×

‘स्विजटरल्याण्डको बाउ’ बडीमालिकासहित बाजुराका यि हुन घुम्नलायक गन्तब्य

खालीपाना न्युजडेस्क | ३ हप्ता अगाडि

‘स्विजटरल्याण्डको बाउ’ बडीमालिकासहित बाजुराका यि हुन घुम्नलायक गन्तब्य
नयाँ बर्ष २०८३ : घुम्न लायक बाजुराका उत्कृष्ट ६ पर्यटकीय गन्तव्यहरु

बाजुरा । नयाँ बर्ष २०८३ प्रारम्भ भएको छ । नयाँ उत्साह र उमंगका साथ नयाँ बर्ष मनाइँदैछ । नयाँ बर्षका अवसरमा भेटघाट र घुमघाम गर्ने प्रचलन छ । नयाँ बर्षको छेको पारेर पदयात्रा गर्ने, प्राकृतिक सुन्दरतामा रमाउने र नयाँ नयाँ पर्यटकीय स्थलहरुको घुमघाममा रमाउनेहरुको संख्या बढ्दो पाइन्छ ।

यसमध्ये बाजुरामा घुम्न लायक दर्जनौं पर्यटकीय स्थलहरु छन् । उक्त स्थानहरुको भ्रमणले नयाँ बर्षमा थप उमंग र उत्साह ल्याउनेछ ।

बाजुराका उत्कृष्ट पर्यटकीय गन्तव्यहरु

बडीमालिका : बाजुराको त्रिवेणी नगरपालिकामा अवस्थित बडीमालिका चर्चित धार्मिक तथा पर्यटकीय स्थल मध्ये एक हो । यहाँ हरेक बर्ष जनै पूणिर्माको बेला पूजाआजा हुनेगर्छ । बडीमालिका माताको दर्शन गर्न देश तथा विदेशबाट लाखौं दर्शनार्थी त्यहाँ जाने गरेका छन् ।
धार्मिक तथा पर्यटकीय महत्व बोकेको बडीमालिका समुद्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको छ । पर्यटकीय सम्भावना बोकेका २२ पाटन, त्रिवेणी, नाटेश्वरी बडीमालिकाका धरोहरका रूपमा परिचित छन् । छिमेकी देश भारतलगायत अन्य छिमेकी देशबाट दर्शनार्थी बडीमालिका पुग्ने गर्छन् । बडीमालिकामा अहिले नेपाली सेनाले करिब दुई करोडको लागतमा प्यागोडा शैलीमा बडीमालिका माताको मन्दिर समेत निर्माण गरेको छ ।

साथै प्रधानमन्त्री बालेन्द्र शाहले बडीमालिकालाई ‘स्विजटरल्याण्डको बाउ’ भनेपछि झनै विश्वभर चर्चामा छ । अहिले बडीमालिकामा सेताम्य हिउँ भएकाले यात्रा गर्न निकै मुस्किल पर्छ । धार्मिक आस्थाको धरोहर बडीमालिकामा हरेक बर्ष साउन शुक्ल चदुर्दशीका दिन मेला लाग्ने गर्छ ।
बडीमालिका क्षेत्रमा हरियाली फाँटमा भेँडा र घोडा वा खच्चडका बथान देख्न सकिन्छ । लोपन्मुख प्रजातीका वन्यजन्तु तथा पशु पंक्षीहरु (डाँफे, मुनाल, कस्तुरी, झारल आदिङ पनि भेटिन्छन । बडीमालिका पूजाका लागि डोटीबाट डोल, जुम्लाको चन्दनाथ मन्दिर र कालिकोटबाट सरकारी पूजा टोली बाजुरा पुगाइ सरकारी पूजा टोली बाजागाजाका साथ बडीमालिका लैजाने प्रचलन रहिआएको छ ।

बुढिनन्दा ताल : बाजुराको बुढिनन्दा नगरपालिकामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल बुढिनन्दा दिव्य भूमि हो । प्रशिद्ध धार्मिक तथा ऐतिहासिक बुढीनन्दा तीर्थस्थल धार्मिक, पर्यटकीय, पौराणीक र ऐतिहासिक रुपमा महत्वपूर्ण मानिन्छ ।

बुढीनन्दत बुढी भनेको जेठो, नन्दा भनेको अविवाहित कन्या भन्ने अर्थ लाग्दछ । नौ माईदेवी भगवती मध्ये बुढीनन्दा माई भगवती जेठी हुन भन्ने भनाई रहेको छ । देवीको पनि देवी र अविवाहित भएकाले बुढीनन्दा माइ भनिएको कहावत रहँदै आएको छ ।
सतीदेवीको खुट्टाको बुढीऔंला खसेकाले बुढीनन्दा माईको अवतार भएको भनाइ छ । बुढिनन्दा चट्टानै चट्टानको बिचमा ठुलो ताल छ । यस वरीपरी साना ठुला गरी अरु ९ ओटा तालहरु पनि छन् ।

मुख्य तालको उचाइ ४ हजार ५८१ मिटर उचाइमा रहेको ताल तिलिचो पछी दोस्रो अग्लो स्थानमा रेहको ताल मानिदै आएको छ । धार्मिक तथा जिल्लामा प्राकृतिक सौन्दर्य र धार्मिक महत्व बोकेका बुढिनन्दाको पनि कैलाश ताल,राक्षस ताल, त्रिबेणी ताल, दउने ताल लगाएतका तालहरु छन् ।

१० महिना सेतो हिँउको घुम्टोमा बुढिनन्दा ढाकिन्छ । यसलाई पहाडै पहाडको शहर समेत भनेर चिनिन्छ । यहाँका फरक तालहरूको विशेषता आ–आफ्नै छ । कोही दानवका लागि महत्वको बोकेका छन् । कोही भगवानका लागी । यहाँ पुगेर दर्शन गरेको खण्डमा मागेको वर प्राप्त हुने जनविश्वास छ ।

रानीसैन : बाजुरा जिल्लाको पर्यटकीय क्षेत्र रानीसैन एक महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । यो बाजुरा र हुम्ला जिल्लाको सिमाना बिचमा पर्छ । रानीसैन पर्यटकीय विकासका हिसावले प्रचुर सम्भावना बोकेको क्षेत्र हो ।
सुन्दरताले भरिएको यहाँ सुन्दर मनमोहक दृश्य देख्न सकिन्छ । बाजुराको हिमाली गाउँपालिकाको वडा नम्बर ३ मा रानीसैन पर्यटकीय क्षेत्र रहेकोे छ । स्वर्ग जस्तै सुन्दर हिमाल र हिमतालहरू भएका कारणले रानीसैन प्रख्यात छ ।
रानीसैन समुद्री सतहबाट ३ हजार ५७८ मिटरको उचाइमा छ । हेर्दा चारैतिर प्रकृतिले टपक्कै फुर्सदमा कोरेको ठाउँ जस्तै देखिन्छ । रानीसैन पाटन र हिमताल साथै सानातिनादेखि ठुला खालका झरनाहरु अवलोकनसहित रमाउन सकिन्छ ।

हिमाल र पहाडका बीचमा सम्म परेर वर्षा याममा हरियो र हिउँद याममा सेतो कार्पेट प्रकृतिले ओछ्याए जस्तो एक सुन्दर आनन्द रमाइलो अनुभुती हुने स्थानको रुपमा रानीसैनलाई लगिन्छ । रानीसैनको पश्चिममा अपि सैपाल हिमालको हिउँले ढाकेको छ ।
फेदीमा ३ हजार ५ सय ७८ मिटरको उचाइमा हिमताल छ । जुन ठाउँबाट दिउँसो सैपाल हिमालबाट खस्ने हिउँ पहिरोको गड्याङ गुडुङ आवाजले रक स्टारले बजाएको गीतको धुन जस्तै सुन्न सकिन्छ । पर्यटकीय क्षेत्र नजिकै जडिबुटीको भण्डार, बुकी, घाँस लगायतका चिजबिज पाइने गरेका छन् ।

यहाँ जटामसी, गुच्चीच्याउ, पदमचाल, पाँचऔँले, सेतो चिनी, विष, यार्सागुम्बा लगायतका सयौं जातिका जडीबुटी पाइन्छन् । रानीसैन पर्यटन प्रबद्र्धन, संरक्षण र सम्बद्र्धनको पर्खाइमा छ । यहाँ घुम्न जाने पर्यटकले यसलाई पहाड भित्र लुकेको नयाँ संसार उपनाम दिने गरेका छन् ।

खप्तड क्षेत्र : यो एक प्रमुख धार्मिक, प्राकृतिक र पर्यटकीय गन्तव्य हो । जुन बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगम स्थलमा अवस्थित छ । यस क्षेत्रमा सुन्दर पाटन, झोती (थुम्का), दह, खप्तड राष्ट्रिय निकुञ्ज, र प्रसिद्ध त्रिवेणीधाम जस्ता पर्यटकीय आकर्षणहरू छन् ।
जहाँ खप्तड बाबाले ५० वर्षसम्म तपस्या गरेका थिए । धार्मिक तथा प्राकृतिक दुबै दृष्टिकोणले खप्तड महत्वपूर्ण मानिन्छ । शान्त वातावरण, घाँसे मैदान र आध्यात्मिक अनुभवका लागी यो क्षेत्र प्रसिद्ध छ ।
खप्तड क्षेत्रमा २२ वटा पाटन रहेका छन् । बाघ बुट्टे निगांलो पाइने यो राष्ट्रिय निकुञ्ज समेत हो ।यस क्षेत्रको भ्रमणले मनोकांक्षा पूरा हुने र आध्यात्मिक अनुभव प्राप्त हुने जनविश्वास छ ।

नाटेश्वरी मन्दिर : यो एक प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र हो । विशेषगरी जनैपूर्णिमा, चैत्र अष्टमी र बडादसैँमा देवीको पूजा गर्नका लागि हिन्दू धर्मावलम्बीहरूमा नाटेश्वरी मन्दिरको निकै महत्त्व छ ।
यस मन्दिरमा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट नाटेश्वरी देवीको पूजा गर्न र बली चढाउन आउने गर्दछन् । समुन्द्री सतहबाट एक हजार ४ सय फिट उचाइमा अवस्थित यो मन्दिर बाजुराको त्रिवेणी नगरपालिका—७ मा पर्छ ।

जनैपूर्णिमाको दिन अर्थात् आज नाटेश्वरी मन्दिरमा ठूलो पूजा लागेको छ बडीमालिकालाई बहिनी र नाटेश्वरीलाई दिदी भएको जनविश्वास रहिआएको छ । नाटेश्वरीलाई ‘नाचनथली’ पनि भन्ने गरिन्छ ।
भगवान शिव–पार्वतीलगायत अन्य देवीदेवताको नाचगान गर्ने स्थल भएका कारण र नाटेश्वरी नामकरण भएको स्थानीयको भनाई रहेको छ । ०३४ सालमा तत्कालीन राजा वीरेन्द्र शाहले हेलिकोप्टरबाट नाटेश्वरी मन्दिरको दर्शन गरेका थिए ।

टाइगर हिल कालाजग्रा : समुन्द्री सतहबाट करिब ३२०० मिटरको उचाईमा रहेको बाजुराको कालाजग्रा प्राकृतिक तथा धार्मिक हिसाबमा निकै महत्त्वपूर्ण छ । टाइगर हिलका नामले चिनिने कालाजग्रा धार्मिक तथा प्राकृतिक हिसाबले निकै महत्त्वपूर्ण मानिन्छ ।
यहाँ प्रत्येक बर्ष साउन पुर्णिमाका बेला पुजा हुने गरेको छ । पुजाआजा गर्नको लागि आन्तरिक तथा बाह्य श्रदालु भक्तजन आउने गर्छन् । यहाँबाट बाजुराका ठुला धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका,बुढिनन्दा,हुम्ला,जुम्लालगायत ठाउँमा अग्ला सेताम्य हिमाल,अपी,शैपाल हिमाल लगायतका दृश्यहरु प्रष्ट देख्न सकिन्छ ।

साथै यहाँबाट बाजुराको सुन्दर क्षेत्र कोल्टी, पाण्डुसैन, पोरखेगढीको पनि दृश्यावलोकन गर्न सकिन्छ । भिमकाय पहाडमाथि उभिएको कालाजग्राबाट सेताम्य हिउँका पहाड, वरपरको मनोरम दृश्य नियाल्दै पर्यटक रमाउने गरेका छन् ।

वरपर जताततै अग्ला पहाड, टाढाटाढाका सुन्दर हिमाल, वनजंगल, चराचुरुंगी र वन्यजन्तुले मानिसलाई साच्चै स्वर्ग पुगेको आभास हुन्छ । धर्ती स्वर्ग छ भन्ने कुराको आभास यहाँबाट अनुभूती गर्न सकिन्छ । यहाँको भिन्न भू–वनोट, फरक हावापानी र सुन्दर प्रकृतिले गर्दा यो क्षेत्र साच्चै पहाड भित्र लुकेको अर्को नयाँ संसार, विचित्रताको खानी, उपनाम जस्तैः लाग्ने गर्छ ।

दुई पहाडको थुम्कोमा रहेको यो क्षेत्र प्राकृतिक सौन्दर्यताले भरिपुर्ण छ । यस क्षेत्रबाट अद्भूत शक्ति र वरदान प्राप्त हुने जनविश्वास रहेको छ । यहाँ अनौठो गुफाताल समेत छ । देवीको वासस्थान रहेको हुँनाले यसलाई कालाजग्रा देवी भनिएको बुढापाखाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.