बाजुरा । प्रेस चौतारी नेपाल बाजुरा शाखाले स्थापना गरेको विनोद विक स्मृति पत्रकारीता पुरस्कारबाट दुई जना पत्रकार सम्मानित भएका छन् ।
सम्मानित हुनेमा पत्रकार प्रकाश सिंह र सन्तोषी रावल रहेका छन् । प्रेस चौतारी नेपाल जिल्ला समिति बाजुराले हरेक वर्ष प्रदान गर्दै आएको विनोद विक स्मृति पत्रकारिता पुरस्कार यो बर्ष पत्रकार सिंह र रावललाई प्रदान गरिएको प्रेश चौतारी नेपाल बाजुराका सचिव सुशील रोकायाले जानकारी दिए ।
२८ औं स्थापना दिवसको अवसर पारेर उनीहरुलाई सम्मानित गरिएको सचिव रोकायाको भनाई छ । विहिवार बडीमालिका नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मानित गरिएको हो।नगद ५ हजार ५ सय ५५ सहित उनीहरुलाई सम्मानित गरिएको छ ।
प्रेस चौतारी बाजुराले प्रत्येक वर्ष स्थापना दिवसको अवसरमा प्रेस चौतारीमा आवद्ध भई पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेर निरन्तर योगदान पुर्याउने १ महिला र एक पुरुष गरी २ जनालाई चौतारीको संस्थापक स्वर्गिय विनोद कुमार विकको स्मृतिमा पुरस्कार प्रदान गर्ने गरेको छ ।
अघिल्लो बर्ष वर्तमान अध्यक्ष लक्ष्मीराज पाध्याय र कमला चदारालाई पुरस्कार प्रदान गरिएको थियो। चौतारीको २८ औं स्थापना दिवसको अवसरमा प्रदान गरिएको पुरस्कार कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले बाजुराका सचिव काँसी विकले दोसल्ला सहित सम्मानित गरेका थिए ।
प्रेस चौतारी नेपालका संस्थापन सदस्य रहेका स्वर्गीय विनोद कुमार विकको कोभिड संक्रमणका कारण मृत्यु भएको थियो । बडीमालिका नगरपालिका ९ का पुर्व वडा अध्यक्ष समेत रहेका विकको सम्झनामा चार वर्षदेखि जिल्लामा चौतारीमा आबद्ध क्रियाशिल २ जना पत्रकारलाई पुरस्कार दिने गरिएको छ ।
सम्मानीत हुने पत्रकार सिंह समाजसेवी तथा बडीमालिका खवर, दि हिमालयन टाईम्स र अनलाइन खवरसंग आबद्ध छन् । त्यस्तै रावल गोरखापत्र अनलाइन संग आबद्ध रहेकी छन् । रावल जिल्ला बाहिर हुँदा कार्यक्रममा उपस्थिति भने हुन सक्नु भएको थिएन् ।
स्थापना दिवस कार्यक्रममा बोल्ने वक्ताहरूले श्रमजीवि पत्रकार ऐन कार्यान्वयनमा जोड दिएका थिए । श्रमजीवि पत्रकारको हक–अधिकारका लागि सबैले एकजुट भएर लाग्नुपर्नेमा उनीहरुको मत थियो । प्रेश चौतारी नेपाल बाजुराका अध्यक्ष लक्ष्मीराज पाध्यायको अध्यक्षतामा सञ्चालन गरिएको स्थापना दिवस कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी बाजुराका सचिव काँसी विक प्रमुख अतिथि रहेका थिए ।
त्यस्तै कार्यक्रम बडीमालिका नगरपालिका वडा.नम्बर ७ का वडाअध्यक्ष तथा नगर प्रवक्ता धर्मराज पाध्याय,बडीमालिका ८ का अध्यक्ष चन्द्र बहादुर थापा, ६ का अध्यक्ष कृष्ण खड्का, प्रेश चौतारी नेपाल बाजुराका ईन्चार्ज तथा एमाले बाजुराका जिल्ला कमिटी सदस्य राजीव रोकाया,नेपाल पत्रकार महासंघ बाजुराका उपाध्यक्ष रमित विक, नेपाल प्रेश युनियन बाजुराका सचिव राम बहादुर विक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्रेश चौतारी नेपाल बाजुराका सचिव सुशील रोकायाले गरेका थिए ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.