×

सडकबाट उठेको आवाज सिंहदरबारले नसुनेपछि संसद रोजें : जन्मदेव जैसी भक्तपुर–२ का श्रमिक, किसान र मजदुरका समस्या नजिकबाट बुझेको छु : श्रमजीवी पत्रकारबाट अब संसदसम्मको यात्रा गर्दै जन्मदेव जैसी

खालीपाना न्युजडेस्क | ५ महिना अगाडि

 

काठमाडौं । लामो समयदेखि श्रमजीवी पत्रकारको हक–अधिकार, पेशागत सुरक्षा र श्रम शोषणविरुद्ध आवाज उठाउँदै आएका पत्रकार तथा श्रम अभियन्ता जन्मदेव जैसी प्रत्यक्ष राजनीतिमा होमिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनले भक्तपुर क्षेत्र नं. २ बाट प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को तर्फबाट उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी दर्तापछि उनी यतिबेला मतदातामाझ घरदैलो अभियानमा व्यस्त छन् । पत्रकारिता र श्रम आन्दोलनबाट संसदीय राजनीतिमा प्रवेश गर्नुको कारणबारे नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा जैसीले कानुन निर्माणको थलोमै पुगेर आवाज उठाउनु आवश्यक भएको बताए ।

‘पत्रकारिता क्षेत्रमा रहँदा अनियमितता, अराजकता र श्रम शोषणविरुद्ध निरन्तर आवाज उठाएँ,’ उनले भने, ‘तर सडकबाट उठेको आवाज सिंहदरबारले नसुनेपछि अब संसदभित्रै गएर ती विषयलाई बुलन्द बनाउने निर्णयमा पुगेँ ।’

उनका अनुसार पत्रकारको पेशागत सुरक्षा, आत्मनिर्भरता र मर्यादा कायम गर्न विद्यमान कानुनहरू अपूर्ण छन् । त्यसका लागि नीतिगत सुधार आवश्यक भएकाले आफू नीति निर्माण गर्ने थलोमै जान चाहेको उनको भनाइ छ ।

स्थायी घर कालिकोट भए पनि विगत लामो समयदेखि भक्तपुरको बोडे क्षेत्र (काठमाडौं–भक्तपुर सीमाक्षेत्र) मा बसोबास गर्दै आएका जैसीले सोही क्षेत्रलाई आफ्नो राजनीतिक कर्मभूमि रोजेका हुन् । ‘मेरो परिवारको बसोबास, व्यवसाय र बालबालिकाको शिक्षा सबै यही क्षेत्रमा जोडिएको छ,’ उनले भने, ‘यहाँका श्रमिक, किसान र मजदुरका समस्या मैले नजिकबाट देखेको छु ।’

भक्तपुरलाई पर्यटकीय सम्भावनायुक्त जिल्ला भन्दै उनले पर्यटन प्रवद्र्धनसँगै स्थानीय जनताको आधारभूत आवश्यकताको समाधान आफ्नो प्राथमिकता रहने बताए ।
पत्रकारका रूपमा राजनीति नजिकबाट अध्ययन गर्ने अवसर पाएको उल्लेख गर्दै उनले अब त्यो अनुभवलाई व्यवहारमा लागू गर्ने जिम्मेवारी आफूले लिएको बताए । ‘यो पेशामा हुँदा राजनीतिलाई नजिकबाट अध्ययन गर्ने हेर्ने बुझ्ने अवसर मिल्थ्यो भने अब त्यो बुझेको राजनीतिलाई जीवन व्यवहारमा लागु गर्ने कुरा नेपाली राजनीति संस्कारमा लागू गर्ने कुरा त्यो मेरो आफ्नो जिम्मेवारी हो भन्ने ठानेर म यसमा लागेको छु । संसदीय प्रणाली असाध्यै परम्परागत भयो,’ उनले भने, ‘यो प्रणालीले आजको पुस्ता र जनताको आवश्यकता पूरा गर्न सकेको छैन ।’

उनले पछिल्लो ‘जेनजी आन्दोलन’ लाई परम्परागत राजनीतिक संस्कारविरुद्धको विद्रोहको रूपमा व्याख्या गर्दै युगसापेक्ष राजनीतिक सोच, सूचना क्रान्ति र मानवीय चेतनाको विकासलाई समेट्ने नयाँ राजनीतिक संस्कार आवश्यक रहेको बताए ।

उनले भने, ‘अब समयको मागसंगै युग सापेक्ष राजनीति गर्ने तरिका सोच र चिन्तनमा पनि विकास हुन जरुरी छ । अब परम्परागत राजनीतिक सोचले चल्दैन भन्ने कुरा पछिल्लो जेनजी विद्रोहले पनि पुष्टि गर्यो किनभने विगतको शैलीले अब जनताका आधारभूत आवश्यकता पूर्ति गर्न सकिँदैन ।’

अन्य दलहरूसँगको भिन्नताबारे बोल्दै जैसीले प्रलोपा परम्परागत राजनीतिक संरचनाको विकल्पमा नयाँ राज्य संरचना र शासकीय मोडेलको पक्षमा रहेको बताए । ‘प्रलोपा परम्परागत राजनीतिक संरचनाको विकल्पमा नयाँ राज्य संरचना र शासकीय मोडेलको पक्षमा छ । संघीय लोकतान्त्रिक गणतन्त्र भनिए पनि राज्य संयन्त्र अझै पञ्चायती ढर्रामै चलिरहेको छ,’ उनले भने, ‘यसलाई पुनर्संरचना गर्नैपर्छ ।’

उनका अनुसार पार्टीले संविधान संशोधन, निर्वाचन प्रणाली सुधार, राज्यका महत्वपूर्ण निकायको पुनर्संरचना, प्रत्यक्ष कार्यकारी प्रणाली, पूर्ण समानुपातिक प्रतिनिधित्व, ‘राइट टु रिजेक्ट’, ‘राइट टु रिकोल’ र ‘नो भोट’को व्यवस्था जस्ता एजेन्डा अघि सारेको छ ।

पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिनु हारको डर नभएको भन्दै उनले यसलाई नेतृत्व निर्माणको रणनीतिसँग जोडे । ‘उहाँ राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको साझा नेता हुनुहुन्छ,’ जैसीले भने, ‘नयाँ नेतृत्वलाई अघि बढाउन अभिभावकीय भूमिका खेल्ने निर्णय गरिएको हो ।’

यसैगरी उनले भट्टराई गोरखाको मात्र नेता नभइ राष्ट्रिय स्तरको नेता भएको बताए ।
उनले भने, ‘ उहाँले चुनावमा भाग नलिने पहिला पनि भन्नुभएकै थियो । त्यो भन्दा अगाडि पनि रेकर्ड हेर्नुभयो भने उहाँले पहिला पनि नलिने नै भन्नुभएको थियो । उहाँ गोरखाको मात्र नेता त होइन, उहाँ राष्ट्रिय स्तरको नेता हो । उहाँ त अन्तर्राष्ट्रिय स्तरको नेता हो । पूर्वप्रधानमन्त्री विचार दृष्टिकोण वा अध्ययनका हिसाबले उहाँ नेपालको बिरलै नेता भित्र पर्नुहुन्छ ।’

आगामी निर्वाचनमा जितको परिभाषा सिट संख्या मात्र नभएको उनले स्पष्ट पारे । ‘यो चुनाव किन आयो भन्ने प्रश्न आफैंमा महत्वपूर्ण छ,’ उनले भने, ‘जेनजी आन्दोलनले राज्य संरचना असफल भएको प्रमाणित गरिसकेको छ ।’

उनका अनुसार प्रलोपा यस निर्वाचनलाई जनतालाई नयाँ राज्य संरचनाबारे सचेत र प्रशिक्षित गर्ने माध्यमका रूपमा लिइरहेको छ । एजेन्डाको हिसाबले हामीले जितिसकेको उनले दाबी गरे ।

उनले भक्तपुर–२ का मतदातालाई विगतमा निर्वाचित जनप्रतिनिधिहरूको कार्यसम्पादन पुनरावलोकन गर्न आग्रह गरे । ‘गुण्डागर्दी, सिन्डिकेट र भोट बैंकको राजनीतिबाट आजित हुनुहुन्छ भने विकल्प रोज्नुस्,’ उनले भने, ‘विचार, सोच र एजेन्डाका आधारमा आफ्नो अमूल्य मतको सदुपयोग गर्नुस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.