काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसहित नेतामाथि अपमानजनक सामग्री प्रसारण गरेको आरोपमा युट्युबर रोशन पोखरेल पक्राउ परेपछि सामाजिक सञ्जालमा व्यापक बहस सुरु भएको छ ।
धेरै प्रयोगकर्ताहरूले यस घटनालाई अभिव्यक्ति स्वतन्त्रतासँग जोड्दै सरकारको कदमप्रति आलोचना गरेका छन् । कतिपयले विगतमा स्वयं प्रधानमन्त्रीले आलोचनात्मक शैलीमार्फत राजनीतिक उचाइ हासिल गरेको सन्दर्भ उल्लेख गर्दै अहिलेको कारबाहीप्रति प्रश्न उठाएका छन् ।
यस विषयमा जेन–जी अभियन्ता तनुजा पाण्डे र भावना राउतले पनि सार्वजनिक धारणा राखेका छन् । तनुजा पाण्डेले घटनालाई र्यापर भिटेन पक्राउ प्रकरणसँग तुलना गर्दै त्यतिबेला उठेको अभिव्यक्ति स्वतन्त्रताको बहस पुनः स्मरण गराएकी छन् । उनले अपमानजनक अभिव्यक्तिका आधारमा कारबाही गर्दा समान मापदण्ड लागू हुनुपर्ने आवश्यकता औंल्याएकी छन् ।
त्यस्तै, भावना राउतले ‘फ्रिडम अफ स्पीच’मा अनावश्यक सीमा तोक्नु लोकतान्त्रिक मूल्यविपरीत हुने बताएकी छन् । उनका अनुसार गलत सूचना, मानहानि वा हिंसा उक्साउने विषय कानुनी बहसको दायरा भित्र पर्न सक्छन्, तर असहमतिकै आधारमा बोल्ने अधिकार खोस्नु उचित हुँदैन ।
राउतले असहमति व्यक्त गर्ने वैकल्पिक उपायहरू—जस्तै सामग्री नहेर्ने, अनफलो गर्ने वा बेवास्ता गर्ने—प्रयोग गर्न सकिने उल्लेख गर्दै ‘मन नपरेकै आधारमा जेल पठाउने प्रवृत्ति’ लोकतन्त्रका लागि खतरनाक हुन सक्ने चेतावनी दिएकी छन् ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.