×

जेनजी प्रदर्शनबारे आयोगको प्रतिवेदन सरकारलाई, ओलीसहित उच्च अधिकारीमाथि कारबाही सिफारिस

खालीपाना न्युजडेस्क | ९ महिना अगाडि

काठमाडौँ । जेनजी प्रदर्शनको घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । करिब पाँच महिना छानबिन गरेपछि पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन हस्तान्तरण गरेको हो ।

आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वर भण्डारी सदस्य छन् । प्रतिवेदन बुझाएपछि आयोगका सदस्य विज्ञानराज शर्माले गल्ती गर्ने व्यक्तिमाथि कारबाही गर्न सिफारिस गरिएको जानकारी दिए । उनका अनुसार प्रतिवेदन ९ सयभन्दा बढी पृष्ठको छ र त्यसमा विस्तृत अनुसूचीहरू पनि समावेश छन् ।

आयोगले भदौ २३ र २४ गते काठमाडौंमा भएको जेनजी आन्दोलनका घटनाबारे छुट्टाछुट्टै अध्ययन गरी राय सुझाव दिएको छ । पहिलो दिन नयाँ बानेश्वरमा प्रहरीले चलाएको गोली लागेर घटनास्थलमै र उपचारका क्रममा २१ जनाको मृत्यु भएको थियो ।

यस घटनामा आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली तथा जिल्ला सुरक्षा समिति काठमाडौंका तत्कालीन अध्यक्षलाई जिम्मेवार ठहर गर्दै फौजदारी कानुनअनुसार कारबाही अघि बढाउन सरकारलाई सिफारिस गरेको छ । आयोग स्रोतका अनुसार केन्द्रीय स्तरमा तत्कालीन प्रधानमन्त्री र जिल्ला स्तरमा सुरक्षा समितिका अध्यक्षलाई जिम्मेवार बनाउनुपर्ने निष्कर्ष निकालिएको छ ।

यदि आयोगको सिफारिसअनुसार सरकार अघि बढेमा तत्कालीन प्रधानमन्त्री ओली र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालविरुद्ध मुलुकी अपराध संहिता–२०७४ अनुसार मुद्दा चल्न सक्ने देखिएको छ । प्रदर्शनका क्रममा रिजालले गोली चलाउने आदेश दिएको आरोप लामो समयदेखि उठ्दै आएको छ ।

त्यतिबेला गृह मन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ थिए । फिल्डमा खटिएका प्रहरी अधिकृतहरूका अनुसार प्रदर्शनकारीले संसद् भवन घेरेपछि आईजीपी खापुङले वाकीटकी मार्फत गोली प्रहार गर्न निर्देशन दिएका थिए । आयोग स्रोतका अनुसार तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि कानुनी दायरामा ल्याउन सिफारिस गरिएको छ ।

आयोगले भदौ २४ मा भएको आगजनी, लुटपाट र तोडफोडका घटनामा संलग्न व्यक्तिहरूमाथि सम्बन्धित कसुरमा फौजदारी अभियोजन गर्न सरकारलाई सुझाव दिएको छ । ज्यान मार्ने र संगठित अपराधसँग जोडिएका घटनामा संलग्न व्यक्तिहरूलाई कडा कारबाही गर्न आयोगले सिफारिस गरेको छ ।

मङ्सिर २४ गते जेनजी आन्दोलनका प्रतिनिधि र सरकारबीच १० बुँदे सम्झौता भएको थियो । सो सम्झौताअनुसार अत्यधिक बल प्रयोग गर्ने व्यक्तिहरूको निष्पक्ष छानबिन गरी कानुनअनुसार कारबाही सिफारिस गर्ने व्यवस्था गरिएको थियो ।

जेनजी प्रदर्शनका क्रममा कुल ७६ जनाको मृत्यु भएको थियो । प्रदर्शनकारीतर्फ बुद्धिबहादुर तामाङ, सन्तोष बिक, सुलभराज श्रेष्ठ, श्रीयम चौलागाईं, ईस्वत अधिकारी, आयुष थापा मगर, सौरभ जोशी, योगबहादुर श्रेष्ठ, माधव सारुमगर, विमल बाबु भट्ट, असहाव आलम ठकुराई, शौरन किशोर श्रेष्ठ, सुवास कुमार बोहरा, रसिक खतिवडा, विनोद महर्जन, दिलनारायण तामाङ, योगेन्द्र न्यौपाने, छत्रमान कुथुमी, ओझन बुढा, अविषेक श्रेष्ठ र मोहन सरदार ‘चङ्खे’ रहेका छन् ।

यस्तै कैदीबन्दी तथा बालबन्दी तर्फ १० जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.