×

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका ३ वटा उपसमिति गठन

खालीपाना न्युजडेस्क | १ घण्टा अगाडि

काठमाडौं । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकले आज ३ वटा उपसमिति गठन गरेको छ।

सोमबार बसेको राष्ट्रिय सभा अन्तर्गतको यस समितिको बैठकले संघीयता सबलीकरण उपसमिति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा राष्ट्रिय सुरक्षा उपसमिति र सामाजिक न्याय उपसमितिको गठन गरेको हो ।

समितिकी सभापति जयन्ती राईले बैठकले महत्वपूर्ण निष्कर्ष निकालेको बताइन्।

उनका अनुसार आज गठन भएको संघीयता सबलीकरण उपसमितिमा सांसद श्रीकृष्णप्रसाद अधिकारी संयोजक रहेका छन् भने सदस्यमा सांसद उदयबहादुर बोहरा, सांसद किरणबाबु श्रेष्ठ र सांसद सोनाम गेल्जेन शेर्पा रहेका छन्। यस उपसमितिको कार्यक्षेत्र राज्यका तहगत संरचनाबीच समन्वय गर्ने रहेको छ।

त्यसैगरी अन्तर्राष्ट्रिय सम्बन्ध तथा राष्ट्रिय सुरक्षा उपसमितिमा सांसद विष्णुकुमारी सापकोटा संयोजक रहेकी छन्। सदस्यमा सांसद नारायणदत्त मिश्र, सांसद दुर्गाकुमारी गुरुङ र सांसद ललितजंग शाही रहेको सभापति राईले जानकारी दिइन् ।

उनका अनुसार सामाजिक न्याय उपसमितिमा सांसद रोशनी मेचे संयोजक रहेकी छन् भने सदस्यमा सांसद धमेन्द्र पासवान र सांसद मनरुपा शर्मा रहेका छन्। यस उपसमितिमा पछि थप सदस्यसमेत समावेश गरिने सभापति राईले जानकारी दिइन्।

राईका अनुसार समितिका कार्यक्षेत्र अन्तर्गत स्थलगत अध्ययन, अनुगमन तथा तहगत विषयमा छलफल गर्न कार्ययोजना बनाइँदैछ। आगामी १० गते विपद् व्यवस्थापन र साइबर बुलिङका विषयमा छलफल गर्न गृहमन्त्रीलाई पनि बोलाइने तयारी गरिएको छ।

किसानका समस्याका सन्दर्भमा खेती सुरु हुनुअघि नै मल, बिउ तथा अन्य आवश्यक विषयमा समेत छलफल अघि बढाइने उनले बताइन्।

‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका थुप्रै कार्यक्षेत्रहरु रहेका छन् । त्यही कार्यक्षेत्र अन्तर्गत त्यसमा स्थलगत अध्ययन, अनुगमन र तहगत विषयमा हामीले छलफल गर्नको निम्ति कार्ययोजनाहरु बनाइरहेका छौ । हामी तुरुन्तै विपद् व्यवस्थापन र साइबर बुलिङको बारेमा छलफल गर्न आगामी १० गते गृहमन्त्री पनि आउदै हुनुहुन्छ । किसानहरुको समस्याको सन्दर्भमा खेती गर्नुभन्दा अगाडि नै मल, बिउ लगायत अन्य आवश्यक विषयमा छलफल गर्न त्यो पनि काम गर्दैछौ,’ उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.