×

रौतहटका शिवालयहरुमा महाशिवरात्रिको उल्लास

खालीपाना न्युजडेस्क | ७ महिना अगाडि

रौतहट । आराध्यदेव भगवान शिवको विशेष उपासना गरिने महाशिवरात्रि पर्व आज देशैभर अत्यन्तै श्रद्धा र हर्षोल्लासका साथ मनाइँदैछ । यसैबिच, रौतहट जिल्लाका प्रमुख शिवालयहरूमा पनि एकाबिहानैदेखि भक्तजनहरूको ठूलो भिड लागेको छ ।

श्रद्धालुहरूले भगवान शिवलाई प्रिय लाग्ने बेलपत्र, धतुरोको फूल, गाईको दूध र जल अर्पण गरी पूजाआराधना गरिरहेका छन् । जिल्लाका विभिन्न मन्दिरहरूमा पुग्ने दर्शनार्थीहरूमा पुरुषको तुलनामा महिला भक्तजनहरूको सहभागिता उल्लेखनीय रूपमा देखिएको छ । विवाहित महिलाहरूले श्रीमानको दीर्घायु र अविवाहित युवतीहरूले सुयोग्य वरको कामना गर्दै व्रत बसी पूजापाठ गर्ने परम्पराका कारण मन्दिरहरूमा महिलाहरूको लामो लाम देखिएको हो ।

रौतहटको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेका शिवनगर, चन्द्रनिगाहपुर, महादेवपटी, पिपरा, सरुअठा, मौलापुर, नुनथर र सदरमुकाम गौर स्थित शिवमन्दिरहरूमा बिहान पाँच बजेदेखि नै जलाभिषेक गर्नेहरूको घुइँचो लागेको छ । विशेषगरी चन्द्रपुर नगरपालिकाको पर्यटकीय क्षेत्र नुनथरस्थित बागमती नदी किनारको मन्दिर र शिवनगरको महादेव मन्दिरमा भिड छ ।

गरुडा नगरपालिका स्थित शिवनगर मन्दिरमा महाशिवरात्रिको अवसरमा एक विशिष्ट परम्परा देख्न सकिन्छ । स्थानीय करण मिश्रका अनुसार, यहाँ भक्तजनहरूले काँधमा भन्टाको भार बोकेर चढाउने गर्छन् । शरीरमा आउने मुसा र विभिन्न छाला सम्बन्धी रोगहरू निको हुने जनविश्वासका साथ यहाँ भन्टा चढाउने गरिन्छ ।

त्यस्तै, मनोकाङ्क्षा पूरा भएको खुसीयालीमा वा भाकल पूरा गर्नका लागि परालले बाँधेको धानको मटका (मौर) चढाउने भक्तजनको संख्या पनि उतिकै छ । यो मौलिक परम्परा अवलोकन गर्न र पूजा गर्न रौतहट मात्र नभई छिमेकी जिल्ला सर्लाही, बारा र सीमावर्ती भारतीय सहरहरूबाट समेत हजारौँ श्रद्धालुहरू शिवनगर आइपुगेका छन् ।

महाशिवरात्रिकै अवसरमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले विश्वशान्ति र राष्ट्रिय सद्भावको कामना गर्दै प्रभातफेरी तथा पदयात्राको आयोजना गरेको छ । जिल्लाका विभिन्न स्थानमा भजन–कीर्तन, दीप प्रज्वलन, र प्रसाद (हलुवा, फलफूल) वितरण भइरहेको छ । धेरै ठाउँमा आजको दिनलाई ’शिवजीको विवाह’ को रूपमा मनाउँदै राति शिवलिङ्गको विशेष श्रृङ्गार र पूजा गरिने कार्यक्रम छ ।

भक्तजनको अत्यधिक चापलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय रौतहट र ट्राफिक प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । शिवनगर र नुनथर जस्ता स्थानमा सवारी साधन व्यवस्थापन र सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । शिवनगर मन्दिर परिसरमा आजैदेखि मेला समेत लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.