काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसदीय समितिमा एजेण्डाभन्दा बाहिरका विषय उठाउँदा प्रभावकारी छलफल हुन नसक्ने बताएकी छन् ।
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गौतमले समितिमा उठाइने विषयहरू स्पष्ट एजेण्डाभित्र हुनुपर्नेमा जोड दिएकी हुन्।
उनले भनिन्, ‘समिति र समितिको कार्य क्षेत्र जे हो त्यसमा सरकारलाई किन बोलाइन्छ भने सरकारले त्यो विषयमा आवश्यक तयारी गरेर जवाफ दिन सक्नुपर्छ। तर समितिमा राखिएका कुराहरु एजेण्डाभन्दा बाहिरबाट ल्याइयो भने त्यो प्रश्न र औचित्य प्रभावकारी ढंगले हुँदैन जस्तो मलाई लाग्छ । सरकारले यहाँ उठेका हरेक विषयहरुमा स्पष्ट ढंगले जवाफ दिन्छ त्यो जवाफ भित्र विषयवस्तु एजेण्डाभित्रैकै भए सरकारलाई काम गर्न अझ सहज हुन्छ ।’
उनले सरकारले समितिमा उठेका हरेक विषयमा स्पष्ट जवाफ दिने भएपनि विषय एजेण्डाभित्रै भए काम गर्न अझ सहज हुने बताइन् ।
मन्त्री गौतमले समितिको कार्यसम्पादन प्रभावकारी बनाउन सदस्यहरूबीच पूर्वसमन्वय आवश्यक रहेको पनि उल्लेख गरिन् ।
‘समितिका एजेण्डा तय गर्नुपर्ने हो भने बैठकअघि नै सदस्यहरूबीच समन्वय भइसक्नुपर्छ । आकस्मिक रूपमा जानकारी गराएर बिना तयारी उपस्थित हुँदा प्रभावकारी प्रस्तुति सम्भव हुँदैन,’ उनले भनिन् ।
उनले समितिमा अनुशासन कायम गर्नुपर्ने आवश्यकता औंल्याउँदै सरकार र समिति सदस्य दुवैले आफ्नो जिम्मेवारीप्रति गम्भीर हुनुपर्ने बताइन् ।
मन्त्री गौतमले सरकारका मन्त्रालयहरू र संसदका समितिहरू फरक–फरक कार्यक्षेत्रका आधारमा स्थापना गरिएको उल्लेख गर्दै ती संरचनाहरूबीच स्पष्ट भूमिकाको पालना आवश्यक रहेको धारणा राखिन् ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.