×

रास्कोट नगरपालिका : आशालाग्दो स्थानीय तह, विकासमा फड्को

खालीपाना न्युजडेस्क | १ घण्टा अगाडि

सुर्खेत । कालिकोटको रास्कोट नगरपालिकाले सीमित स्रोतसाधनकाबीच स्थानीय सरकार नागरिकको जीवनस्तर सुधार्ने माध्यम बन्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ । सेवा प्रवाह, सामाजिक सुरक्षा, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासलाई सन्तुलित रूपमा अघि बढाएको रास्कोट आशालाग्दो स्थानीय तहका रूपमा उभिएको छ ।
२०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा विजयी भएपछि ‘हामी बनाउँछौ, हाम्रो रास्कोट’ भन्ने लक्ष्यका साथ थालिएको रास्कोट नगरपालिका बिकासको योजना सार्थक बन्दै गएको छ ।
स्थानीय तहमा भइरहेका वेथिति, अनियमितता र ढिलासुस्तीका खवर मात्रै होइन केही आशालाग्दा र रहरलाग्दा कार्यहरु पनि कतिपय स्थानीय सरकारहरुले गर्दै आएका छन् । त्यस्तै केही बिकास र परिवर्तनका नमूना कार्यहरुले रास्कोटको पहिचान बदलिएको छ ।
शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र पूर्वाधार बिकासका लागिपनि रास्कोटमा केही नमूना अभ्यासहरु भईरहेका छन् । जुन अभ्यास अन्य स्थानीय तहले पनि अनुसरण गर्न लायक छन् । राजनीतिक आग्रह र पूर्वाग्रहविना रास्कोट बुझ्नेहरुलाई संघीयता पछि बिकासमा फड्को मारेको र रास्कोट फेरिएको अनुभुती भएको छ ।
सुरुवातदेखि नै शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र पूर्वाधार बिकासमा आशा लाग्दो नतिजा देखाएको रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना पछि प्रशासनिक सहजता पनि थपिएको स्थानीयहरु बताउँछन् ।
इलाका प्रहरी कार्यालय र इलाका प्रशासन कार्यालय स्थापना भए पछि अधिकांश प्रशासनिक कामहरु पनि पालिकामै हुने गरेका छन् । हाल जग्गाको कारोबारका लागि मात्रै रास्कोटबासीले सदरमुकाम पुग्नु पर्छ । बैशाख ७ गतेबाट नागरिकता र राष्ट्रिय परिचय पत्रको सेवा दिन थालिएको छ । स्थानीय तहमै आयोडिन युक्त नुन, सहुलियत दरमा चामल र निःशुल्क खानेपानीजस्ता लोकप्रिय कार्यक्रम रास्कोट नगरपालिकाले तीनबर्ष अघिदेखि नै सञ्चालन गदैं आएको छ ।
प्रशासनिक सहजताः गाउँमै सेवा
संघीय सरकारले रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको भएपनि यसको पहल गरेको श्रेय स्थानीय सरकारलाई जान्छ । यसका लागि सबै राजनितिक दल र सरोकारवालाहरुको पहल पनि उत्तिकै छ ।
सबैको पहलमा रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना गरी सेवा समेत थालिएको छ । रास्कोटसंगै शान्नित्रिवेणी, पचालझरना र पलाता गाउँपालिकाका नागरिकलाई नागरिकता र राष्ट्रिय परिचयपत्र लिन सदरमुकाम धाउनु पर्ने बाध्यता अन्त्य भएको छ ।
इलाका प्रशासन कार्यालयसंगै पचालझरना र पलाताका नागरिकले नागरिकता र राष्ट्रिय परिचपपत्रकै लागि गर्नुपर्ने समय र खर्च जोगिने छ । यो संगै नगरपालिकाले साल्टटे«डिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको डिपो कार्यालय स्थापना गरे पछि नून र चामल लिनका सदरमुकाम धाउनु पर्ने समय खर्चिनु पर्ने र लाइन लाग्नु पर्ने सास्ती हटेको छ ।
नेपाली विद्युत प्राविधिकरणको महसुल काउन्टरबाट रास्कोटबासीले गाउँमै बिजुलीको बिल तिर्ने व्यवस्था मिलाईएको छ । राष्ट्रिय वाणिज्य बैंक र ग्लोवल आइएमई बैंकले बैकिङ सेवालगायतका क्रियाकलापले रास्कोटलाई परिवर्तनका आभाष दिलाउँदछ ।
रास्कोट नगरपालिकाका प्रमूख धर्मराज शाही ‘पोषण’ले नगरबासीले नगरपालिकाबाटै नून र चामल सहजै पाउने व्यवस्था मिलाइएको बताए । स्थानीय सरकारले सरकार हुनुको अनुभुती दिलाउने गरी काम गर्नुपर्छ भन्ने मान्यताका साथ काम गरेको नगर प्रमूख शाहीको भनाई छ ।
‘नागरिकहरुले स्थानीय सरकारलाई नजिकको सरकार भएको अनुभुती दिलाउने गरी काम गर्नुपर्ने भन्ने मान्यतामा छौ’ उनले भने, ‘उपलब्ध स्रोत साधको उपयोग गरी अधिकतम् सेवा प्रवाहमा जोड दिएका छौ ।’
नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वडामै गएर वितरण गर्ने व्यवस्था मिलाएको छ । नगरपालिकाको निर्णयले जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता लिन सहज भएको छ ।
वडा कार्यालयसम्म पनि जान कठिनाई हुने जेष्ठ नागरिक र अपाङगता भएकाहरुलाई घरमै गएर पनि सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरिएको छ ।
स्वास्थ्य सेवाः गाउँमै डाक्टर, घरमै परीक्षण
रास्कोट नगर अस्पतालमा हाल तीनजना एमवीवीएस डाक्टर कार्यरत छन् । यी मध्ये एकजना कर्णाली प्रदेश सरकार र दुई जना डाक्टर नगरपालिकाले नियुक्त गरेका हुन् । सानोतिनो स्वास्थ्य समस्या हुँदा पनि विरामीलाई टाढा लैजानुपर्ने बाध्यता अहिले छैन ।
‘हाल तीन जना डाक्टरहरुले अस्पतालमा स्वास्थ्य सेवा दिइरहनु भएको छ’ नगर प्रमूख शाहीले भने, ‘आगामी आर्थिक बर्षदेखि बिशेषज्ञ सेवा सञ्चालन गर्ने गरी तयारी गरिरहेका छौ ।’
नगर पालिकामा हाल ११ वटा स्वास्थ्य इकाइमार्फत पनि सर्वसाधारणको स्वास्थ्य परीक्षण हुने गरेको छ । स्वास्थ्य उपचारको प्रभावकारी सेवाले नागरिकलाई गाउँमै बस्ने वातावरण बनाई गाउँबाट बढ्दो पलायन रोक्न सकिने उनको भनाई छ ।
नगरपालिकाले कार्यान्वयनमा ल्याएकोे मेयर हेल्थ केयर कार्यक्रम अर्को प्रभावकारी कार्यक्रम हो । यो कार्यक्रम अन्तर्गत नगरबासीलाई घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ । ‘हरेक महिना हरेक वडा’ अन्तर्गत बस्तीमै गएर नागरिकको स्वास्थ्य परिक्षण गर्ने गरिएको छ ।
कार्यक्रमबाट जेष्ठ नागरिक र गर्भवती महिलाहरु बढी लाभान्वित भएको बताईएको छ ।
नगरबासीले प्रेसर, सुगर, सामान्य ल्याव परीक्षणका सुविधाहरु घरदैलोमै पाउने गरेका छन् । कार्यक्रम अन्तर्गत गर्भवती महिलाको स्वास्थ्य परिक्षण र अल्टासाउण्ड सुविधा पनि घरमै दिने व्यवस्था गरिएको छ । ‘जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिन्छ’ मेयर शाहीले भने, ‘गर्भवती महिलाले भिडियो एक्सरेसम्मका सुविधा पाउछन् ।
शिक्षामा सुधार
रास्कोट नगरपालिकाले पछिल्लो समय शिक्षामा गुणात्मक फड्को मारेको छ । कुनैबेला २० प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको रास्कोटमा माध्यमिक तहसम्मको उत्तीर्ण दर ६० प्रतिशत पुगेको छ ।
कक्षा ५ र कक्षा ८ को गरस्तरीय परीक्षामा हाल ८० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । एउटा विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन भइरहेको छ । पालिकाभित्रका चार वटै माध्यमिक विद्यालयमा खेलकूद र अन्य शैक्षिक सामाग्रीहरुको उपलब्धता प्रयाप्त छ ।
विद्यालय नर्सिंङ कार्यक्रमले विद्यालयमा आउने विद्यार्थीको संख्या, महनिावारी स्वच्छता, विभिन्न खाले विभेद र बालविवाहविरुद्ध सचेतना बढाउने काम भई रहेको छ । पछिल्ला बर्षहरुमा नगरपालिकाको शैक्षिक गुणस्तरमा सुधार भएको र नतिजा पनि अपेक्षित आउने थालेपछि शैक्षिक बिकासका थप कार्यक्रम ल्याउने तयारी गरिएको नगर प्रमूख शाहीले बताए ।
‘विगतका बर्षहरुभन्दा नगरका सबै तहमा परीक्षाको नतिजा आशातीत आएको छ’ उनले भने, ‘यसलाई बढाउन आगामी दशैपछि एसइई लक्षित कक्षा सञ्चालनका लागि चार वटै माविमा आवासीय पढाइ सञ्चालन गरिने छ ।’
विद्यालयमा बालिका लक्षित सेनिटरी प्याड, खानेपानी र बिषयगत शिक्षक दरबन्दीका कारण शैक्षिक गुणस्तर सुधार हुँदै गएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कदै गएका बेला रास्कोट नगरपालिकाले वडिमालिका माविमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको छ । यो विद्यालयमा कक्षा १० सम्म अंग्रेजी माध्यमबाट पढाइ भइरहेको छ । ४ मावि, ३१ वटा प्रावि र ४१ वटा बालविकाश केन्द्र रहेको रास्कोटमा अहिले तहगत प्रधानाध्यापक परिचालन गरिएको छ । जसका कारण दरबन्दी अनुसारको शिक्षक सबैजसो विद्यालयले पाएको र शिक्षाको गुणस्तरसमेत सुधारको बाटोमा रहेको छ ।

सबै घरको वीमा, घरघरमा धारा
रास्कोट नगरपालिकाले पालिकाभित्रका सबै घरधुरीको वीमा गरिदिएको छ । २०७९ सालको असो १९ गतेदेखि २४ गतेसम्म परेको अविरल बर्षाले यहाँका तीनसय बढी घरमा क्षती पु¥यायो । त्यसमध्ये १ सय ३४ घर पूर्णरुपमा क्षति भए । गाउँलेहरुले क्षतिपुर्तीका लागि नगरपालिका गुहारे ।
तर नगरपालिकाले उनीहरुको माग बमोजिम राहत दिन सक्ने अवस्था थिएन । त्यही पीडाले जन्माएको घर वीमा कार्यक्रममा नगरपालिका भित्रका २५०० बढी घरधुरी आबद्ध भएका छन् ।
घर वीमा वाफतको वीमा प्रिमियम नगरपालिकाले तिरिदिने र विपद्जन्य कारणले घर क्षती भए ५० हजारदेखि ५ लाख रुपैयाँसम्म वीमा दावी पाउने गरेका छन् । तीन बर्षमा नगरपालिकामा एक करोड भन्दा बढी रकम वीमा दाबीवाफत भुक्तानी भईसकेको नगर प्रमूख शाहीले बताए ।
नगरपालिकाले २ हजार ५ सय घरधुरीमा खानेपानीको धारा जडान गरि दिएको छ । घरमा जडान भएको धाराबाट पानीको महसुल बुझाउनु पर्दैन । रास्कोटबासीले निःशुल्क स्वच्छ पानी सुविधा प्राप्त गरेका छन् ।
पूर्वाधार बिकासमा फड्को
रास्कोट नगरपालिकाले पूर्वाधार बिकासको दृष्टिले पनि फड्को मारेको छ । शान्निघाटदेखि आरसीपी बजारसम्मको सडक कालोपत्रे र नगरका सबै वडाहरुमा फराकिलो सडक पूर्वाधारले छोएको छ । सुविधा सम्पन्न पालिकाको प्रशासकीय भवन तथा नगर अस्पताल र विद्यालयको भौतिक पूर्वाधार बिकासमा पनि आशातीति फड्को मारेको छ ।
नगरपालिकाले आन्तरिक आयश्रोत वढाउन रास्कोट बजारमा पसल राख्न मिल्ने भवन बनाएको छ । यो भवनका ४५ वटा सटर भाडामा दिएर बार्षिक २२ लाखदेखि २५ लाखसम्म आम्दानी गरिरहेको छ । सडक सञ्जालमा जोडिएको रास्कोटले हालैमात्रै ३० स्थानमा सडक बत्ती र १० ठाउँमा सिसिटिमी जडान गरेको छ । कर्णाली प्रदेश सरकारको नवप्रवर्तक कार्यक्रम अन्तर्गत चालु आर्थिक बर्षमा रास्कोटलाई डिजिटल नगरपालिका बनाउने प्रयास भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.