताए ।

उनका अनुसार धमनीको (कडापन) वा तनाव बढ्दा रक्तचाप उच्च हुन्छ भने रक्तनलीहरू सामान्य अवस्थामा फर्किए रक्तचाप घट्न सक्छ । लामो समयसम्म रक्तचाप नियन्त्रणमा नरहे यसले शरीरका महत्वपूर्ण अङ्गहरूमा गम्भीर क्षति पु¥याउन सक्छ । उनले उच्च रक्तचापका कारण मिर्गौलाको फिल्टर गर्ने क्षमता कमजोर हुने बताए ।
उच्च रक्तचापले आँखाका रक्तनलीहरूमा पनि असर पु¥याउँछ । आँखाभित्रका साना नशा क्षतिग्रस्त हुँदा दृष्टि कमजोर हुँदै जाने वा आँखाको ज्योति नै गुम्न सक्ने खतरा हुन्छ ।

उनले अस्वस्थ जीवनशैलीका कारण पछिल्लो समय युवापुस्तामा उच्च रक्तचापको समस्या तीव्र रूपमा बढिरहेको बताए । अस्पतालमा आउने धेरै युवा बिरामीहरू राति अबेरसम्म बाहिर बस्ने, क्लब तथा मनोरञ्जनस्थलमा समय बिताउने, हुक्का तथा चुरोट सेवन गर्ने, मदिरा पिउने र अत्यधिक मासुजन्य परिकार खाने समूहका हुने गरेको उनले बताए ।
उनले पर्याप्त व्यायाम नगर्ने, राति ढिलो सुत्ने र बिहान ढिलो उठ्ने बानीले शरीरको प्राकृतिक जैविक चक्र (बायोलोजिकल रिदम) बिग्रने बताए ।

रक्तचाप देखिसकेपछि पहिलो काम भनेको औषधि सेवन गर्नु हो । उनले उच्च रक्तचापलाई बेवास्ता गर्नु खतरनाक हुने भन्दै समयमै औषधि सुरु गर्नु नै पहिलो प्राथमिकता हुनुपर्ने बताए ।
उनले औषधि सेवनमा लापरबाही नगर्न आग्रह गर्दै एक–दुई चक्की औषधिले नै भविष्यका ठूला जटिलता रोक्न सकिने बताए । उनका अनुसार औषधि नियमित खाने व्यक्तिहरूमा जटिलता कम हुने र समग्र आयु तथा जीवन गुणस्तर राम्रो हुने देखिन्छ, जबकि औषधि नखानेमा गम्भीर जोखिम बढ्छ ।

डा. भट्टराईका अनुसार उच्च रक्तचापलाई (साइलेन्ट किलर) भनिन्छ, किनभने धेरैजसो अवस्थामा यसको स्पष्ट लक्षण देखिँदैन । उनले बताएअनुसार केही व्यक्तिमा मात्र चक्कर लाग्ने, टाउको दुख्ने जस्ता सामान्य लक्षण देखिन सक्छन ।
पर्याप्त निद्रा नहुनु आफैँमा शरीरलाई तनाव (स्ट्रेस) को अवस्थामा पु¥याउने अवस्था हो, जसले रक्तचाप बढाउन सक्छ । रक्तचापको मुख्य उपचार नियन्त्रण हो । नियमित औषधि सेवन, जीवनशैली सुधार र निरन्तर निगरानी आवश्यक हुन्छ ।
उनले सामान्यतया वयस्क व्यक्तिले दैनिक ६–८ घण्टा गुणस्तरीय निद्रा लिनुपर्ने बताए । निद्रा नपुग्दा शरीरमा स्ट्रेस हर्मोनहरू बढ्ने र त्यसले रक्तचापमा प्रत्यक्ष असर गर्ने उनको भनाइ छ । त्यसको कारणले गर्दा नै उच्च रक्तचाप बढ्छ।

उनका अनुसार यसलाई नियमित औषधि सेवन गरेर कन्ट्रोल गर्ने हो । रोग पुरा जस्तो आज दुई चक्की खाएर जिन्दगीभर निको हुन सक्दैन् । यसलाई कन्ट्रोल गर्न नियमित औषधि सेवन गर्ने हो ।

युवापुस्तालाई अस्वस्थ जीवनशैली त्यागेर मुटु तथा उच्च रक्तचापसम्बन्धी रोगबाट जोगिन उनले आग्रह गरे । उनका अनुसार पछिल्लो समय बदलिँदो खानपान, काम गर्ने शैली र जीवनशैलीका कारण युवामा मुटुरोग तथा उच्च रक्तचापको जोखिम बढ्दै गएको छ ।

उनले विशेषगरी जंकफुडको सेवन घटाउन, मध्यपान तथा धुम्रपानबाट टाढा रहन र मासुजन्य परिकारको अत्याधिक प्रयोग नगर्न सुझाव दिए । उनले यसको सट्टा फलफूल र तरकारीको सेवन बढाउनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.