काठमाडौं । हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथाको समापन विधि पृथक छ । व्रत बस्ने प्रत्येक महिला वा पुरुषले महिनाभरी स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ ।
सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनका लागि विष्णुको सल्लाहानुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उनले लोककल्याणका निम्ति सो व्रतकथा प्रचारप्रसार गराई गरिब तथा दुःखीको उद्धार गरेको परम्परागत रूपमा यो कथा प्रचलित हुँदै आएको मानिन्छ ।
व्रत समाप्तिका दिन श्रीस्वस्थानीको पूजा गरी चढाइने एक सय आठ–एक सय आठ रोटी, पान, कुड्का सुपारीलगायत सामग्रीमध्ये आठ–आठ रोटी, सुपारी र पानलगायत सामग्री आफ्ना श्रीमानलाई, श्रीमान् नभए छोरालाई, छोरा पनि नभए मीत छोरालाई दिने र मीत छोरा पनि नभए आफ्नो इच्छा पूरा होस् भनी खोलामा लगेर बगाइदिने र बाँकी व्रतालु स्वयम्ले खाने प्रचलन छ । स्वस्थानी : स्थानकी देवी, आत्माको साधना ‘स्वस्थानी’ को शाब्दिक अर्थ आफू बसेको स्थानकी देवी भन्ने बुझिन्छ । अर्थात् आफ्नो स्थान, आफ्नो आत्मा र चेतनासँग सम्बन्धित देवीको पूजा नै स्वस्थानी पूजा हो ।
उत्तरायणपछिको समय ध्यान, योग र साधनाका लागि उपयुक्त मानिने भएकाले पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको अवधिलाई स्वस्थानी अर्थात् आत्मासँग सम्पर्क साधनाको उत्तम समय मानिन्छ ।
संस्कृति अध्येता तथा ज्योतिष तारा लोचन न्यौपानेका अनुसार माघ शुक्ल पक्ष १८ गते आइतबार पूर्णिमा व्रतका दिन श्रीस्वस्थानी परमेश्वरी जगदम्बा भगवती माताको विशेष पूजा गरिन्छ ।
‘यो परम्परा परापूर्वकालदेखि चल्दै आएको हो,’ न्यौपाने भन्छन्, ‘हिमालयकी छोरी पार्वतीले शिवजीलाई पति प्राप्त गर्न यही विधिबाट पूजा गर्नुभएको हो । उहाँले शिवजी प्राप्त गर्नुभयो र त्यही समयदेखि भक्तजनहरूले यो व्रत गर्दै आएका छन् ।’
अन्तिम दिन बिहान ब्रह्ममुहूर्तमा उठेर स्नान, बन्धन कर्म गरी नदी, कुवा वा पानीमा तिल मिसाएर स्नान गरिन्छ । त्यसपछि मध्यान्हकालमा सूर्य पूजा गरी आसन, पाद्य, अघ्र्य, पञ्चामृत, गन्ध, अक्षता अर्पण गरिन्छ । मध्यान्ह १२ बजे १०८ वा परम्पराअनुसार १००८ बेलपत्र, सुपारी, पान, बत्ती र सेलरोटी अर्पण गरिन्छ ।
‘पूजाको अन्त्यमा आफू अज्ञानी र असमर्थ भएको स्वीकार्दै ‘तमेव माता च पिता तमेव’ भन्ने भावनासहित सम्पूर्ण कर्म भगवानलाई समर्पण गरिन्छ,’ न्यौपाने बताउँछन् ।
नयाँ पुस्ताको सहभागिता
लामो समयसम्म वृद्ध महिलासँग मात्र जोडिएको जस्तो देखिएको श्रीस्वस्थानी तथा शालीनदीको माधवनारायण व्रतमा पछिल्लो समय किशोरी र युवा पुस्ताको उल्लेखनीय सहभागिता देखिन थालेको छ । शालीनदी क्षेत्रमा १६–२० वर्षका किशोरीहरू उत्साहपूर्वक व्रत बसिरहेको दृश्य अब सामान्य बन्दै गएको छ ।
‘आठ–नौं वर्ष अघि जाँदा वृद्ध आमाहरू बढी देखिन्थे,’ न्यौपाने सम्झन्छन्, ‘आज ती आमाहरूको सिको गर्दै नाता नातिनी पुस्ता व्रत बसिरहेको देख्दा धर्मको निरन्तरता स्पष्ट देखिन्छ ।’
समय बदलिए पनि नबदलिने सत्य
न्यौपानेका अनुसार धर्म केवल अतितको कुरा होइन, सत्यमा आधारित शाश्वत मूल्य हो । ‘हिजो सत्य थियो, आज सत्य छ र भोलि पनि सत्य रहनेछ’ उनी भन्छन्, ‘विधि र ढाँचा बदलिन सक्छ, तर धर्म र कर्मको मूल भाव कहिल्यै हराउँदैन ।’
आजको डिजिटल युगमा मोबाइल, इन्टरनेट र विभिन्न स्रोतमार्फत पौराणिक कथा, यसको अर्थ र पृष्ठभूमि बुझ्ने अवसर बढेको छ । उनका अनुसार, ‘पहिले कथा के भयो भन्ने मात्रै सुनिन्थ्यो, आजको पुस्ताले किन भयो, कसरी भयो र यसको अर्थ के हो भन्ने कुरा बुझ्न थालेको छ ।’
पौषको चिसो बिहानदेखि माघको उज्यालो पूर्णिमासम्म, श्रीस्वस्थानी व्रत नेपाली समाजलाई केवल भगवानसँग होइन, आफ्नो आत्मा, संस्कार र पुस्तागत पहिचानसँग पनि जोडिराख्ने जीवित परम्परा बनेर उभिएको छ ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.