बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका–१ मा रहेको कोल्टी आधारभूत अस्पतालमा हाल नियमित रूपमा सिजेरियन शल्यक्रिया (सी–सेक्शन) हुँदै आएको छ । दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी प्रदान गरिएको यो सेवा प्रभावकारी बन्दै गएको अस्पतालले जनाएको छ ।
दुर्गम क्षेत्रका गर्भवती महिलालाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको कोल्टी अस्पतालमा नियमित सिजेरियन शल्यक्रिया सफलतापूर्वक हुन थालेपछि यहाँका आमाहरूले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता हट्दै गएको छ ।
पहिले सामान्य उपचारसमेत सहज रूपमा नहुने यस अस्पतालमा अहिले भने गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रवाह हुँदै आएको छ । अस्पताल दुर्गम क्षेत्रका नागरिकको सेवामा निरन्तर कटिबद्ध रहेको अस्पतालका सूचना अधिकारी प्रेम नेपालीले बताए ।
उनका अनुसार हाल अस्पतालमा नियमित सिजेरियन शल्यक्रियासहित विभिन्न सेवा–सुविधा सहज र प्रभावकारी ढङ्गले प्रदान गरिँदै आएको छ ।
‘कोल्टी अस्पताल दुर्गम क्षेत्रका नागरिकका लागि भगवानजस्तै बनेको छ,’ उनले भने, ‘जटिल समस्याको समाधान हुँदै आएको छ। नियमित सिजेरियन शल्यक्रियाले दुर्गम क्षेत्रका आमाहरूको ज्यान सुरक्षित भइरहेको छ।’
अस्पतालमा जटिल अवस्थाका गर्भवती महिलाको समयमै सुरक्षित शल्यक्रिया हुन थालेपछि धेरै आमाहरूको ज्यान जोगिएको छ । मंगलबार मात्रै जटिल अवस्थाकी एक गर्भवती महिलाको सिजेरियन शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको अस्पतालले जनाएको छ ।
समयमै गरिएको शल्यक्रियाका कारण सम्भावित जटिलता टरेको र आमा तथा शिशुको ज्यान सुरक्षित भएको अस्पतालका प्रमुख चिकित्सक डा. रञ्जित कुमार शाहले बताए । उनका अनुसार दुर्गम भौगोलिक अवस्था, सीमित स्रोत–साधन र चुनौतीपूर्ण परिस्थितिका बाबजुद नियमित रूपमा सफल शल्यक्रिया हुनु गौरवको विषय हो।
कोल्टी अस्पतालले बाजुराका चार स्थानीय तहसँगै छिमेकी जिल्ला हुम्ला, मुगु र कालिकोटका गरी १७ भन्दा बढी पालिकाका नागरिकलाई जटिलदेखि सामान्यसम्मका स्वास्थ्य सेवा सहज र गुणस्तरीय रूपमा प्रदान गर्दै आएको जनाएको छ ।
मंगलबार डा.शाहको नेतृत्वमा शल्यक्रिया गरिएकी महिला र शिशुको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिएको छ।
एकपछि अर्को गर्दै नियमित रूपमा सफल शल्यक्रिया हुनुलाई खुसीको विषयका रूपमा लिइएको छ ।
यसले अनावश्यक रेफरल घटाउनुका साथै बिरामी र परिवारको आर्थिक बोझ तथा समयको जोखिम कम गर्न सहयोग पु¥याउँदै आएको छ । जिम्मेवारी र इमान्दारीपूर्वक सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरूको योगदान प्रशंसनीय रहेको स्थानीयले बताएका छन् ।
यस्ता सफल शल्यक्रियाले सेवाग्राहीमा विश्वास बढाउनुका साथै स्थानीय अस्पतालप्रतिको भरोसा थप मजबुत बनेको छ । हाल कोल्टी अस्पतालमा सिजेरियन शल्यक्रियासँगै दन्त सेवा, आँखा उपचार, ब्लड क्रस–म्याच, एक्स–रे, भिडियो एक्स–रे, ल्याब सेवा, स्मार्ट हेल्थमार्फत टेलिहेल्थ सेवा तथा एआरटी सेवा उपलब्ध छन् ।
पहिले सामान्य उपचारका लागि धनगढी वा नेपालगञ्ज जानुपर्ने बाध्यता रहेकामा अहिले अस्पतालमै गुणस्तरीय उपचार सम्भव भएको स्थानीयको भनाइ छ ।
‘उत्कृष्ट स्वास्थ्य संस्था’ विधामा पुरस्कृत भइसकेको कोल्टी अस्पताल अहिले पनि भौतिक संरचना र दरबन्दी अभावको समस्यासँग जुधिरहेको छ । उचित भौतिक पूर्वाधार र दक्ष जनशक्ति थप गरिए कोल्टी अस्पतालले अझ ठूलो फड्को मार्ने विश्वास लिइएको छ ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.