×

वीरगञ्जमा अवैध गोदाममा छापा मार्दा आक्रमण : तीन सशस्त्र प्रहरी घाइते, गाडीमा क्षति

खालीपाना न्युजडेस्क | ५ महिना अगाडि

रौतहट । पर्साको वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरमा अवैध रूपमा सञ्चालन गरिएको एक गोदाममा छापा मार्ने क्रममा तस्कर समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । आक्रमणकारीको ढुंगामुढाबाट सशस्त्र प्रहरीका दुईवटा सवारी साधनमा समेत क्षति पुगेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मोहन केसीका अनुसार स्थानीय मदन प्रसाद गुप्ताको घरमा अवैध रूपमा कपडा भण्डारण गरिएको सूचनाका आधारमा सोमबार छापा मारिएको थियो ।
सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले उक्त स्थानबाट करिब ५ लाख रुपैयाँ बराबरको ५ पोका कपडा बरामद गरेको छ ।

सामान बरामद गरेर लैजाने क्रममा आक्रोशित तस्करको समूहले सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गरेका थिए । सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार आक्रमणबाट सशस्त्र प्रहरीको एउटा वानटन र एउटा स्कार्पियो गाडीको सिसा फुटेको छ । झडपमा परी ३ जना सशस्त्र प्रहरी सामान्य घाइते भएका छन् ।

घाइते सुरक्षाकर्मीहरूको अवस्था सामान्य रहेको र उनीहरूको उपचार भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएको कपडा आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयको जिम्मा लगाइएको छ ।

घटनापछि सम्भावित तनावलाई मध्यनजर गर्दै आदर्शनगर क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ भने आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान र खोजी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.