काठमाडौं । समयसँगै समाज बदलिन्छ, र समाजसँगै संस्कार, परम्परा र पर्वहरू पनि नयाँ अर्थ लिएर स्थापित हुन्छन् । एक समय विदेशी संस्कृतिको प्रभाव मानिएको भ्यालेन्टाइन डे अहिले विश्वभरका युवायुवती मात्र होइन, सबै उमेर समूहका मानिसहरूका लागि प्रेम र सम्बन्धको उत्सव जस्तै बनेको छ । नेपालमा पनि पछिल्लो समय यो दिन जोडीहरूका लागि विशेष अवसर बनेको छ । उपहार साट्ने, समय बिताउने र सामाजिक सञ्जालमा प्रेम अभिव्यक्त गर्ने दिनका रूपमा ।
तर प्रेम केवल एक दिनमा सीमित हुँदैन । प्रेम त त्यो अनुभूति हो, जुन हरेक दिन, हरेक पलमा साथ रहने विश्वास र भरोसामा बाँच्दछ । एक दिन फूल, कार्ड र तस्वीरमा देखिने प्रेम भन्दा जीवनभर साथ दिने, दुःख–सुखमा अडिने सम्बन्ध नै साँचो प्रेम हो ।
भ्यालेन्टाइन डे मनाउनु गलत होइन, तर यसलाई देखावट र प्रतिस्पर्धाको पर्व बनाउनु भने प्रेमको मूल भावनाबाट टाढा जानु हो । महँगा उपहारले मात्र प्रेमको मूल्य मापन हुँदैन । बरु सानो ध्यान, समय, सम्मान र विश्वासले सम्बन्धलाई बलियो बनाउँछ ।
आजको दिनले यदि हामीलाई सम्बन्धको मूल्य सम्झाउने, एकअर्काप्रति कृतज्ञ हुन सिकाउने र मनका कुरा खुलेर भन्न प्रेरित गर्ने हो भने यसको महत्व अझ बढ्छ । प्रेम भनेको केवल रमाइलो क्षणमा साथ हुनु होइन ; कठिन समयमा पनि हात नछोड्ने भरोसा हो ।
समाजमा सकारात्मक सन्देश फैलाउने हो भने भ्यालेन्टाइन डेलाई भौतिक उपहारको पर्वभन्दा भावनात्मक सम्बन्धको पर्व बनाउनुपर्छ । परिवार, मित्र, जीवनसाथी वा प्रियजन सबैसँग स्नेह र सम्मान बाँड्ने दिनका रूपमा यसलाई लिन सकिन्छ ।
अन्तत ः प्रेम त्यो हो, जसले जीवनलाई सजाउँछ, सम्बन्धलाई बलियो बनाउँछ र मनलाई शान्ति दिन्छ । त्यसैले आजको दिन मात्र होइन, हरेक दिन प्रेमको दिन बनोस जहाँ साथ, विश्वास र सद्भाव नै सबैभन्दा ठूलो उपहार हो । प्रणय दिवसको शुभकामना ।।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.