×

राहदानी बोकेर हुलाकी आएपछि स्थानीय दङग

खालीपाना न्युजडेस्क | १ दिन अगाडि

सुर्खेत । हुलाकीले घर खोज्दै आँगनमा आएपछि कालिकोटको नरहरीनाथ–१ कोटवाडामा गणेश बिष्ट एक पटक अन्योलमा परे । अहिलेको जमानामा हुलाकी किन र के लिएर घरमा आयो । सुर्खेत बस्ने छोरीसंग दिनहुँ फोन, म्यासेन्जरमा कुरा भईरहन्छ । अरु कुनै ठाउँबाट चिठी पत्र आउने सम्भावना छैन हुलाकीले किन खोजेको होला भन्ने लागेको थियो । हुलाकीले छोरीको राहदानी ल्याएर आएको थाहा पाए पछि खुशी लाग्यो । गणेशले हुलाकी आउँदाको आफ्नो अनुभुती सुनाए ।

‘राहदानी बनाएको धेरै समय भईसकेको थियो । जिल्ला प्रशासन कार्यालयमा आइ पुगेको सूचना पनि एक महनिा अगाडि नै हेरको थिए । राहदानी लिन व्यक्ति स्वयम उपस्थित हुनु पर्ने सुनेर छोरीलाई बोलाउन सकिएको थिएन’ उनले भने, ‘राहदानी मात्र लिनका लागि छोरीलाई सुर्खेतबाट बोलाउँदा समय र खर्च दुबै लाग्थ्यो । सरकारले घरमै राहदानी पु¥याउँदा सहज भएको छ ।’ सरकारले घरमै राहदानी पु¥याए पछि छोरीको कम्तीमा तीन दिन समय र १५ हजार रुपैयाँ खर्च बचेको उनले बताए ।

सरकारले घरमै राहदानी पुगाउन थालेपछि कालिकोटका गणेश बिष्ट जस्तैे धेरै नागरिकलाई सहज भएको बताए । टाढाटाढाका बस्तीबाट सदरमुकाम पुग्न समय र आर्थिक भार पनि बढ्ने गरेको थियो । जिल्ला प्रशासन कार्यालय कालिकोटले बैशाख ५ गतेदेखि सबै वडाहरुमा राहदानी पु¥याउने कार्यको सुरुवात गरेको छ ।

राहदानी (पासपोर्ट) सेवाग्राहीको घरमै पु¥याउने गरी व्यवस्था मिलायएको कालिकोटका सहायक प्रमूख जिल्ला अधिकारी जनक शर्माले बताए । जिल्ला हुलाक कार्यालय कालिकोटको सहकार्यमा नागगरिककै घरदैलोमा सेवा पु¥याउन शुरुवात गरिएको बताए । नेपाल सरकारले अघि सारेको १०० बुँदे शासकीय सुधार कार्ययोजना अन्तर्गत नागरिकलाई सहज रूपमा राज्यको सेवा घरमै उपलब्ध गराउने उद्देश्यले यो सेवा कार्यान्वय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

जिल्ला प्रशासन कार्यालय कालिकोट र जिल्ला हुलाक कार्यालय कालिकोटको संयुक्त बैठकको निर्णय अनुसार जिल्लाका सबै स्थानीय तहका नागरिकलाई राहदानी पु¥याउने काम भई रहेको जिल्ला हुलाक कार्यालय कालिकोटका निमित्त जिल्ला हुलाक अधिकृत टोपबहादुर शाहीले बताए । हुलाक सेवाबाट घरमै राहदानी पुगेपछि सरकारी कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । सरकारले सुरु गरेको समय, खर्च र झन्झट कम भई राज्यको सेवा दैलोमै पुगेको अनुभूति दिनेगरी सेवा सूचारु गर्न लागिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

सरकारले आगामी १०० दिनभित्र पासपोर्ट, नागरिकता प्रतिलिपि र सवारी चालक अनुमति पत्र (लाइसेन्स) जस्ता अत्यावश्यक सरकारी कागजातहरू घरमै पु¥याउने व्यवस्था गर्ने लक्ष्य लिएको छ । मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० कार्य सूचीको बुँदा नम्बर २७ मा उक्त योजना समावेश गरिएको हो ।

कार्यसूची अनुसार हुलाक सेवालाई आधुनिकीकरण गरी सरकारी कुरियर सेवाका रूपमा विकास गरिने छ । सोही माध्यमबाट पासपोर्ट, नागरिकता, लाइसेन्स लगायतका कागजात नागरिकको घरसम्म पु¥याइने छ । सरकारले सेवा प्रवाहलाई सरल, छिटो र बिचौलियामुक्त बनाउन सबै प्रक्रिया डिजिटल र एकीकृत प्रणालीमार्फत सञ्चालन गर्ने योजना अघि सारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.