ललितपुर । ललितपुरको पाटनस्थित ऐतिहासिक कृष्ण मन्दिर परिसर विहानैदेखि मानिसहरूको भीडले भरिन्थ्यो । यहाँ आउने आन्तरिक र बाह्य पर्यटकहरुको बाक्लो भिडले यहाँको व्यापार व्यवसायलाई सधैं चलायमान बनाइराख्थ्यो ।
परम्परागत हस्कलाका सामाग्री, नेवारीकला कौशल, पूजा सामग्रीदेखि विभिन्न किसीमका व्यापार यहाँ हुने गर्दछन् । आन्तरिक देखि बाह्य पर्यटकहरुले हस्तकलाका सामाग्रीहरु खरिद गर्ने भएकाले स्थानियकलालाई प्रोत्साहन मिलको छ ।
तर पछिलो समय यहाँ आउने पर्यटकहरुको संङ्ख्या तुलनात्मक रुपमा कम भएको महशुस गरेको स्थानियहरु बताउँछन् । यहाँको व्यापार मानिसहरूले मात्र होइन, उड्ने परेवालाले पनि गरिरहेको देखिन्थ्यो । धर्म कमाउने उद्देश्यले मानिसहरू परेवालाई चारो खुवाउन आउँथे, जसले मकै र गेडागुडिको व्यापारलाई थप चलायमान बनाउँथ्यो र स–साना व्यापारीलाई समेत त्यसले धेरै हद सम्म राहत प्रादान गरेको थियो ।
चिसो मौसममा समेत महिलाहरू भुइँमै बसेर मकै बेचिरहेका दृश्य यहाँ सामान्य थिए । विहान उज्यालो नहुँदै र साँझ ढल्किँदै गर्दा, दिनमा अन्य काम गर्ने व्यापारीहरू कृष्ण मन्दिर परिसरलाई आफ्नो व्यापार थलो बनाउँथे । तर पछिल्ला दिनहरूमा यहाँको चहलपहल उल्लेख्य रूपमा घटेको छ ।
व्यापारीहरू नियमित रूपमा बसे पनि किन्ने मानिसहरूको संख्या कम हुँदै गएको उनीहरूको गुनासो छ । फूल, गुच्छा, माला, धूपबत्ती तथा पूजा सामग्री बेच्दै आएका राजु चित्रकार भन्छन,“अहिले व्यापार लगभग ठप्प छ । विहान–साँझ फूल बेचेर चिया खान पुग्ने मात्रै आम्दानी हुन्छ । अलि राम्रो व्यापार होला भन्ने आशामा आउँछु, तर सोचेजस्तो हुँदैन । अन्ततः निरास भएर फर्किनु पर्छ ।”
चित्रकारका अनुसार पाटन कृष्ण मन्दिरमा पहिले जस्तो चहलपहल अब देखिँदैन । “युवा तथा किशोर उमेर समुहका मानिसहरूले नेपालमा भविष्य नदेखेर विदेश गइसके,” उनी भन्छन् । यही मन्दिर परिसरमा तीन पुस्तादेखि फूल बेच्दै आएको आफ्नो परिवारले अहिले दिन कटाउन मात्रै गाह्रो भइरहेको अनुभव गरेको उनी सुनाउँछन् ।
भावुक हुँदै चित्रकारले भने, “नेपालमा केही गरेर खाने व्यवस्था नहुँदा सबै विदेश गएका छन् । मलाई पनि विदेश जान मन लाग्छ, तर जानका लागि खर्च छैन ।” आफू ललितपुर क्षेत्र नम्बर २ को मतदाता भएको उल्लेख गर्दै उनले नेताहरू भोट माग्न आउँदा आश्वासन दिएर जाने तर जितेपछि फर्केर नहेर्ने गुनासो गरे । “युवाहरूलाई विदेश जानु बाहेक अर्को विकल्प छैन,” भन्दै उनले दुखेसो पोखे ।
वास्तवमा नेपाली जनतालाई नेपालमै टिकाइराख्ने वातावरण कमजोर बन्दै गएको देखिन्छ । नेताहरूका मिठा भाषणले चुनावमा भोट त ल्याउँछन्, तर युवाहरू र बेरोजगारलाई देशमै अवसर दिने ठोस नीति र माध्यमको अभाव कायमै छ । यसको प्रत्यक्ष असर पाटन कृष्ण मन्दिरजस्ता परम्परागत व्यापारिक थलो र त्यहाँ निर्भर स्थानीय व्यापारीहरूमा स्पष्ट रूपमा देखिन थालेको छ ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.