जनकपुर । आज चमार समुदायले धुमधामका साथ संत रवि दास जयन्ती दिवस मनाइरहेका छन् । संत रवि दासको ६४९ औं जन्म जयन्तीको अवसरमा मधेश प्रदेश सरकारले आज प्रदेशभरि विदासमेत दिएको छ ।
संत रविदासको जन्म जयन्ती नेपाल र भारतमा बसोबास गर्ने चमारमात्र नभई अन्य दलित, अल्पसंख्यक समुदायहरुले पनि मनाउने गरेको चमार कल्याण समाजको मधेश प्रदेश अध्यक्ष सुरेन्द्र रवि दासले जानकारी दिए ।
उनका अनुसार आज नेपालको अन्य प्रदेशहरुमा बसोबास गर्ने चमार समुदायहरुले पनि विभिन्न कार्यक्रमहरु गरी संत रविदासको जन्म जयन्ती मनाइरहेका छन् ।
को हुन संत रवि दास ?
भारतीय भक्ति आन्दोलनका महान् सन्तहरूमध्ये संत रविदास एक अग्रणी व्यक्तित्व हुन् । उनी केवल आध्यात्मिक गुरु मात्र नभई जातीय विभेद, अस्पृश्यता र सामाजिक अन्यायको विरुद्ध आवाज उठाउने महान् समाज सुधारकका रुपमा चिनिन्छन् । उनका विचार, भक्ति र जीवन दर्शनले तत्कालीन समाज मात्र नभई आजको समाजलाई पनि समानता, मानवता र सहअस्तित्वको मार्ग देखाइरहेको छ ।
संत रविदासको जन्म तत्कालीन समाजमा ‘अस्पृश्य’ मानिने चमार (छाला काम गर्ने) समुदायमा भएको थियो । उनको परिवारको पेशा जुत्ता तथा छालासम्बन्धी काम थियो। सामाजिक रूपमा तल्लो दर्जामा राखिएको समुदायमा जन्मिए पनि रविदासले बाल्यकालदेखि नै आध्यात्मिक चेतना र मानव समानताप्रतिको गहिरो सोच विकास गरेका थिए ।
रविदासले आफ्नो जीवन भक्ति, साधना र समाज सुधारमा समर्पित गरेका थिए । उनी निर्गुण भक्ति परम्परा का अनुयायी थिए, जसमा ईश्वरलाई निराकार, निरगुण र सर्वव्यापी मानिन्छ । उनका अनुसार ईश्वर जात, धर्म, वर्ग र लिंगभन्दा माथि छन् र साँचो भक्ति मनको शुद्धताबाट सुरु हुन्छ ।
उनका भक्ति पदहरू ब्रज, अवधी जस्ता सरल भाषामा लेखिएका छन्, जसले गर्दा साधारण जनतासम्म उनको सन्देश सजिलै पुग्यो ।
रविदास कबिरका समकालीन थिए र दुवै सन्तले कर्मकाण्ड, बाह्य आडम्बर र जातीय अहंकारको कडा आलोचना गरेका छन् । संत रविदासको दर्शन मानव समानता र प्रेममा आधारित छ । उनको प्रसिद्ध उक्ति ‘मन चंगा त कठौती में गंगा’ ले मन शुद्ध भए कुनै बाह्य तीर्थ वा कर्मकाण्ड आवश्यक नपर्ने सन्देश दिन्छ ।
रविदासका थुप्रै भक्ति पद र भजनहरू आज पनि श्रद्धापूर्वक गाइन्छन् । उनका केही पदहरू सिख धर्मको पवित्र ग्रन्थ ‘श्री गुरु ग्रन्थ साहिब’ मा समावेश हुनु उनको आध्यात्मिक उचाइको प्रमाण हो । यसले रविदासलाई हिन्दू मात्र होइन, सिख परम्परामा पनि उच्च सम्मान दिलाएको छ ।
उनका विचारबाट प्रभावित भएर रविदास पन्थ को विकास भएको मानिन्छ, जसले आज पनि उनको शिक्षालाई निरन्तर अगाडि बढाइरहेको छ ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.