×

कैलालीको चौकीडाँडा–फल्टूडे सडक अलपत्र, ठेकदारले सहमति पालना नगरेको आरोप

खालीपाना न्युजडेस्क | ३ महिना अगाडि

धनगढी । कैलालीको गोदावरी नगरपालिका र चुरे गाउँपालिका जोड्न चौकीडाँडा–फल्टूडे सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै स्थानीय आक्रोसित बनेका छन् ।
२०८१ चैतमा निर्माण सम्पन्न हुनुपर्ने सडक एक बर्षसम्म पनि कालोपत्रे नभएपछि स्थानीय आक्रोसित बनेका हुन् । यस अघि २०८२ भदौ २३ गते मा स्थानीले सडक अवरुद्ध गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय कैलालीका तत्कालिन प्रमुख जिल्ला अधिकारी, निर्माण व्यवसायी र स्थानीयको छलफलपछि ठेकेदारले फागुन मसान्तसम्म सडक कालोपत्रे गर्ने लिखित सहमति गरेका थिए ।
तर तोकेको समयमा काम सम्पन्न नभएपछि स्थानीयले फेरी सडक अबरुद्ध गर्न थालेका छन् । ‘स्थानीय र जनप्रतिनिधिको आन्दोलन बिच भदौ २३ गते ठेकेदार सँग काम गर्ने समयसीमा तोकेर तमसुक नै बनाइएको थियो,’ कैलालीको गोदावरी नगरपालिका–१० का प्रेम महराले भने, ‘तर ठेकेदारले लिखित सम्झौताको वेवास्ता गरेको छ, सडक अहिले पनि अलपत्र छ, त्यसैले हामीले शनिबार एक दिन सडक अबरुद्ध गरेर छौं, काम सुरु नभए केही दिनमै अनिश्चितकालका लागि सडक अबरुद्ध गर्न हामी बाध्य हुने छौं ।’
सुदूरपश्चिम प्रदेश पूर्वाधार विकास कार्यालय कैलालीमा पूर्वाधार विकास कार्यालय पहिलो पक्ष र ठेकेदार कम्पनी दोस्रो पक्ष रहने गरी गोदावरी नगरपालिकाका नगरप्रमुख, वडाध्यक्षको रोहबरमा समयसीमा तोकेर तमसुक गरिएको उनले बताए ।
लिखित सहमति अनुसार चौकीडाँडा फल्टुडे सडक अन्तरगतको अढाई किलोमिटर सडक निर्माणको ठेक्का पाएको सनलाइट थेगिम एडभेन्चर जेभीले फागुन ३० गतेभित्र सडक कालोपत्रे गर्ने सम्झौता गरेको थियो । आर्थिक वर्ष २०७६÷०७७ देखि निर्माणको काम सुरु गरिरहेको उक्त कम्पनीले असोज ३० सम्म सब बेसको काम गर्ने, कार्तिक ३० सम्म बेसको काम गर्ने, मंसिर १५ सम्म पहिलो लेयरको कालोपत्रे गर्ने, फागुन ३० सम्म दोस्रो लेयरको कालोपत्रे गरेर चैत ३० सम्म अन्य काम सकेर हस्तान्तरण गर्ने सम्झौता भएको थियो । तर, हाल उक्त कम्पनीले पहिलो लेयरको कालोपत्रेको आधा काम पनि गरेको छैन भने बाँकी सडक अझै धुलाम्मे अवस्थामै रहेको छ ।
आर्थिक वर्ष २०७९÷०८० देखि उक्त सडक निर्माणको काम सुरु गरेको तेडी निर्माण सेवाले पनि ३ किलोमिटर सडक कालोपत्रे गरेर पुस ३० मा हस्तान्तरण गर्ने तमसुक गरेको थियो । भदौ २३ मा भएको तमसुक अनुसार असोज ३० सम्म सब बेसको काम गर्ने, कार्तिक ३० सम्म बेसको काम गर्ने, मंसिर १५ सम्म पहिलो लेयरको कालोपत्रे गर्ने, मंसिर ३० सम्म दोस्रो लेयरको कालोपत्रे गर्ने र पुस ३० मा हस्तान्तरण गर्ने सम्झौता भएको थियो । उक्त कम्पनीले भने हालसम्म कालोपत्रेको काम सुरु समेत गरेको छैन ।
सडक निर्माणमा चरम ढिलासुस्तीपछि सो सडक क्षेत्रमा पर्ने वडा नम्बर ३, १०, ११ र १२ का वडाध्यक्षहरूले भदौ १९ गते देखि सडकबाटै सेवा दिँदै चरणबद्ध आन्दोलनका कार्यक्रम गरेपछि पूर्वाधार विकास कार्यालय, ठेकेदार बिच तमसुक भएको थियो । तर, तमसुक अनुसार काम नहुँदा पनि जनप्रतिनिधिले पनि वास्ता नगरेको स्थानीयको भनाइ छ ।
चौकिडाँडा फल्टुडे सडक अन्तरगत दुवै ठेकेदारले करिब साढे ५ किलोमिटर सडक अलपत्र पार्दा स्थानीयले भने सास्ती खेपिरहेका छन् । लामो समय देखि सडक अलपत्र छोडिदा बर्खामा हिलाम्मे र सुख्खा मौसममा सडक धुलाम्मे हुने गरेको छ ।
सडक निर्माणमा ठेकेदारले चरम लापरबाही गरेपछि आजित स्थानीयले शनिवार (चैत २१) सडक बन्द गरिदिएका छन् । स्थानीयले सडक धुलाम्मे भएर समस्या भएको भन्दै उक्त सडकमा सवारी साधनमा रोक लगाएका हुन ।
स्थानीय कृष्ण जोशीले सडक चाँडो निर्माण होस भनेर दाबाव दिन सडक बन्द गरिएको बताए । उनले एक महिना अघिपनि दबाब दिँदा सडक निर्माणको काम सुरु गरिएको भए पनि पुनः ५÷७ दिनमै ठेकेदार गायब भएको बताए । धुलाम्य सडकका कारण स्थानीयले सास्ती खेप्नु परेको उनको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.