×

इलामको सन्दकपुरमा तेस्रो रेडपाण्डा महोत्सव सुरु, विश्वभरबाट पर्यटक भित्र्याउने लक्ष्य

खालीपाना न्युजडेस्क | ७ महिना अगाडि

इलाम । इलामको सन्दकपुरमा तेस्रो रेडपाण्डा महोत्सव सुरु भएको छ।
इलामको सन्दकपुर गाउपालिका ४ कालपोखरीमा कोशी प्रदेशका पर्यटन मन्त्री भीम पराजुलीले तेस्रो रेडपाण्डा महोत्सवको उद्घाटन गरेका हुन्। सन्दकपुर गाउँपालिकाको आयोजनामा सुरु महोत्सव चैत २० गतेदेखि २३ गतेसम्म आयोजना हुनेछ।
दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षणसँगै पर्यटन प्रवद्र्धन गर्ने तथा स्थानीय पर्यापर्यटनलाई जोड्ने उद्देश्य सहित महोत्सव आयोजना गरिएको सन्दकपुर गाउपालिकाका अध्यक्ष तुलाराम गुरुङले जानकारी दिए।
आयोजक समितिका संयोजक तथा सन्दकपुर २ का वडा अध्यक्ष सनम राईले २०८० सालदेखि रेडपाण्डा महोत्सव आयोजना गरिएको बताए। उनले रेड पाण्डाको संरक्षण गर्दै सरकारले बनाएको ४३ किलोमिटर लामो पदमार्गमा पर्यटकको संख्या बढाउँदै विश्वमा लोप हुन लागेको अवस्थामा रहेको रेड पाण्डालाई संरक्षण गरिएको छ भन्ने देखाउन महोत्सव महत्त्वपूर्ण हुँदै आएको स्पष्ट पारे।
नेपाल, भारत, भुटान, म्यानमार र चीनमा मात्र पाइने रेड पान्डा विश्वमा नै दुर्लभ वन्यजन्तु मानिन्छ। महोत्सव मार्फत विदेश पर्यटकलाई आकर्षण गर्ने लक्ष्य छ।
‘पछिल्ला केही वर्षयता तेस्रो मुलुकका पर्यटकहरु पनि इलाममा रेडपाण्डा हेर्नका लागि आउन थालेका छन्, कालपोखरीलाई केन्द्रविन्दु बनाएर पदमार्गमा पर्यटकलाई घुमाउने र अन्तर्राष्ट्रिय पर्यटकलाई ल्याउने गरेर समन्वय गरेका छौं,’ राईले भने।
गत वर्ष भारतीयसहित अन्य केही मुलुकका गरी सात हजार पर्यटकले सन्दकपुरको भ्रमण गरेको राईको भनाइ छ। महोत्सव आयोजक समितिका सदस्य केशब कुमार घौरारीले महोत्सवमार्फत पर्यटकीय सम्भावनाको उजागर गर्ने उद्देश्य लिइएको बताए।
आयोजकले महोत्सवमार्फत स्थानीय समुदायलाई रेडपाण्डा संरक्षणप्रति सचेत गराउनुका साथै हिमाली पदमार्गमा आधारित पर्यटनलाई प्रवद्र्धन गर्ने लक्ष्यसमेत लिएको छ।

इलामको सन्दकपुर गाउँपालिकाको माबु दोवाटे, जौवारी, हाागेथाम, जमुनाको चोयाटार, टप्पु, माईजोगमाईको प्याङ पातल सामुदायिक वन, जोगमाईको माथिल्लो सामुदायिक वन लगायतमा रेडपाण्डा पाइन्छ।
यसअघि २०८० र २०८१ मा दुई संस्करण सफलतापूर्वक महोत्सव सम्पन्न भइसकेको छ। रेडपाण्डा महोत्सवमा ४३ किलोमिटर लामो पदमार्ग जोडिएको छ। जसले माईपोखरीदेखि ढापपोखरी हुँदै जौबारीसम्म जोड्छ। उक्त पदमार्गमा विभिन्न दुर्लभ वन्यजन्तु, मुनालसहितका सयौँ प्रजातिका चराचुरुङ्गी तथा समृद्ध जैविक विविधताको अध्ययन गर्न सकिन्छ।
करिब ११ करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण गरिएको यस पदमार्ग क्षेत्रमा १५ भन्दा बढी पर्यटकीय गन्तव्यहरू समावेश गरिएको छ।
महोत्सवमार्फत ती गन्तव्यहरूको प्रचार–प्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ। विशेषगरी छिमेकी पश्चिम बंगालबाट भारतीय पर्यटक आकर्षित गर्ने योजना समेत रहेको छ।
सन्दकपुर क्षेत्र पूर्वी पहाडी भूभागमा रेडपाण्डा अवलोकनका लागि प्रसिद्ध गन्तव्य मानिन्छ, जहाँ विश्वभरबाट पर्यटक पुग्ने गरेका छन्। महोत्सव अवधिभर आगन्तुकहरूले आदिवासी जनजातिको संस्कृति, सिमसार क्षेत्र, प्राकृतिक सौन्दर्य तथा सगरमाथा सहित ६० भन्दा बढी हिमश्रृङ्खलाको दृश्य अवलोकन गर्न सक्नेछन्।
सन्दकपुर गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिलकुमार लिम्बूले रेडपाण्डा संरक्षणसँग जोडिएको महोत्सवले सन्दकपुर क्षेत्रमा पर्यापर्यटनको विकास गर्दै स्थानीय पर्यटन व्यवसायलाई थप टेवा पुग्ने अपेक्षा गरिएको बताए।
लिम्बुका अनुसार महोत्सव कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड, कोशी प्रदेश पर्यटन कार्यालय झापा, केचना–कञ्चनजङ्घा पर्यटन विकास समिति तथा रेड पाण्डा नेटवर्क लगायत संस्थाहरूले प्रवद्र्धन गरेका छन्।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा इलामको पर्यटनलाई चिनाउँदै आएका पत्रकार युवराज गौतमले विश्व समुदायलाई नै इलाममा रेडपाण्डा पाइन्छ भन्ने सन्देश दिन महोत्सव आयोजना गरिएको बताए।
महोत्सवका आकर्षणका रुपमा हरेक दिन स्थानीय पथप्रदर्शकको सहयोगमा पदयात्रा समेत आयोजना हुनेछ। यस्तै स्थानीय उत्पादनको स्वाद चाख्दै पर्यटकले आनन्द लिन सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.