नुवाकोट । नुवाकोट क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. अचुतम लामिछाने विजयी भएका छन् ।
लामिछानेले ३० हजार ६ सय ५० मत ल्याएर फराकिलो अग्रता बनाएका छन् । त्यस्तै दोस्रो स्थानमा नेपाली कांग्रेसका जगदीश्वरनरसिंह केसीले १५ हजार २ सय २७ मत ल्याएका छन् । उनीहरुबीचको मतान्तर झण्डै १५ हजारभन्दा बढी रहेको छ ।
तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव पाण्डेले ८ हजार १ सय १९ मत ल्याएका छन् भने चौथो स्थानमा नेकपाका उम्मेदवार हिरानाथ खतिवडाले ६ हजार ५ सय २५ मत प्राप्त गरेका छन् ।
पाँचौँ स्थानमा उज्यालो नेपाल पार्टीका ज्ञानेन्द्रप्रकाश घलेले २ हजार ६ सय ८३ मत पाएका छन् भने राप्रपाका झनकबहादुर प्याकुरेलले ७ सय ३८ मत ल्याएका छन् ।
अहिलेसम्म बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका, म्यागङ गाउँपालिका र किस्पाङ गाउँपालिकाको मतगणना सम्पन्न भइसकेको छ । अब विदुर नगरपालिका वडा नम्बर ९ को मात्र मतगणना हुन बाँकी रहेको छ ।
शुक्रबार सम्पन्न मतदानमा कुल ६८ हजार १ सय २२ मत खसेको थियो । तीमध्ये ३ हजार २ सय ६० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
