×

लोकतन्त्र व्यवहारिक हुनुपर्नेमा चालिसेको जोड, संघीयता विरुद्ध नकारात्मक प्रचारप्रति आपत्ति

खालीपाना न्युजडेस्क | १ घण्टा अगाडि

काठमाडौं । नेपाली कांग्रेका प्रवक्ता देवराज चालिसेले लोकतन्त्रलाई व्यवहारमा अनुभूति हुने प्रणालीका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
न्यूज एक्सप्रेस मिडियाले आयोजना गरेको ‘संवाद एक्सप्रेस’ कार्यक्रममा बोल्दै चालिसेले सहभागिता विनाको लोकतन्त्र केवल आवरण हुने टिप्पणी गरे ।
उनले स्थानीय सरकारको प्रभावकारी उपस्थिति बिना लोकतन्त्र औपचारिक हुने दाबी गर्दै स्थानीय तह बलियो भए मात्र लोकतन्त्र व्यवहारिक हुने बताए ।
उनले भने, ‘जहाँ हरेकको उपस्थिति हुन्छ त्यहाँ लोकतन्त्र दरो हुन्छ । सहभागिताविनाको लोकतन्त्र आवरण हुन्छ । लोकतन्त्र सिद्धान्त मात्र होइन, व्यवहार पनि हो । स्थानिय सरकारको अनुपस्थितको लोकतन्त्र औपचारिक हुन्छ । स्थानीय सरकारसँगै भएको लोकतन्त्र व्यवहारिक हुन्छ । ’
‘हामीलाई कस्तो लोकतन्त्र चाहिएको हो ? मतदान गर्ने मात्र कि त्यसको परिणाममा जनताले अनुभूति गर्ने पनि ?’ भन्ने प्रश्न गर्दै उनले लोकतन्त्रको सार जनताले प्रत्यक्ष अनुभव गर्न पाउनु रहेको उल्लेख गरे ।
त्यसैगरी, उनले संघीयताप्रति भइरहेका नकारात्मक टिप्पणीप्रति असन्तुष्टि जनाउँदै संघीयता आफैंमा महँगो वा अव्यवहारिक नभएको स्पष्ट पारे ।
उनले भने, ‘हामीलाई कस्तो लोकतन्त्र चाहिएको हो ? व्यवहारिक लोकतन्त्र खोजेको हो की औपचारिक लोकतन्त्र खोजेको हो ? लोकतन्त्र भनेको मतदान हाल्ने मात्र हो की त्यसको परिणाममा जनताले अनुभूति पनि गर्ने हो ? संघीयता आफैंमा महँगो पनि होइन, खर्चिलो पनि होइन, अव्यवहारिक पनि होइन । सञ्चालन गर्न नजान्ने, अधिकार नदिने त्यसलाई दरिलो र व्यवस्थित नगर्ने अनि त्यसलाई आरोप लगाउने त्यो न्याय हुँदैन । एए चिकित्सक, डाक्टर खराब हुनसक्छ तर चिकित्सक विज्ञान खराब होइन । यस्तो किसिमको परिभाषाले लोकतन्त्रको हातखुट्टालाई कमजोर गराउन खोज्दै छौं ।’
चालिसेले गलत अभ्यासका कारण लोकतन्त्रको संरचनामाथि नै प्रश्न उठाउने प्रवृत्ति बढिरहेको भन्दै यसले लोकतन्त्र कमजोर बनाउने चेतावनी दिए ।
देशप्रति सकारात्मक दृष्टिकोण भएमात्र सुधार गर्न सकिन्छ : भण्डारी
यसैगरी, सञ्चारकर्मी तथा एआई अध्येता जीवन भण्डारीले देशप्रति सकारात्मक दृष्टिकोणसहित सुधारतर्फ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।
उनले निराशा र आलोचना बढ्दै गएको अवस्थामा अब समाधान र सुधारको दिशामा अघि बढ्नुपर्ने बताए । उनले सञ्चार क्षेत्रले पनि सकारात्मक परिवर्तनका लागि भूमिका खेल्नुपर्ने उल्लेख गर्दै केन्द्रदेखि स्थानीय तहसम्म भइरहेका कामको मूल्यांकन र समिक्षा आवश्यक रहेको बताए ।
उनले भने, ‘देशमा धेरै आलोचना र निराशा बढाइयो । अब सुधारको बाटोमा जान जरुरी छ । देश बन्नेछ भन्ने सन्देश दिनुपर्नेछ । यसमा सञ्चार क्षेत्रले पनि भूमिका निर्वाह गर्नुपर्ने छ । देश बन्नको लागि केन्द्रदेखि स्थानियसम्म भइरहेको कामलाई मूल्यांकन गर्न समिक्षा गर्न आवश्यक छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.