×

एनआरएनए अमेरिका र युएस नेपाल टुडेको संयुक्त पहलमा महिला दिवस लक्षित संवाद कार्यक्रम हुँदै

खालीपाना न्युजडेस्क | ७ महिना अगाडि

 

कोलोराडो, अमेरिका । अन्तर्राष्ट्रिय महिला दिवस २०२६ को अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका र युएस नेपाल टुडे डटकमको संयुक्त आयोजनामा विशेष संवाद श्रृंखला कार्यक्रम सञ्चालन हुने भएको छ ।

महिलाको स्वास्थ्य, सुरक्षा, सामाजिक सञ्जालको प्रभाव तथा नयाँ पुस्ताका महिलासम्बन्धी सवाललाई केन्द्रमा राखेर संवाद कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

कार्यक्रमअन्तर्गत फेब्रुअरी १४ मा ‘महिला र स्वास्थ्य’, फेब्रुअरी २१ मा ‘एनआरएनए र दोस्रो पुस्ताका युवा महिला’, तथा फेब्रुअरी २८ मा ‘सामाजिक सञ्जाल र महिला सुरक्षा’ विषयमा संवाद सञ्चालन गरिनेछ । त्यसैगरी मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवसकै दिन ‘अमेरिकामा घरेलु हिंसा र पारपाचुके किन बढ्दै छ?’ विषयमा विशेष छलफल आयोजना गरिनेछ ।

सबै संवाद कार्यक्रमहरू बिहान ९ः३० बजे (न्युयोर्क समय) सुरु हुनेछन्। कार्यक्रम एनआरएनए एनसीसी अमेरिका र युएस नेपाल टुडे डटकमका आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष (लाइभ) प्रसारण गरिनेछ, जसबाट अमेरिका तथा विश्वभर रहेका नेपाली समुदायले सहभागिता जनाउन सक्नेछन्।

एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सत्येन्द्र शाहका अनुसार संवाद श्रृंखलाको उद्देश्य महिलासँग सम्बन्धित समसामयिक मुद्दामाथि गम्भीर छलफल गर्नु, चेतना अभिवृद्धि गर्नु तथा समाधानका उपायहरू खोज्नु हो। महिला सशक्तीकरण, अधिकार र सुरक्षाका विषयमा सरोकारवाला निकाय तथा समुदायबीच खुला संवादको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको उनले बताए ।
एनआरएनए एनसीसी अमेरिका र युएस नेपाल टुडे डटकमले सबैलाई कार्यक्रममा सहभागी भई अन्तर्राष्ट्रिय महिला दिवस २०२६ लाई अर्थपूर्ण बनाइदिन आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.