काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मत बदर हुने जोखिम न्यूनिकरण र मतदातालाई सचेत बनाउने लक्ष्यसहित निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमलाई स्थानीय तहसम्म विस्तार गरेको छ ।
डिजिटल माध्यमबाट सञ्चालन हुँदै आएको मतदाता शिक्षालाई अब वडास्तरसम्म पु¥याउने उद्देश्यले आयोगले माघ १९ गतेदेखि विशेष कार्यक्रम कार्यान्वयनमा ल्याएको हो। यस कार्यक्रमअन्तर्गत प्रत्येक स्थानीय तहका सबै वडामा एक–एक जना स्वयंसेवक परिचालन गरिनेछ ।
आयोगका अनुसार मतदातालाई मतदान प्रक्रिया, सही मतसङ्केत प्रयोग र मिथ्या सूचना पहिचान गर्न सक्षम बनाउने उद्देश्यले शिक्षा कार्यक्रमलाई प्राथमिकतामा राखिएको हो। यसले मत बदर हुने अवस्था घटाउने र मताधिकारको सही उपयोगमा सहयोग पुग्ने विश्वास आयोगले लिएको छ ।
स्वयंसेवक छनोटका लागि स्थानीयस्तरमा कार्यरत बाल विकास सहजकर्ता, मातृशिशु कार्यकर्ता, स्वास्थ्य स्वयंसेविका तथा सामुदायिक अध्ययन केन्द्रका परिचालकमध्येबाट सम्बन्धित निर्वाचन कार्यालयमार्फत प्रक्रिया अघि बढाइनेछ ।
यस्तै, मतदाता शिक्षा सामग्रीको प्रभावकारी उत्पादन तथा प्रसारणका लागि आयोगले सरकारी स्वामित्वका सञ्चारमाध्यम र नियामक निकायसँग सहकार्य विस्तार गरेको छ । राष्ट्रिय समाचार समिति (रासस), सार्वजनिक सेवा प्रसारण नेपाल, गोरखापत्र संस्थान, विज्ञापन बोर्ड तथा प्रेस काउन्सिल नेपालसँग यसअघि नै सम्झौता भइसकेको आयोगले जनाएको छ ।
आयोगले प्रभावकारी मतदाता शिक्षामार्फत स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ ।
प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते हुने तय भएको छ। निर्वाचनमा प्रत्यक्ष प्रणालीबाट १६५ र समानुपातिक प्रणालीबाट ११० गरी कुल २७५ सदस्य निर्वाचित हुने व्यवस्था छ ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.