×

इनिशा हत्या प्रकरण : आइतबार अदालत पेस गरिने

खालीपाना न्युजडेस्क | १ दिन अगाडि

सुर्खेत । १६ बर्षिया बालिका इनिशा विक हत्या प्रकरण अब अदालत प्रवेश गर्ने भएको छ ।

दुई साता लामो अनुसन्धानपछि बुधबार प्रहरीले सरकारी वकील कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सरकारी वकील कार्यालयले अध्ययन गरिरहेको प्रतिवेदन आइतबार जिल्ला सरकारी वकील कार्यालयले आइतबारसम्म अदालतमा पेश गर्ने तयारी गरेको छ ।

प्रहरीले बुझाएको प्रतिवेदन अध्ययन गरेपछि जिल्ला सरकारी वकीलको कार्यालयले अभियोगपत्र तयार पारेर अदालतमा पेश गर्नेछ । विहीबार कर्णाली प्रदेशमा सार्वजनिक विदा भएको, शुक्रबार र शनिबार सार्वजनिक विदा भएकोले आइतबारमात्र अदालतमा पेश गरिने जिल्ला न्यायधीस कर्णबहादुर महतले जानकारी दिए ।
‘प्रहरीको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयले अध्ययन गरिरहेको छ’ उनले भने, ‘प्रतिवेदन चित्त बुझ्दो नलागेमा थप अनुसन्धानका लागि कार्यालयले फिर्ता पनि गर्न सक्छ ।’

प्रहरीले दुई साता लामो अनुसन्धान पछि बुधबार प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ । उक्त प्रतिवेदनले इनिशाका प्रेमी भनिएका अनमोल गौलीसहितमा अन्य तीन जनालाई कर्तव्य ज्यान र जवरजस्तीकरणीमा मुद्दा चलाउन माग गरेको छ ।

इनिशा बिकको घटनामा सामुहिक बलात्कार नभएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको प्रहरी प्रतिवेदनमा उल्लेख छ । शारीरिक सम्पर्क पछिको अत्याधिक रक्तश्रावका कारण इनिशाको मृत्यु भएको प्रहरीको निश्कर्ष छ ।

फागुन २३ गते बिहान विद्यालयको प्रयोगात्मक क्रियाकलापमा जानु छ भनेर निस्किएकी इनिशा घरबाट गएको दुई घण्टापछि वीरेन्द्रनगर नजिकैको सामूदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् । उनलाई अस्पताल पुगाएलगत्तै मृत घोषित गरिएको थियो । इनिशाको परिवार र आफन्तले सामुहिक बलात्कारपछि हत्या गरिएको भन्दै अझै शव बुझेका छैनन् ।

अनुसन्धानमा प्राप्त तथ्य प्रमाण र आरोपितहरुको बयानका आधारमा प्रतिवेदन तयार गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी मोहनजंग बुढथापाले बताए ।

‘विभिन्न प्रमाण र आरोपीहरुको बयानले पनि सामुहिक बलात्कार पुष्टि हुने आधार देखिएको छैन’ उनले भने, ‘घटनामा संलग्न चारै जना दोषी देखिन्छन् ।’ प्रहरीले उनका प्रेमी भनिएका अनमोल गौलीलाई मुख्य अभियुक्त ठहर गरेको छ ।

प्रहरीले मुख्य अभियुक्तविरुद्ध जबरजस्तीकरणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरी जन्मकैद र बाँकी तीन जनाविरुद्ध घटनास्थलमा उपस्थित भएर पनि पीडितलाई बचाउने प्रयास नगरेको आरोपमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाउनु पर्ने माग दावी गरेको छ । ‘अनुसन्धानबाट प्राप्त वैज्ञानिक प्रमाणहरूले सामूहिक बलात्कार पुष्टि गर्दैन’ डिएसपी बुढ्थापाले भने, ‘पोष्टमार्टम रिपोर्ट र अनुसन्धान प्रतिवेदन अनुसार, इनिशाको मृत्यु मुख्य अभियुक्त उनका प्रेमी भनिएका युवकसँगको शारीरिक सम्पर्कपछिको उच्च रक्तस्रावका कारण भएको देखिन्छ ।’

घटनासंग सम्बन्धित धेरैजसो प्राविधिक रिपोर्टहरु प्राप्त भई सकेको र केही रिपोर्टहरु आउन बाँकी रहेको डिएसपी बुढ्थापाले बताए । ‘अनुसन्धानमा खुलेका सबै तथ्यहरुसहितको प्रतिवेदन बुझाईसकिएको छ’ उनले भने, ‘अब कुरा कुराहरु न्यायलयमा खुल्न सक्छन् ।’ दुई हप्ता अघिदेखि प्रहरीले वैज्ञानिक तरिकाले अनुसन्धान गर्ने भन्दै केन्द्रबाट सीआईबी, नेपालगन्जबाट पोलिग्राफ, सीडीआर एनालिसिसहरू लगायतका विज्ञहरुको टोलीले घटनाको अनुसन्धान गरेको थियो ।

सामुहिक बालात्कारपछि इनिशाको हत्या भएको भन्दै आफन्त र परिवारले उनको शव बुझ्न मानेका छैनन् । घटना भएको २० दिनदेखि इनिशाको शव कर्णाली प्रदेश अस्पतालको शवगृहमै रहेको छ । घटनाको तथ्य पत्ता लगाउन मृतक र आरोपितहरुको मोबाइल भजाइनल स्वाब परिक्षण तथा केन्द्रीय विधिविज्ञान प्रयोगशालामा टक्सिकोजिकल, बायोसेरोलोजिकल परिक्षणसहित प्रहरीले प्रतिवेदन तयार गरेको हो ।

घटनामा मुख्य अभियुक्त अनमोल गौलीले आफु दुई बर्षदेखि इनिशासंग प्रेम सम्बन्धमा रहेको र आफुहरुबीच शारिरिक सम्बन्ध रहँदै आएको भन्दै सामुहिक बलात्कार नभएको बयान दिएका छन् । घटनाको दिनमा पनि सहमतीमै शारिरिक सम्पर्क भएको र अत्यधिक रक्तश्राव भएपछि इनिशा बेहोस् अभियुक्तले बयान दिएका थिए । ‘इनिशा बेहोस भएपछि अस्पताल लैजान साथीहरूको सहयोग मागेको हो र आफ्नो आग्रहमा साथिहरु घटनास्थल आएको उनको बयान छ । सीसीटीभी फुटेजमा पनि बिहान ६ बजे इनिशा र उनका प्रेमी भनिएका गौली मात्रै गएको देखिएको छ ।

सुर्खेतको उषा बालवाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशाको घरपरिवार र आफन्तले सामूहिक बलात्कार पछि हत्या गरिएकोले इनिशाको हत्यामा संलग्लाई कार्वाही हुने विश्वस्त वातावरण नभएको भन्दै दबाब बढाइरहेका छन् ।

इनिशा हत्यामा जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रारम्भिक अनुसन्धान पूरा गरेपछि थप अनुसन्धानका लागि सीआईबीको टोली वीरेन्द्रनगर पुगेर थप प्रमाण संकलन तथा अनुसन्धान गरेको थियो ।

मृतकको पोस्टमार्टम रिपोर्टअनुसार बलात्कार पछि अत्यधिक रक्तस्रावका कारण इनिशाको मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ । फागुन २३ गते इनिशा सामुदायिक जंगलमा मृत अवस्थामा भेटिएकी थिइन् ।

सुर्खेत गुर्भाकोट बडाखाली घर भएकी १६ वर्षीया इनिशा वीरेन्द्रनगरमा बस्दै आएकी थिइन् । इनिशा घटनाको बिषयमा दोषिलाई कार्वाही र पीडित परिवारलाई न्याय दिलाउन भन्दै देशभर प्रदर्शन भईरहेका छन् । कर्णाली प्रदेशसभामा पनि सांसदहरुले इनिशा घटनामा संलग्नलाई कार्वाही गर्नु पर्ने आवाज उठाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.