काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य करेक्सनको संकेतसहित घटेको छ । अघिल्लो कारोबार दिन उच्च अंक बढेको नेप्से यस दिन अल्पकालिन लगानीकर्ताले नाफा सुरक्षित गर्दा परिसूचक ३.०७ अंक घटेर २७६९.०९ विन्दुमा बन्द भएको छ ।
यसदिन सेन्सेटिभ इण्डेक्स १.६५ अंक, फ्लोट इण्डेक्स ०.२१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५२ अंक घटेको छ । यद्यपि, बजारमा कारोबार रकम भने बढेको छ । सोमबार ३३२ स्टकको १ लाख ४७ हजार ६७६ पटकको कारोबारमा १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार रुपैयाँबराबरको ३ करोड ६२ लाख ६४ हजार कित्ता शेयर किनबेच भएको छ ।
यसदिन एसवाई प्यानल नेपाल, हिम स्टार उर्जा कम्पनी, सान्भि इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रो नेपालका शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य करिब १० प्रतिशत र ट्रेड टावरको शेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ ।
यसदिन हिमालयन पावर पार्टनर कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ । जसको सोमबार ६५ करोड ९३ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको हो । आँखु खोला जलविद्युत कम्पनीको शेयर कारोबार ५६ करोड रुपैयाँभन्दा बढी र मञ्जुश्री फाइनान्सको कारोबार ५२ करोड रुपैयाँ नाघेको छ ।
आज १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । सर्वाधिक बढेको होटल तथा पर्यटन उपसमूहको परिसूचक १.६७ प्रतिशतले उक्लिएको छ । त्यस्तै, जलविद्युत, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहमा पनि सामान्य बढोत्तरी देखिएको छ ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.