बाजुरा । बाजुराबाट माध्यामिक शिक्षा परीक्षा एसइईमा ६१ दशमलव ९ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका छन् । (एसइई) २०८२ मा बाजुराको समग्र ग्रेडेड प्रतिशत ६१.९ पुगेको हो ।
शिक्षा विकास तथा समन्वय इकाई बाजुराले सार्वजनिक गरेको विवरण अनुसार,जिल्लाभरबाट परीक्षामा सहभागी २ हजार १ सय २६ विद्यार्थीमध्ये १ हजार ३ सय १६ जना ग्रेडेड भएका छन् । भने ८ सय १० विद्यार्थी नन–ग्रेडमा परेका हुन् ।
परीक्षामा साधारण धारतर्फ एक हजार २५१ र प्राविधिक धारतर्फबाट ६५ जना विद्यार्थी उत्तीर्ण भएका छन्, भने साधारणबाट ७६९ र प्राविधिकबाट ४१ गरी ८१० जना नन ग्रेडमा परेको शिक्षा विकास तथा समन्वय इकाई बाजुराले जनाएको छ ।
यस वर्ष जिल्लाका ६८ विद्यालयका विद्यार्थीहरुको परीक्षामा सहभागीता रहेको थियो।सामुदायिक विद्यालय तर्फ २ हजार २० विद्यार्थी सहभागी भएकोमा १ हजार २ सय ५१ जना ग्रेडेड भएका हुन् । संस्थागततर्फ १ सय ६ विद्यार्थीमध्ये ६५ जना ग्रेडेड भएका हुन् ।
४ जीपीए ल्याउने शून्य ः
जिल्लामा यस बर्ष ४ जीपीए ल्याउने विद्यार्थी शून्य छन् । सार्वजनिक नतिजा अनुसार बाजुराबाट ४ जीपीए ल्याउने विद्यार्थी एक जना पनि छैनन् । सबैभन्दा बढी विद्यार्थी २.८ देखि ३.२ जीपीए समूहका छन् । उक्त समूहमा ६१५ विद्यार्थी रहेका छन् ।
यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउने २३७ जना तथा ३.६ देखि ४.० जीपीए ल्याउने २९ जना विद्यार्थी रहेका छन् । त्यसैगरी २.४ देखि २.८ जीपीए ल्याउने ३८९ विद्यार्थी रहेका छन् । भने २.० देखि २.४ जीपीए ल्याउने विद्यार्थी संख्या ४६ रहेको छ ।
१.६ देखि २.० जीपीए समूहमा भने कुनै पनि विद्यार्थी परेका छैनन् । यो बर्ष क्रेटर जोन एकेडेमीमा अध्ययनरत पूजा कार्की जिल्लामै प्रथम भएकी हुन् । उनले सर्वाधिक ३.९१ प्रतिशत जिपीए ल्याएकी छिन् ।
बाजुरामा २०८० सालमा दुई हजार ८३४ जना विद्यार्थी एसइईमा सहभागी भएकामध्ये १ हजार पाँच जना मात्र उत्तीर्ण भएका थिए । त्यस्तै २०८१ सालको एसइई परीक्षामा दुई हजार २१६ जना सहभागी भएकामध्ये १ हजार १९९ जना उत्तीर्ण भएका थिए।विगत दुई बर्षको नतिजा हेर्दा यो बर्ष सुधारोन्मुख देखिएको हो ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.