×

चुनावी दौडमा रहेकी सपनाको भावुक प्रश्न : आखिर किन तोडियो उहाँको सालिक ?

खालीपाना न्युजडेस्क | ५ महिना अगाडि

तरकारी पसलेले बोरामा बेरेर जोगाएका थिए नवीन्द्रराजको सालिक
काठमाडौं । ०७९ साल चैत १३ गते राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं ढोकाटोलमा रहेको दिवंगत पूर्वमन्त्री नवीन्द्रराज जोशीको प्रतिमा अनावरण गर्दै जोशीको योगदानको स्मरण गरेका थिए ।
जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरूका सुख दुःख बुझ्ने नेताका रुपमा चित्रण गरेका थिए । सोही समारोहमा जोशीको धर्मपत्नी सपना राजभण्डारी भावुक चेहेरामा सहभागि थिइन् ।
त्यसक्रममा सपनाले भनेकी थिइन,‘कसैको जीवनलाई समाजमा जीवन्त राख्न प्रतिमा स्थापना गर्नु राम्रो हो । उहाँले लिनुभएको राजनीतिक लक्ष्य पूरा गर्न तयार छु ।’
तर अनावरणको तीन बर्ष पूरा हुन नपाउँदै गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनमा सालिक तोडियो । आन्दोलनकारीहरुले सालिक फोडे । तर एकजना तरकारी पसलेले फालिएको सालिक बोराले बेरेर लुकाइदिएछन् ।
‘उहाँ सबैको प्रिय हुनुहुन्थ्यो, जनताका लागि धेरै काम गर्नुभएको थियो । सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा सँधै उभिनुभयो । तरपनि सालिक तोडियो, हाम्रो घरमा तोडफोड गरियो । किनहोला ?’ सपनाले भावुक हुँदै भनिन्,‘आज हाम्रो सडकमा गुड्ने सफा टेम्पो उहाँकै पालामा आएको हो, टुँडिखेल उहाँले नै खाली गराउनुभयो । औषधी उद्योगलाई प्रोत्साहित गर्न धेरै काम गर्नुभयो । राम्रो काम गरेर जनताको मनमा बस्नुभएको थियो । सार्है सहज हुनुहुन्थ्यो । राम्रो छवि बनाउनुभएको थियो तरपनि आक्रमण गरियो नि ।’
तरकारी पसलेले बोराले बेरेर राखिएको सालिक घरमा ल्याएर राखेको बताएकी सपनाले नवीन्द्रराजको स्मृतिमा पुनः सालिक स्थापना गरिने बताइन् । चाक्सीबारीस्थित गणेशमान सिंह निवास, कुसुनजीको आश्रम र विराटनगरस्थित कोइराला निवासमा आगजनी भएकोप्रति पनि उनले दुःख व्यक्त गरिन् ।
वि.स २०१९ पुस २२ गते काठमाडौँमा जन्मिएका जोशीको विस २०७७ चैत १३ गते निधन भएको थियो । संविधानसभा सदस्य, उद्योगमन्त्री, काठमाडौँ महानगरपालिकाका उपप्रमुख, गणेशमान सिंह अध्ययन प्रतिष्ठानका संस्थापक अध्यक्षलगायत विभिन्न सामाजिक संस्थामा सक्रिय रहेका उनी स्वच्छ छवीका नेताका रुपमा चिनिएका थिए ।
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ बाट प्रत्यक्षतर्फ उम्मेद्वार रहेकी सपनाले नवीन्द्रको इमान्दारीता, निष्ठा र सपनालाई साकार पार्न आफू सक्रिय रहेको प्रतिक्रिया समेत दिइन् ।
युवा र उद्यमशीलताको क्षेत्रमा, काठमाडौंको दिगो विकास र विश्व सम्पदाहरूको संरक्षणमा जोड दिएकी उनले निष्ठाको राजनीतिबाट पनि स्थापित हुन सकिन्छ भन्ने नवीन्द्रको दृष्टिकोणलाई अपुरो रहन नदिने संकल्प समेत गरेकी छिन् । प्रत्यक्ष चुनावी अभियानमा रहेकी उनले आफूलाई मतदाताले जिताउने अपेक्षा राखेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.