×

भृकुटी कागज कारखानाको व्यवस्थापन तथा श्रमिकहरूको बक्यौता तत्काल भुक्तानी गर्न प्रधानमन्त्रीलाई ज्ञापन

खालीपाना न्युजडेस्क | १ घण्टा अगाडि

काठमाडौं । नवलपुर गैंडाकोट नगरपालिका स्थित भृकुटी कागज कारखानाको व्यवस्थापन तथा श्रमिकहरूको बक्यौता तत्काल भुक्तानीको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन पठाइएको छ ।
सफा सुन्दर हरियाली गैंडाकोट निरन्तर शनिबार अभियान’ले सोमबार नवलपरासीका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेमार्फत प्रधानमन्त्री वालेन्द्र शाहलाई ज्ञापन पठाइएको हो ।
अभियानका संयोजक गणेश सापकोटाका अनुसार भृकुटी कागज कारखानामा कार्यरत ३३३ जना श्रमिकहरूको बक्यौता पारिश्रमिक (करिब ४० करोड रुपैयाँ) तत्काल राज्यको पहलमा भुक्तानी गर्न, करिब ६० बिघा जग्गालाई यथाशीघ्र व्यवस्थापन गरी कृषि, उद्योग वा नमूना व्यवस्थित बजारका रूपमा विकास गर्ने स्पष्ट योजना बनाई कार्यान्वयन गर्न माग गर्दै ज्ञापन बुझाइएको हो ।
आफूहरुले बुझाएका मागहरुका बारेमा पाँच दिनभित्र सम्बोधन नभए आन्दोलनका कार्यक्रमहरु अगाडि सारिने संयोजक सापकोटाले जानकारी दिए ।
वि.सं. २०४० सालमा स्थापना भई निरन्तर रुपमा चल्दै आएको कारखाना मिति २०६७ साल देखि पूर्ण रूपमा बन्द भई जिर्ण अवस्थामा छ ।
राज्यको स्वामित्वमा स्थापना भई सञ्चालनमा रहेको उक्त उद्योग पछि निजी क्षेत्र (गोल्छा समूह) लाई हस्तान्तरण गरिएको यस कारखाना अहिले खण्डहरको रूपमा हामी सबैको माझमा दुव्र्यसनीको स्थल भएको छ भने हुरी बतास आँधीबेहरी आउँदा वरपरका स्थानीय वासिन्दा खण्डहरका टीन उड़ाएर मानव वस्तीमा डर र त्रास बढेको सापकोटाको भनाइ छ ।

श्रीमान् प्रधानमन्त्रीज्यू,
प्रधान मन्त्रीको कार्यालय सिहदरवार काठमाण्डौ
महोदय
विषयः ज्ञापन पत्र
मितिः २०८३÷०१÷२१
जिल्ला नवलपुर गैंडाकोट नगरपालिका स्थित भृकुटी कागज कारखानाको व्यवस्थापन तथा श्रमिकहरूको बक्यौता भुक्तानी सम्बन्धमा श्री सम्माननीय प्रधान मन्त्री ज्यू समक्ष यो ज्ञापनपत्र मार्फत विषय बस्तुको जानकारी गराउन चाहन्छौं ।
वि.सं. २०४० सालमा स्थापना भई निरन्तर रुपमा चल्दै आएको भृकुटी कागज कारखाना मिति २०६७ साल देखि पूर्ण रूप मा बन्द भई जिर्ण अवस्थामा रहँदै आएको छ। राज्यको स्वामित्वमा स्थापना भई सञ्चालनमा रहेको उक्त उद्योग पछि निजी क्षेत्र (गोल्छा समूह) लाई हस्तान्तरण गरिएको यस कारखाना अहिले खण्डहरको रूपमा हामी सबैको माझमा दुव्र्यसनीको स्थल भएको छ भने हुरी बतास आँधीबेहरी आउँदा वरपरका स्थानीय वासिन्दा खण्डहरका टीन उड़ाएर मानव वस्तीमा डर र त्रास बढेको छ । वि.सं. २०६७ सालदेखि पूर्ण रूपमा बन्द रहेको यस कारखानाका करीव ३३३ जना मजदुर हरु ले ४० करोड भन्दा बढी आफ्नो ज्याला मजदुरी प्राप्त गर्न समेत सकेका छैनन । आफ्नो ज्याला मजदुरी लामो समयदेखि नपाउँदा र पाउने आशामा बसेका कतिपय मजदुरको त मृत्युसमेत भइसकेको अवस्था छ ।
करिब ६० बिघा क्षेत्रफलमा फैलिएको यो कारखाना नेपालकै मध्यभागमा रहेको त्यसमा पनि गैंडाकोट नगरपालिकाको मुटुमा रहेको यति महत्वपूर्ण स्थानको यस्तो दुर्दशाले समग्र नगरको विकास, सुन्दरता र समृद्धिमा गम्भीर असर पुर्याएको छ ।
यसका साथै, सो कारखानामा आफ्नो श्रमको उचित मूल्य नपाई लामो समयदेखि पीडित श्रमिकहरूको अवस्था अत्यन्त दयनीय रहेको छ, जसप्रति राज्यको गम्भीर ध्यानाकर्षण आवश्यक देखिन्छ ।
त्यसैले, “सफा सुन्दर हरियाली गैंडाकोट निरन्तर शनिबार अभियान” मार्फत हामी स्थानीय युवाहरू तथा सचेत नागरिकहरूको तर्फबाट निम्न मागहरू राख्न चाहन्छौंः
१. भृकुटी कागज कारखानामा कार्यरत ३३३ जना श्रमिकहरूको बक्यौता पारिश्रमिक (करिब ४० करोड रुपैयाँ) तत्काल राज्यको पहलमा भुक्तानी गरियोस् ।२. गैंडाकोट नगरपालिकाको मुटुमा अवस्थित करिब ६० बिघा जग्गालाई यथाशीघ्र व्यवस्थापन गरी कृषि, उद्योग वा नमूना व्यवस्थित बजारका रूपमा विकास गर्ने स्पष्ट योजना बनाई कार्यान्वयन गरियोस् ।
महोदय,
हामीले यस विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै ५ दिनको समयसीमा सहित यो ज्ञापनपत्र पेश गरेका छौं । यदि उक्त समयसीमाभित्र पनि कुनै ठोस पहल तथा सम्बोधन नभएमा, बाध्य भई हामी आन्दोलनका कार्यक्रमहरू अगाडि बढाउनुपर्ने अवस्था आउने जानकारी गराउँदछौं ।
हाम्रो उद्देश्य कुनै टकराव सिर्जना गर्नु नभई गैंडाकोटलाई सफा, सुन्दर, हरियाली र समृद्ध बनाउने हो । राज्यबाट यस विषयमा शीघ्र, न्यायोचित र परिणाममुखी निर्णय हुनेमा हामी विश्वस्त छौं । धन्यवाद ।
वोधार्थ ः–
गैडाकोट नगरपालिका कार्यालय
जिल्ला प्रशासन कार्यालय कावासोती
जिल्ला प्रहरी कार्यालय कावासोती
भृकुटी कागज कारखाना (गोल्छा कम्पनी )
वडा नं. २ को कार्यालय गैडाकोट
निवेदक
“सफा सुन्दर हरियाली गैंडाकोट निरन्तर शनिबार अभियान“
गैंडाकोट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.