×

जलवायु परिवर्तन र अनियन्त्रित विकासले नेपालमा विपद् जोखिम बढ्दै : प्रवक्ता महत

खालीपाना न्युजडेस्क | २ घण्टा अगाडि

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपालमा जलवायु परिवर्तन, अनियन्त्रित विकास निर्माण र बदलिँदो मौसमी प्रणालीका कारण विपद् जोखिम अझ बढ्दै गएको जनाएको छ ।
पृथ्वी दिवसको अवसरमा नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा प्राधिकरणकी प्रवक्ता शान्ति महतले नेपाल भूकम्प, बाढी, पहिरो, डुबान, आगलागी तथा वन डढेलो जस्ता विपद्बाट निरन्तर प्रभावित हुँदै आएको बताइन् ।
उनका अनुसार पछिल्ला वर्षहरूमा यस्ता घटनाहरूको प्रकृति र आवृत्तिमा समेत उल्लेखनीय परिवर्तन देखिन थालेको छ ।
उनले भनिन्,‘नेपाल भूकम्पीय दृष्टिले मात्र होइन, बाढी–पहिरो र जलवायुजन्य जोखिमका हिसाबले पनि अत्यन्त संवेदनशील देश हो । भूकम्पबाट विश्वका अरु सबै मुलुकहरुका तुलनामा नेपाल अलिकति बढी जोखिममै छ । बाढी, पहिरो, डुबान, आगलागी लगायतका विपद्बाट पनि नेपाल बढी प्रभावित हुने गरेको र भइरहेको छ र हुने सम्भावना पनि त्यतिकै छ । अहिले विपद्को प्रकृति र प्रवृत्ति, होइन आवृतिमा पनि फेरबदल भइरहेको छ।’
महतका अनुसार केही वर्षयता तापक्रम वृद्धि, अनियमित वर्षा, आकस्मिक बाढी (फ्ल्यास फ्लड) र गर्मी लहर (हिट वेभ) जस्ता घटनाहरू बढ्दै गएका छन्, जसले कृषि, जनजीवन र पूर्वाधारमा प्रत्यक्ष असर पारिरहेको छ ।
उनले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा मनसुन अवधिमा निरन्तर निगरानी र पूर्वसूचना प्रणाली प्रभावकारी रूपमा सञ्चालन भइरहेको जानकारी दिइन् । प्राधिकरणले रियल टाइम डेटा विश्लेषण गरी नदी बेसिन, रेड जोन र ओरेन्ज जोनको अवस्थाबारे मूल्याङ्कन गर्दै सम्भावित जोखिम क्षेत्रका नागरिकलाई एसएमएसमार्फत पूर्वसूचना पठाउने व्यवस्था गरेको छ ।
जोखिम बढी हुने क्षेत्रमा समयमै सूचना पुग्दा जनधनको क्षति न्यूनीकरण गर्न सहयोग पुगेको छ । उनका अनुसार मनसुन कमाण्ड पोष्टमार्फत सुरक्षा निकाय, स्थानीय तह र सम्बन्धित निकायबीच समन्वय गरी विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाइएको छ ।
प्रवक्ता महतले नयाँ सरकार गठनपछि विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित नीति तथा कार्यक्रमहरू अघि बढाइएको जानकारी दिइन्।
गृहमन्त्रीको निर्देशनअनुसार प्राधिकरणले कामलाई तीव्रता दिइएको उल्लेख गर्दै उनले शासकीय सुधार कार्ययोजनामा समेत विपद् व्यवस्थापन क्षेत्र सुधारका विषयहरू समावेश गरिएको बताइन्।
उनले भनिन्,‘अहिलेको नयाँ सरकार गठन भएपछि चाहिँ झन् यो विषयलाई प्राथमिकता दिएर यसलाई तीव्रताका साथ अगाडि लैजान गृहमन्त्रीज्यूले पनि निर्देशन दिनुभएको छ । अहिले शासकीय सुधारको विषयमा कार्य योजना तयार छ, यसमा पनि विपद्को क्षेत्रमा पनि सुधार गर्नुपर्ने विषयहरु उल्लेख गरेका छन् ।
महतले नेपालमा आगलागीका घटनाहरू विशेषगरी तराई क्षेत्रमा बढी देखिएको बताइन् । वन डढेलो केही हदसम्म घटेपनि घर तथा व्यक्तिगत सम्पत्तिमा हुने आगलागीका घटनाहरू बढ्दै गएको उनले जानकारी दिइन् । यद्यपी वन डँढेलोका घट्ना भने घटेको छन् ।
उनले भनिन्,‘यस बर्ष वन डँढेलो घटेको देखिएको छ । किनभने गतबर्षको सुख्खा सिजनमा पानी नै परेन । हावाहुरी चल्ने, सानो आगोको झिल्काले पनि धेरै आगलागी भएर क्षति भएको थियो । यस पटक आगलागीका घट्ना बढी देखिएको छ । विशेषगरी तराई क्षेत्रहरुमा बढी देखिन्छ । घर र सम्पत्ति आगलागीका कारणले हुने क्षति बढ्दै गइरहेको छ ।’
त्यसैगरी, उनले विकास निर्माण र विपद् जोखिम न्यूनीकरणलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिइन् । विकास निर्माणका काम गर्दा वातावरणीय प्रभाव मूल्यांकन अनिवार्य रूपमा गर्नुपर्ने बताइन् ।
उनले भनिन्,‘विकासका निर्माणको नाममा विपद् निम्तिने पनि गर्छ । विकास निर्माणका कामहरु, डोजर चलाउने, इआइए, आइइइ गर्ने कुराहरुमा वातावरण संरक्षण प्राथमिकता राख्नुपर्छ । सडक निर्माण गर्दा नभत्किने, पछि पहिरो नजाने गरी बनाउनुपर्छ । जसरी मन लाग्यो त्यसरी अव्यवस्थित तरिकाले, प्राविधिक रुपमा फिजिबल छ कि छैन नहेरी काम गर्नु हुँदैन् । त्यसैले विपद् रोकथामका सन्दर्भमा सरकार नीतिगत रुपमा प्रष्ट छ । हामीले पनि त्यहीअनुसार नै काम गरिरहेका छौं, नीति योजनाहरु बनाएका छौं ।’
उनका अनुसार सरकारले ‘ग्रीन डेभलपमेन्ट’ अवधारणालाई प्राथमिकता दिँदै कार्बन उत्सर्जन कम गर्ने, वन–वनस्पति संरक्षण गर्ने र इकोसिस्टम सन्तुलन कायम राख्ने नीति अघि सारेको छ ।
प्रवक्ता महतले विपद् व्यवस्थापनमा सबैभन्दा महत्वपूर्ण पक्ष जनचेतना भएको उल्लेख गरिन् । विद्यालय तहदेखि नै विपद् शिक्षा समावेश गर्ने तयारी भइरहेको जानकारी दिँदै उनले भूकम्प, बाढी, पहिरो, डुबान र आगलागी जस्ता विपद्बाट बच्ने आधारभूत ज्ञान आम नागरिकमा पु¥याउनुपर्ने आवश्यकता औँल्याइन् ।
उनका अनुसार सञ्चार माध्यम, सामाजिक सञ्जाल, रेडियो, टेलिभिजन र डिजिटल प्लेटफर्ममार्फत विपद् सम्बन्धी जानकारी निरन्तर प्रवाह भइरहेको छ ।
महतले अहिले विपद् व्यवस्थापन पूर्ण रूपमा डिजिटल प्रणालीमा आधारित हुँदै गएको बताइन् । सूचना प्रवाह, अलर्ट प्रणाली, रिपोर्टिङ र समन्वय सबै डिजिटल माध्यमबाट भइरहेको उनले स्पष्ट पारिन् ।
उनका अनुसार विपद् रोक्न नसकिने भएपनि सही पूर्वतयारी, समयमै सूचना प्रवाह र समुदायको सक्रिय सहभागिताले क्षति न्यूनीकरण गर्न सकिन्छ ।
पृथ्वी दिवसलाई उनले पृथ्वी संरक्षण, वातावरणीय सन्तुलन र दिगो विकासको सन्देश दिने अवसरका रूपमा व्याख्या गरिन् । पृथ्वी केवल मानवका लागि मात्र नभई सम्पूर्ण जीवजन्तु, वनस्पति र इकोसिस्टमका लागि साझा घर भएको उल्लेख गर्दै उनले वातावरण विनाश नगरी विकास गर्नुपर्नेमा जोड दिइन् ।
महतले नेपालमा विपद् जोखिम उच्च भए पनि सरकार, सुरक्षा निकाय, स्थानीय तह र समुदायको सहकार्य तथा प्रविधिको उपयोगमार्फत जोखिम न्यूनीकरण सम्भव रहेको बताइन् ।
उनले सबै नागरिकलाई सचेत, जिम्मेवार र पूर्वतयारीमा रहन आग्रह गर्दै जलवायु परिवर्तनसँग जुध्न सामूहिक प्रयास आवश्यक रहेको स्पष्ट पारिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.