×

वीरेन्द्रनगर नगरपालिकाद्धारा दुई करोडको अक्षयकोष स्थापना

खालीपाना न्युजडेस्क | ३ दिन अगाडि

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका र मध्यपश्चिम विश्वविद्यालय (एमयू)बीच र वीरेन्द्रनगर नगरपालिका सुर्खेतबीच उच्च शिक्षा शैक्षिक छात्रवृत्ति अक्षयकोष २०८३ सम्बन्धी आपसी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतम र वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले विहीबार एक समारोहका बीच सम्झौता पत्रमा हस्ताक्षर गरे ।

उक्त अक्षयकोषको राशी २ करोड २ लाख २ हजार २ सय २ रुपैयाँ रहेको छ । स्थानीय सरकार र विश्वविद्यालयबीच शैक्षिक सहकार्य विस्तार गर्दै छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिइएको छ । यसबाट विशेषगरी स्थानीय विद्यार्थीलाई उच्च शिक्षामा पहुँच विस्तार गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ ।

नगर प्रमुख ढकालले स्थानीय सरकारले पनि उच्च शिक्षाको दायित्व वहन गर्नुपर्छ भन्ने हेतुले आफ्नो नगरपालिकाले कोष स्थापना गरेको बताईन् । ‘मध्यपश्चिम विश्व्विद्यालय वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र अवस्थित छ’ उनले भनिन्, ‘वीरेन्द्रनगर प्रदेश राजधानीको नगरपालिका पनि हो । यो सबै कारणले पनि शिक्षा क्षेत्रमा हाम्रो अभिभारा महसुस गरी कोष स्थापना गरिएको छ ।’ उक्त कोषले स्थानीयलाई उच्च शिक्षा हाँसिल गर्न प्रोत्साहन मिल्ने उनले बताईन् ।

विश्वविद्यालयका उपकुलपति गौतमले विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय अनुभव र अभ्यासमा आधारित प्रस्तुति गर्दै आफ्नो नेतृत्वकालमा विश्वविद्यालयलाई समुदायसँग जोड्न र विश्वविद्यालयको स्थायी कोष (एन्डोमेन्ट फन्ड) निर्माणका लागि कार्यविधि पास गर्न पहल गरेको बताए । उनले स्थानीय सरकार र विश्वविद्यालयबीचको सहकार्यले शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।

हस्ताक्षर कार्यक्रममा विश्वविद्यालयका योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्का, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनाल, विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. डा. पन्ना थापा, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बाँस्कोटासहितको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.