काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी चहलपहल बढ्दो छ । राजनीतिक दल र उम्मेदवारहरू घरदैलो अभियानमा व्यस्त छन् । कोही उम्मेद्वारहरु जनताको दुःख पीडा सुन्दै परिवर्तनको वाचा गरिरहेका छन भने कोही पुरानै शैलीमा चुनावी प्रतिबद्धताका सूची बाँडिरहेका छन् ।
सामाजिक सञ्जालदेखि गाउँघरका चौतारासम्म चुनावी बहस सुरु भइसकेको छ । तर मूल प्रश्न भने अझैंपनि उही छ, के यसपटक पनि चुनावपछि जनताको अवस्था उस्तै रहने त होइन ? चुनावको समयमा नेताहरू जनतामाझ पुग्ने दृश्य हरेकपटक दोहोरिन्छ । कोही डोको बोकेर खेतबारीमा पुगेका छन् । कोही जनतासँगै भुइँमै बसेर खाना खाइरहेका छन, कोही बिरामीको उपचारमा सघाइरहेका तस्वीर र भिडियो सार्वजनिक भइरहेका छन् । जसले उम्मेद्वारहरु ‘जनतासँग नजिक’ भएको जस्तो सन्देश दिन्छ ।
तर मतदाताले सोध्नुपर्ने प्रश्न केहो भने अहिलेको यो व्यवहार चुनावपछिसमेत कायम रहन्छ ? विगतका चुनावले जनतालाई एउटा नमिठो पाठ के सिकाएको छ भने धेरैजसो नेताहरू निर्वाचन जितिसकेपछि जनताबाट टाढा हुन्छन् । भेट्न कठिन, पहुँच सीमित र जिम्मेवारीभन्दा पदको प्रतिष्ठा ठूलो हुने प्रवृत्ति देखिएको छ ।
देशका आधारभूत समस्या अझैं उस्तै छन् । शिक्षा प्रणाली गुणस्तरीय बन्न सकेको छैन, सरकारी अस्पतालमा उपचारको भरपर्दो व्यवस्था छैन् । रोजगारीको अवसर न्यून छ, जसका कारण लाखौँ युवा विदेशिन बाध्य छन् । पूर्वाधार विकासको नाममा ठूला योजना घोषणा भए पनि ग्रामीण भेगमा सामान्य सडक, खानेपानी, विद्युत् र सञ्चार सेवा समेत व्यवस्थित हुन सकेको छैन । राजधानी केन्द्रित विकासको सोचले दुर्गम क्षेत्रका नागरिकलाई पछाडि धकेलेको अनुभूति अझै जीवित छ ।
नेपालको आवश्यकता अहिले भाषण होइन, कार्यान्वयन गर्ने क्षमता हो । नीतिगत स्पष्टता, दीर्घकालीन योजना र पारदर्शी कार्यशैली भएको नेतृत्व चाहिएको छ । केवल लोकप्रिय नाराले होइन, स्पष्ट कार्ययोजना र समयसीमा सहितका प्रतिबद्धताले मतदाताको विश्वास जित्नुपर्छ । जनप्रतिनिधिले आफ्नो पाँच वर्षको कार्ययोजना सार्वजनिक गर्ने, वार्षिक प्रगति विवरण दिने र जनतासँग नियमित संवाद गर्ने संस्कार विकास गर्नुपर्छ । लोकतन्त्र केवल मतदानमा सीमित हुँदैन, निरन्तर जवाफदेहिता नै यसको सार हो ।
ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकका समस्यामा उम्मेद्वारहरुले विशेष ध्यान दिनुपर्ने अवस्था छ । दुर्गम जिल्लामा वर्षैभरि गाडी चल्ने सडक, गुणस्तरीय विद्यालय, दक्ष शिक्षक, आधारभूत स्वास्थ्य सेवा र औषधि, सिँचाइको सुविधा र स्थानीय स्तरमै रोजगारी अत्यावश्यक छन् । कृषि, पर्यटन, साना तथा मझौला उद्योगमार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउने नीति बिना समृद्धिको नारा खोक्रो मात्र हुन्छ ।
यसपटक मतदाताले पनि आत्ममूल्याङ्कन गर्न आवश्यक छ । हामीले उम्मेदवारको अनुहार, जात, क्षेत्र वा भावनात्मक भाषण हेरेर मत दिने हो कि उसको विगतको काम, पारदर्शिता, निष्ठा र क्षमताको मूल्याङ्कन गर्ने ? सामाजिक सञ्जालमा भाइरल भएको दृश्यभन्दा पनि उम्मेदवारको नीति, सोच र इमानदारी महत्त्वपूर्ण हुन्छ । मत केवल अधिकार मात्र होइन, भविष्य निर्धारण गर्ने जिम्मेवारी पनि हो ।
फागुन २१ गतेको मतदान केवल प्रतिनिधि चयन गर्ने दिन होइन यो देशको दिशा तय गर्ने अवसर हो । नेताहरूलाई राजधानीमा बस्न पठाउने होइन, जनताको सेवा गर्न पठाउने हो भन्ने कुरा मतदाताले मनन गर्नुपर्छ । यदि हामीले सोचेर, विश्लेषण गरेर र दीर्घकालीन हित हेरेर मत दियौँ भने परिवर्तन सम्भव छ । अन्यथा चुनाव फेरि आउनेछ, तर समस्या उस्तै रहिरहनेछ ।
देश बदल्ने शक्ति जनताकै हातमा छ । भोट माग्ने शैलीभन्दा काम गर्ने नेतृत्व रोज्ने साहस मतदाताले देखाउन सके, मात्र लोकतन्त्रको वास्तविक अर्थ स्थापित हुनेछ । यस चुनावमा नारा होइन, नीतिमा आधारित नेतृत्व चयन गरौँ ताकि भोलिको नेपाल आशा, अवसर र समानताको मार्गमा अघि बढ्न सकोस् ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.