×

गोरखापत्र संस्थानको निर्णयप्रति प्रेस चौतारी नेपालको आपत्ति

खालीपाना न्युजडेस्क | ५ महिना अगाडि

काठमाडौं । प्रेस चौतारी नेपालले गोरखापत्र संस्थानद्वारा गरिएको प्रदेश संयोजक परिवर्तनको निर्णयप्रति आपत्ति जनाएको छ । जारी गरेको प्रेस विज्ञप्तिमा संस्थानले माघ २२ गतेदेखि लागू हुने गरी मधेश र वागमती प्रदेश संयोजक परिवर्तन गरेको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

विज्ञप्तिअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को आचारसंहिता लागू भइरहेको संवेदनशील समयमा इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्दै आएका मधेश प्रदेश संयोजक धर्मेन्द्र झा र वागमती प्रदेश संयोजक शालिग्राम नेपाललाई हटाई नयाँ संयोजक नियुक्त गर्ने निर्णय निर्वाचन आचारसंहिताको मर्म विपरीत रहेको ठहर गरिएको छ ।

संस्थाले उक्त निर्णय श्रमजीवी पत्रकारहरूको अधिकार र निर्वाचन आचारसंहिताको भावना विपरीत भएको भन्दै आपत्ति जनाएको छ । साथै जिल्ला स्ट्रिन्जरहरूको पारिश्रमिक नियमित रूपमा भुक्तानी नभएको विषयप्रति पनि ध्यानाकर्षण गराएको छ ।

विज्ञप्तिमा गोरखापत्र संस्थान कर्मचारी सेवा शर्त विनियमावली–२०८२ बमोजिम करार सेवामा कार्यरत स्ट्रिन्जर तथा कर्मचारीहरूको कार्यविधि निर्माण भए पनि कार्यान्वयनमा ढिलाइ भएको उल्लेख छ । यसअघि कार्यविधि तयार पार्न समिति गठन गरिए पनि हालसम्म सम्बन्धित मन्त्रालयबाट पारित भई कार्यान्वयनमा नआउँदा करार सेवामा कार्यरत पत्रकार तथा कर्मचारीहरूमा रोजगारीको अन्योल र असुरक्षा उत्पन्न भएको जनाइएको छ ।

प्रेस चौतारी नेपालले प्रदेश संयोजक परिवर्तनसम्बन्धी निर्णय अविलम्ब सच्याउन र करार सेवासम्बन्धी कार्यविधि यथाशीघ्र पारित गरी कार्यान्वयनमा ल्याउन माग गरेको छ । जायज माग सम्बोधन नभए चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.