×

आयुर्वेद क्षेत्र विस्तारमा उल्लेख्य प्रगति, अझै धेरै काम बाँकी : डा. शंकर गौत्तम

खालीपाना न्युजडेस्क | २ हप्ता अगाडि

काठमाडौं । नेपाल आयुर्वेद चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डा. शंकर गौत्तमले आयुर्वेद क्षेत्रको विस्तारमा महत्वपूर्ण प्रगति भए पनि अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।

शुक्रबार आयोजित नेपाल आयुर्वेद चिकित्सक संघको ११ औँ राष्ट्रिय सम्मेलनमा बोल्दै उनले आयुर्वेद सेवाको विस्तार, संरचना निर्माण र जनशक्ति विकासमा विभिन्न पहलहरू गरिएको जानकारी दिए । उनले अडान पोर्टल निर्माण, सबै स्थानीय तहमा आयुर्वेद सेवा विस्तार, अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता तथा अस्पताल सुदृढीकरणमा उल्लेख्य काम भएको बताए ।

उनका अनुसार हाल सबै प्रदेशमा सय शैयाका आयुर्वेद अस्पताल निर्माणको प्रक्रिया अघि बढिरहेको छ, यद्यपि यसले पूर्ण रूपमा मूर्त रूप लिन सकेको छैन ।

‘यो सम्मेलनले केही आगामि मार्गदर्शन पनि दिन सकोस् यति भन्दै गर्दा केही कामहरु पनि गरेका छौ । जस्तै, अडान प्रोटल निर्माणका कामहरु गरेका छौ । सबै स्थानिय तहमा आयुर्वेदलाई पुर्याउन सकेका छौ । अन्तराष्ट्रिय सम्मेलनमा हामीले काम गर्यौ । अस्पताल सुदृढिकरण धेरै कामहरु गरेका छौं । सबै प्रदेशमा सय शैयाको आयुर्वेद अस्पताल निर्माण गर्ने क्रममा हामी अगाडि बढिरहेको छौ । त्यसले केही मुर्तरुप लिन सकिरहेको छैन,’ उनले भने ।

साथै आधारभूत अस्पतालहरूमा आयुर्वेदिक स्वास्थ्यकर्मी राख्ने, स्वर्णविन्दु कार्यक्रम सञ्चालन गर्ने र एमडी तहको अध्ययनका लागि जनशक्ति उत्पादनमा समेत पहल सुरु गरिएको उनले बताए । पञ्चकर्म सेवाकेन्द्र स्थापना पनि सुरु भइसकेको जानकारी उनले दिए ।

उनले भने, ‘सबै आधारभुत अस्पतालहरुमा आयुर्वेदिक स्वास्थ्यकर्मीहरु राखेका छौ । स्वर्णविन्दु कार्यक्रम यो पाली सुरु गरेका छौ भने एमडि पढाउनेमा थप जनशक्ति हुनुपर्छ भन्ने विषयमा क्याम्पसदेखि सबैजनाको सहयोगमा कार्यक्रम सुरु भएको छ । पञ्चकर्म सेवाकेन्द्र सुरु भएको छ’
डा. गौत्तमले यति उपलब्धि पर्याप्त नभएको उल्लेख गर्दै दरबन्दी व्यवस्थापन, उच्च शिक्षाको विस्तार र नीतिगत सुधारमा थप ध्यान दिनुपर्ने बताए ।
उनले त्रिभुवन विश्वविद्यालयले आयुर्वेद सम्बन्धी थप विषय समावेश गर्नुपर्ने, साथै योगमाया विश्वविद्यालय पनि आयुर्वेद शिक्षाको दायरा विस्तार गर्नुपर्ने धारणा राखे ।

उनले स्वास्थ्यसम्बन्धी नियमावली तथा उपनियमावली निर्माणमा समेत ध्यान दिनुपर्ने उल्लेख गर्दै आयुर्वेद क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउनेतर्फ सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिए ।

‘यति मात्र पुक्त हो त अवस्य पनि हैन गर्नुपर्ने धेरै नै छ । दरबन्दीको विषयमा काम गर्नुपर्ने छ । उच्च शिक्षाको लागि त्रिभुवन विश्वविद्यालयमा थप विषयमा काम गर्नुपर्ने छ । प्रतिष्ठा स्थापना, खुलेको योगमाया विश्वविद्यालयबाट थप विषय र स्कोप बढाउनुपर्नेछ । स्वास्थ्य सम्बन्धि नियमावली र उपनियमावलीहरु बनाउनु पर्ने दायित्व हाम्रो नैछ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.