काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति गगन थापाले घटनाको जिम्मेवारी लिनु पर्छ भनेर भदौ २३ र २४ गतेको घटनालाई अस्वीकार गर्ने प्रवृत्ति देखा परेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस काठमाडौं– ५ को सदस्य भेला कार्यक्रममा उनले जिम्मेवारी लिने आँट नभएको भदौ २३, २४ को घटनालाई षडयन्त्र चलखेल भन्ने र अस्वीकार गर्ने प्रवृत्ति देखा परेको बताए ।
यसका साथै, उनले आन्दोलनमा बलेको आगोमा तेल हालेर, भड्काउने, उचाल्ने र त्यसबाट लाभ लिने, प्रवृत्ति पनि आएको भन्दै नेपाली काङ्ग्रेसमा यस्तो प्रवृत्ति नरहेको दाबी गरे ।
उनले भने, ‘भदौ २३ र २४ गतेको घटनालाई अस्वीकार गर्ने प्रवृत्ति देखा परेको छ । भदौ २३, २४ मा केही भएकै होइन भन्ने मानसिकताको विकास गरिएको छ । किनभने त्यो सत्य भएको कुरा स्वीकार गरियो भने जिम्मेवारी लिनुपर्छ । जिम्मेवारी लिन आँट चाहिन्छ, त्यसैले त्यो होइन, त्यो षडयन्त्र हो, त्यसमा चलखेल छ, अरु कसैले गराइ दिएको हो भन्ने प्रवृत्ति छ । त्यस्तै अर्को प्रवृत्ति पनि आएको छ झन् घातक । त्यो भनेको आन्दोलनमा बलेको आगोमा तेल हालेर त्यसमा जे जे सेक्न सकिन्छ सेक्ने र फाइदा लिइहाल्ने भन्ने छ । त्यसलाई भड्काउने, उचाल्ने र त्यसबाट लाभ लिने, त्यो लाभ पनि आफ्नो लागि मात्र भएको हो भन्ने प्रवृत्ति अगाडि आएको छ । तर नेपाली काङ्ग्रेसभित्र यस्तो प्रवृत्ति छैन् ।’
उनले भदौ २३ र २४ को घटनापछि सरकार, संसद, थुप्रै जीवन र भवनहरु गएको कारण आजको अवस्था सिर्जना भएको पनि बताए ।
उनले भने, ‘फागुन २१ गतेको निर्वाचन आउन अब केही दिन मात्र बाँकी छ । निर्वाचन तपाई हामीले खोजेर ल्याएको निर्वाचन होइन्, यसले हामीलाई खोज्दै आएको हो । हामी त ०८४ साल मंसिरको निर्वाचन हुन्छ भनेर बसेका थियौं । कसैले पनि कल्पना नगरेको दुई वटा घटनाहरु भए । त्यसले धेरै कुरा तलमाथि गरेको छ । सरकार र संसद गयो थुप्रै जीवनहरु गए, भवनहरु गए । यसले हामी सबैलाई एउटा नयाँ ठाँउमा ल्याएको छ ।’
नयाँ सोचका साथ, आएको बदलिएको नेपाली काङ्ग्रेसले केही प्रतिबद्धताहरु लिएर आएको भन्दै त्यसमा सम्झौता गर्न परे सरकार पनि नचाहिएको पनि उनको भनाई छ ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.