सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकार र स्थानीय सरकार संघीय सरकारका इकाइ नभएकाले उनीहरुले स्वायत्त रुपमा काम गर्न पाउने संवैधानिक व्यवस्था भएको बताएका छन् ।
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिकोे छलफल कार्यक्रममा मुख्यमन्त्री कँडेलले सबै तहका आफ्नो अधिकार क्षेत्र भएकोले संविधानत पालना गर्नुपर्ने बताए ।
सरकारी सञ्चार माध्यममा मात्र सरकारी विज्ञापन प्रकाशन÷प्रशारण गर्ने निर्णयविरुद्ध नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै मुख्यमन्त्रीसंग छलफल गरेको छ ।
संविधान प्रदत्त अधिकार प्रयोग गर्न सबै तहका सरकार स्वतन्त्र भएको उनको भनाई छ । ‘प्रदेश र स्थानीय सरकार संघीय सरकारका इकाइ होइनन्’ उनले भने, ‘सबै तहका सरकारले आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गर्न स्वतन्त्र छन् ।’
सरकारी सञ्चार माध्यममा मात्र सरकारी विज्ञापन प्रकाशन तथा प्रशारण गर्ने गरेको परिपत्र संघीयताको मर्म विपरित भएको मूख्यमन्त्रीको भनाई छ ।
महासंघले गरेको आन्दोलनमा आफ्नो प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री कँडेलले वर्तमान सरकार जननिर्वाचित सरकार भएपनि सुरुवाती दिनहरु लोकतान्त्रिक हुन नसकेको बताए ।
‘निर्वाचित निरंकुशता बहुत डरलाग्दो हुन्छ’ उनले भने, ‘संघीय सरकारका सुरुवाती त्यत्ति राम्रो देखिँदैँन ।’ प्रदेश सरकारमा संघीय सरकारको प्रशासनिक जनशक्तिको नेतृत्व हुँदा सरकारले गर्ने निर्णयहरु कार्यान्वयनमा कठिनाई भएको उनले बताए ।
संविधानलाई पालना गर्दै कानूनी शासनको प्रत्याभुती कर्णाली सरकारको प्राथमिकता भएको उनको भनाई छ । ‘प्रदेश सरकारको प्रशासनिक प्रमूख संघीय सरकारको प्रतिनिधि रहने व्यवस्थाले प्रदेश र स्थानीय तहलाई काम गर्न सहज छैन’ उनले भने, ‘प्रशासनिक प्रमूखलाई संविधान र कानून भन्दा पनि संघीय सरकारको परिपत्र प्रमूख मानेर अगाडि बढ्ने काम भइरहेको छ ।’
लोकतन्त्रको बिकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र खुला अर्थ नीतिको पक्षमा महासंघले उठाएको आवाजमा आफुसंगै रहने प्रतिबद्धता जनाए ।
सरकारी विज्ञापन सरकारी सञ्चार माध्यममा मात्र प्रकाशन÷प्रशारण गर्ने गरी गत चैत १८ गते प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले सबै प्रदेश सरकार र स्थानीय सरकारहरुमा पत्राचार गरेपछि नेपाल पत्रकार महासंघले देशव्यापी आन्दोलन घोषणा गरेको छ ।
उक्त कार्यक्रम अन्तर्गत मुख्यमन्त्रीसंग छलफल गरिएको नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव खगेन्द्र भट्टराईले जानकारी दिए ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.