×

१० वडाबाट दैनिक ३.१९ मेट्रिक टन सुक्खा फोहर ल्याण्डफिल जानबाट रोकियो

खालीपाना न्युजडेस्क | ४ महिना अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालनमा ल्याएको सुक्खा फोहर मटेरियल रिकभरी फ्यासिलिटीमार्फत क्षेत्र नम्बर ७ का १० वडाबाट दैनिक करिब ३.१९ मेट्रिक टन सुक्खा फोहर ल्याण्डफिल साइटमा जानबाट रोकिएको छ ।

फोहरमैला सङ्कलन तथा ढुवानी निर्देशक समितिको अध्यक्ष तथा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकमा सहरभित्र फोहर स्रोतमे वर्गीकरण, ढुवानी, अन्तिम व्यवस्थापन र फोहरको मात्रा घटाउने विषयमा छलफल गरिएको थियो । सोही क्रममा मटेरियल रिकभरी फ्यासिलिटीको अभ्यासबारे जानकारी गराइएको हो ।

यस फ्यासिलिटीमार्फत सङ्कलित फोहरलाई वर्गीकरण गरी पुनः प्रयोगयोग्य सुक्खा फोहरलाई आय ठेक्कामार्फत बिक्री गर्ने व्यवस्था गरिएको छ । छलफलमा क्षेत्र नम्बर ७ अन्तर्गत वडा नम्बर १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ समेटिएका छन् ।

महानगरपालिकाले घरेलु फोहरसँगै उत्पादन हुने सुक्खा फोहर बिक्री व्यवस्थापनका लागि आफ्नो भौगोलिक क्षेत्रलाई ७ भागमा विभाजन गरी प्रतिस्पर्धामार्फत वार्षिक ६ करोड ८ लाख ७२ हजार ३७१ रुपैयाँ कर बाहेक आय ठेक्का लगाएको छ । क्षेत्र नम्बर ७ का लागि ग्लोरियस मल्टिपर्पोज एन्ड सप्लाइज कम्पनी छनोट भएको छ । उक्त कम्पनीसँग २०८१ फागुन २६ गते सम्झौता गरी मटेरियल रिकभरी फ्यासिलिटी सञ्चालनमा ल्याइएको हो ।

यस क्षेत्रबाट मात्रै महानगरपालिकाले वार्षिक करिब ७० लाख रुपैयाँ आय गर्ने अपेक्षा गरिएको छ । बैठकले सेवा प्रदायकको बोलपत्रको म्याद थप एक वर्षका लागि बढाउन सिफारिस गरेको छ । अन्य क्षेत्रका योजना भने कार्यान्वयनको चरणमा छन् ।
बैठकमा कार्यवाहक प्रमुख डंगोलले फोहरको दिगो व्यवस्थापनका लागि स्रोतमा नै वर्गीकरण गर्ने कार्यक्रम प्रभावकारी रूपमा लागू गर्नुपर्नेमा जोड दिइन् ।
बैठकमा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले रिभरकी फ्यासिलिटीको अभ्यासका विषयमा र इन्जिनियर रामप्रसाद नेपालले सेवा प्रदायकको कार्य सन्तुष्टि प्रतिवेदनका विषयमा जानकारी गराइन् ।

घरेलु फोहरलाई व्यवस्थित विसर्जन गर्न ३२ वटा वडालाई ७ क्षेत्रमा विभाजन गरिएको छ ।

क्षेत्र नम्बर २ मा प्राक्टिकल वेस्ट सोलुसन प्रा. ली. ले वार्षिक ५१ लाख ५९ हजार ४३ लाख रुपियाँमा ठेक्का कवोल गरेको छ । यसमा वडा नम्बर १, ११, २८, २९ र ३० पर्छन् । यस क्षेत्रबाट दैनिक करिब साढे ३६ मेट्रिक टन सुक्खा फोहर सङ्कलन हुने अनुमान गरिएको छ ।

क्षेत्र नम्बर ३ मा क्रियटिभ सरसफाइ प्रा. ली. ले वार्षिक ५५ लाख ३५ हजार ८९१ रुपियाँ आय ठेक्का कबोल गरेको छ । यस क्षेत्रमा वडा नम्बर ६, ८ र ९ पर्छन् । यस क्षेत्रबाट दैनिक करिब ३८ मेट्रिक टन फोहर जम्मा हुने अनुमान छ ।

क्षेत्र नम्बर ४ मा मेची पोली इष्डष्ट्रीले १ करोड १५ लाख ४ हजार ४०४ रुपैयाँ कबोल गरेको छ । यसमा वडा नम्बर १६, १७ र २६ पर्छन् ।
वडा नम्बर १३, १४ र १५ समेटेर क्षेत्र नम्बर ५ मा तोकिएको छ । करिब ४९ मेट्रिक टन सुक्खा फोहर सङ्कलन हुने अनुमान गरिएको यस क्षेत्रका लागि नेपाल ऊर्जा विकास कम्पनीले वार्षिक ९६ लाख ४६ हजार १७ रुपैयाँ कवोल गरेको छ ।

वडा नम्बर १०, ३१ र ३२ समेटेर क्षेत्र नम्बर ६ तोकिएको छ । करिब ५४ मेट्रिक टन सुक्खा फोहर सङ्कलन हुने अनुमान गरिएको यस क्षेत्रका लागि पोली वेस्ट म्यानेजमेन्टले ९१ लाख ८१ हजार ९१७ रुपैयाँमा आय ठेक्का कबोल गरेको छ । यसरी कबोल गरिएको रकम कर बाहेकको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.