×

राजनीति दलको सिफारिसमा भएका नियुक्तिले वास्तविक साहित्यिक प्रतिभा उपेक्षित : कवि न्यौपाने

खालीपाना न्युजडेस्क | २ घण्टा अगाडि

काठमाडौं । छन्द कवि चन्द्रप्रसाद न्यौपानेले साहित्य क्षेत्रमा राजनीतिक नियुक्ति र राज्यले साहित्यकारप्रति देखाएको उदासीनताबारे गम्भीर टिप्पणी गरेका छन् ।नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले साहित्यिक संस्थाहरूमा योग्यताको आधारमा नभई राजनीतिक पहुँचका आधारमा नियुक्ति हुने प्रवृत्तिले नेपाली साहित्यको गुणस्तर र संस्थागत विश्वसनीयता कमजोर बनाएको आरोप लगाए । ।न्यौपानेले नेपाल प्रज्ञा प्रतिष्ठानलगायतका साहित्यिक निकायहरूमा हुने नियुक्तिमा राजनीति हाबी भएको आरोप लगाए ।उनका अनुसार साहित्य, काव्य, समालोचना, लोकसाहित्यलगायत विभिन्न विधामा गहिरो ज्ञान भएका व्यक्तिलाई अवसर दिनुको सट्टा दलगत निकटता र सिफारिसका आधारमा नियुक्ति हुने परम्परा बढ्दै गएको छ । प्रज्ञा प्रतिष्ठानजस्ता संस्थामा नियुक्त हुने व्यक्तिहरू सबै विधामा दक्ष र सक्षम हुनुपर्ने हो । तर व्यवहारमा राजनीतिक प्रभावका कारण यस्तो योग्यता मापन नहुने अवस्था रहेको उनले बताए ।उनले भने,‘छन्द साहित्य नेपाल प्रज्ञा प्रतिष्ठानमा कुन राजनीति दलले कस्ता मान्छे पठाउँछ, छन्द मात्र नभएर साहित्य सम्बन्धि जुनसुकै विधामा छनोट गरेर नियुक्ति गर्यो भने प्रज्ञा प्रतिष्ठानमा त्यो राजनीति नियुक्ति हुन्छ । काव्य विधामा सबै किसिमले पोख्त हुनुपर्यो । जस्तो छन्द, गद्य–पद्य हरेक किसिमका छन्, त्यो ज्ञान हुनुपर्छ । कुनै पनि टिका टिप्पणी नहेरी जवाफ दिनसक्ने सक्षम व्यक्ति त्यहाँ हुनुपर्छ । त्यस्तो खालको नियुक्ति अहिले छैन, अहिले राजनीति नियुक्ति छ ।’उनले राज्यले साहित्य र साहित्यकारलाई प्राथमिकतामा नराखेको पनि बताए । उनका अनुसार साहित्य समाजको चेतना निर्माण गर्ने महत्वपूर्ण आधार भए पनि राज्यस्तरमा यसको योगदानलाई पर्याप्त मूल्यांकन नगरिएको देखिन्छ । योग्य साहित्यकारहरू अवसरबाट वञ्चित भइरहँदा पहुँच भएका व्यक्तिहरूले मात्र स्थान पाउने अवस्था चिन्ताजनक भएको उनले उल्लेख गरे ।उनले भने,‘कवि भनेको सर्वशक्तिमान सर्वधन सम्पत्ति सबै हो । उसको कवित्व शक्ति नै हो । जीवन चलाउने भनेको कविताबाटै हो । छन्द कविले योगदान दिएको, जीवनभर लागेका साहित्यकारहरुलाई राज्यले प्रमोट गरिरहेको छैन् । कतै कतै गरिएको होला तर त्यसमा पनि राजनीतिक दलहरुको सिन्डिकेट छ । वास्तविक प्रतिभालाई हेर्ने दृष्टिकोण नै छैन् । प्रतिभा अनुसारको मूल्यांकन भएको देखिदैन।’न्यौपानेले साहित्यकारलाई केवल सम्मानको रूपमा होइन, नीति निर्माणमा समेत सहभागी गराउनुपर्ने आवश्यकता औंल्याए । उनका अनुसार साहित्यकार समाजका मार्गदर्शक हुन्, जसले विचार, नैतिकता र चेतनाको विकासमा महत्वपूर्ण भूमिका खेल्छन् । तर राज्यले उनीहरूको भूमिकालाई गम्भीर रूपमा नलिँदा सिर्जनात्मक क्षेत्र कमजोर हुँदै गएको उनले टिप्पणी गरे ।उनले कवि र साहित्यकारको जीवन भौतिक सम्पत्तिसँग तुलना गर्न नमिल्ने बताए । उनका अनुसार सच्चा कवि सिर्जनामा तल्लीन हुन्छ र उसको सम्पत्ति भनेको विचार, ज्ञान र सिर्जना हो । तर राज्यले यस्तो योगदानको मूल्यांकन नगर्दा धेरै प्रतिभा निरुत्साहित हुने अवस्था आएको उनले उल्लेख गरे ।उनले भ्रष्टाचारको परिभाषा केवल आर्थिक लेनदेनमा सीमित नराखी प्रतिभाको अवमूल्यन पनि भ्रष्टाचार हो भन्ने धारणा राखे ।उनले साहित्य क्षेत्रमा राजनीतिक हस्तक्षेप घटाउँदै योग्यताको आधारमा नियुक्ति प्रणाली लागू गर्न राज्यलाई आग्रह गरे । साहित्यलाई प्राथमिकतामा राखेर मात्र समाज र राष्ट्रको बौद्धिक तथा सांस्कृतिक विकास सम्भव हुने उनको निष्कर्ष छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.