रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं. २ र ७ को सिमानामा रहेको खाँडादेवी मन्दिर पछिल्लो समय तराई र काठमाडौं उपत्यकाका धार्मिक पर्यटकका लागि आकर्षक तथा नजिकको गन्तव्य बनेको छ। समुद्री सतहबाट करिब १९८५ मिटर उचाइमा अवस्थित यो ऐतिहासिक शक्तिपीठ धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्त्वले भरिपूर्ण स्थलका रूपमा परिचित छ ।
एकैछिनमा घाम लाग्ने र एकैछिनमा कुहिरोले ढाक्ने यहाँको मौसमले खाँडादेवी क्षेत्रलाई झन् मनमोहक बनाएको छ । धार्मिक दृष्टिले मात्र नभई दृश्यावलोकनका हिसाबले पनि अत्यन्त रमणीय रहेको यो स्थान गर्मी छल्न चाहने पर्यटकका लागि उपयुक्त गन्तव्य मानिन्छ । बीपी राजमार्ग बाट नजिकै पर्ने भएकाले तराईबाट काठमाडौं आवतजावत गर्ने यात्रुहरूले पनि सहजै यहाँ पुगेर दर्शन गर्न सक्छन् ।
खाँडादेवी मन्दिरलाई सदियौँदेखि शक्तिपीठका रूपमा पूजिँदै आएको छ । रामेछाप जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित यस मन्दिरमा विशेषगरी चैते दशैँ र बडादशैँका बेला ठूलो मेला लाग्ने गर्दछ ।
त्यस समयमा पञ्चवली दिने भिड लाग्दछ । वर्षैभरि रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, ओखलढुङ्गा, दोलखा लगायतका पहाडी जिल्ला तथा तराईका विभिन्न स्थान र काठमाडौं उपत्यकाबाट हजारौँ भक्तजन दर्शनका लागि पुग्ने गरेका छन् । दशैँ बाहेक अन्य समयमा पनि पूजा, वली र पञ्चवली लिएर आउनेहरु त्यतिकै हुन्छन् ।
स्थानीय जनश्रुतिअनुसार रोशी खोला र सुनकोशी नदीको संगमस्थल नजिक देवीले शुम्भ–निशुम्भ नामक राक्षसको वध गरी दुर्गा नदीमा खड्ग पखालेपछि उक्त खड्ग खाँडादेवी क्षेत्रमा गाडिएको विश्वास गरिन्छ । त्यसपछि देवी कालीञ्चोकतर्फ अन्तरध्यान भएको कथन पाइन्छ ।
खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङका अनुसार पछिल्लो पटक विक्रम संवत् १५१५ माघ १५ गते खाँडादेवीको शिला पत्ता लागेकोमान्यता रहेको छ । मन्दिरमा रहेको विसं १५७३ सालमा चढाइएको घण्टाले पनि यसको प्राचीनता पुष्टि गर्दछ । यो मन्दिरको उतपत्ति भने मानव सभ्यताको विकासँग भएको अनुमान छ ।
नेपाल एकीकरणका क्रममा राजा पृथ्वीनारायण शाहले पूर्वी किल्ला सुदृढ गर्न सिन्धुलीगढी पछि खाँडादेवी क्षेत्रमा सहायक गढी स्थापना गरेको इतिहास छ। अङ्ग्रेजसँगको युद्धअघि देवीसँग आशीर्वाद लिएको र विजयपछि शिलालाई राजधानी लैजान खोज्दा विभिन्न स्थानमा अलप भएको जनश्रुति पनि प्रचलित छ ।
शिला अलप भएर त्यहीँ उत्पत्ति भए पछि पृथ्वीनारायण शाहले नै खाँडादेवीलाई बोका, मंगलादेवीलाई भाले, भैरवीलाई राँगा, कमलामाईलाई परेवा र गणेशलाई हाँस बली दिने प्रचलन चलाएका र त्यसको लागि दरबारबाट नै सोही समयदेखि भेटी आउने गरेको भनाइ छ ।
खाँडादेवी क्षेत्र धार्मिक मात्र नभई पर्यटकीय दृष्टिले पनि अत्यन्त आकर्षक छ । यहाँबाट दक्षिणतर्फ फैलिएको महाभारत पर्वत शृङ्खला, नागबेली परेको सुनकोशी र तामाकोशी नदी र वरपरका टारहरू तथा उत्तरतर्फका हरिया डाँडाले मन लोभ्याउने दृश्य प्रस्तुत गर्छन् ।
लालीगुराँसले राताम्य हुने डाँडाकाँडा, घना बस्ती र स्थानीय गाउँहरूको भ्रमणले यात्रालाई थप स्मरणीय बनाउँछ ।
सो मन्दिरमा पुग्नु अघि बिपी राजमार्गमा नै पर्ने कुशेश्वर महादेव मन्दिर तथा खाँडादेवी दर्शन गरेर थप एक दिन समय निकाल्दा पुगिने शैलुङ र अर्काे एक दिन थप्दा पुग्न सकिने दोलखा भीमशेन र कालिञ्चोक यस क्षेत्रका थप पर्यटकीय गन्तव्य हुन् ।
काठमाडौंबाट करिब १०० किलोमिटर दूरीमा रहेको खाँडादेवी पुग्न बनेपा–धुलिखेल–सिन्धुली हुँदै बर्दिबास जोड्ने बीपी राजमार्ग प्रयोग गर्न सकिन्छ । धुलिखेलबाट भकुण्डे बेसी मूल्कोट, सित्खा, भिरपानी हुँदै गोगनपानी निस्किएर खाँडादेवी पुग्न सकिन्छ ।
तराइबाट आउँदा पनि खुर्काेट हुँदै सित्खाको पुल तरेर मन्दिर पुगिन्छ । जिल्ला सदरमुकाम मन्थलीबाट करिब २१ किलोमिटरको दूरी पार गरेपछि पनि खाँडादेवी पुग्न सकिन्छ ।
यो मन्दिरमा बडादशैँ र चैतेदशैँमा विशेष सरकारी पूजा हुने गर्दछ । खाँडादेवी विकास कोषले सो पूजा गर्दै आएको छ ।
धार्मिक आस्था, ऐतिहासिक महत्व र प्राकृतिक सौन्दर्यको संगमका रूपमा रहेको खाँडादेवी मन्दिर पछिल्लो समय आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण केन्द्र बन्ने सम्भावना बोकेको छ । विशेषगरी तराई र काठमाडौं उपत्यकाका श्रद्धालुका लागि छोटो दूरीमै पुग्न सकिने धार्मिक गन्तव्यका रूपमा यसको महत्व दिनानुदिन बढ्दै गएको छ ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.