काठमाडौं । सोलुखुम्बुको खुम्बु क्षेत्र यतिबेला जलवायु चेतनाको सन्देश बोकेको ऐतिहासिक पहलको साक्षी बन्दैछ । गोक्यो क्लाइमेट समिट–२०२६ का लागि विभिन्न क्षेत्रका विज्ञ, अभियन्ता र सञ्चारकर्मीहरूको टोली हिमाली क्षेत्रतर्फ अग्रसर भएको छ ।
विश्व पृथ्वी दिवसको सन्दर्भ पारेर खुम्जुङमा सुरु हुने र वैशाख ९ मा ५ हजार मिटर उचाइमा अवस्थित गोक्यो तालमा पुगेर सम्पन्न हुने यस सम्मेलनले जलवायु परिवर्तनका गम्भीर मुद्दाहरूलाई विश्वसामु उजागर गर्ने लक्ष्य राखेको छ । खुम्बु क्षेत्र हुँदै माथिल्लो हिमाली भेगतर्फ प्रस्थान गरेको टोलीले हिमालको काखमै पुगेर प्रकृति र मानव जीवनबीचको संवेदनशील सम्बन्धबारे गहिरो छलफल गर्नेछ ।
वातावरण संरक्षणमा क्रियाशील साथसाथै र खुम्बु पासाङल्हामु गाउँपालिका को संयुक्त आयोजनामा हुन लागेको यस सम्मेलनमा हिमनदी पग्लिने तीव्रता, हिमाली पारिस्थितिक प्रणालीमा आएको परिवर्तन र त्यसले स्थानीय जनजीवनमा पारेको प्रभावबारे विस्तृत अन्तरक्रिया गरिनेछ ।
साथै, हिमाल संरक्षण, दिगो पर्यटन प्रवद्र्धन र वातावरणीय जनचेतनालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा समेत गम्भीर बहस हुने आयोजकले जनाएको छ ।
साथसाथै संस्थाका सदस्य बालकृष्ण बस्नेत का अनुसार, ‘यस सम्मेलनले हिमाल जोगाउने सन्देशलाई व्यापक बनाउँदै मानिसलाई वातावरणप्रति जिम्मेवार बन्न प्रेरित गर्नेछ, जसले आउने पुस्ताका लागि प्रकृति संरक्षणको मार्ग प्रशस्त गर्नेछ ।’
सम्मेलनमा प्रतिनिधिसभा सदस्य तथा पूर्व उपसभामुख इन्दिरा राना मगर, हिमनदी विज्ञ अरूणभक्त श्रेष्ठ, अभियन्ता कुशल गुरुङ, टासी लसुम, समा श्रेष्ठ लगायत सञ्चारकर्मी बबिता बस्नेत, विजय पौडेल, श्रीराम सुवेदी सहित ३१ जनाको सहभागिता रहेको आयोजक संस्थाकी अध्यक्ष प्रजिता कार्की ले जानकारी दिइन् ।
कार्यक्रममा सहभागीहरूले आफ्ना क्षेत्रगत अनुभव, चुनौती र समाधानका उपाय प्रस्तुत गर्दै जलवायु परिवर्तनविरुद्ध सामूहिक प्रतिबद्धता जनाउनेछन् ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.