सिन्धुपाल्चोक जिल्लाको वर्तमान राजनीतिक परिदृश्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सम्बद्ध उम्मेद्वारहरू लाइ नजिक र संजालहरुमा सबैभन्दा नजिक ,अर्थपूर्ण र वैचारिक रूपमा प्रभावशाली अनुहारका रूपमा दावा लामा देखिरहनुभएको छ। जेन्जी काउन्सिल सिन्धुपाल्चोकका संयोजकसमेत रहनु भएका लामा केवल दर्शक होइनन्, राजनीतिक दिशा तय गर्ने निर्णायक भूमिकामा देखिएका छन्।
जेन्जी आन्दोलनपछि नै संयोजक लामाले स्पष्ट चेतावनी दिँदै आएका थिए—सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा पुरानै अनुहार, असफल सोच र नयाँ पुस्ताको चाहना सम्बोधन गर्न नसक्ने उम्मेद्वार दोहोरिए आन्दोलन चुप लागेर बस्ने छैन। वैकल्पिक शक्तिबाट भूगोलले खोजेको, जनभावनाले चाहेको र राजनीतिक इमानदारी बोकेको उम्मेद्वार आएमा त्यसलाई जिताउने गरी मैदानमा उत्रिने, अन्यथा स्वयं चुनाव लड्ने अडान उहाँले सार्वजनिक रूपमा राख्दै आउनु भएको थियो।
अन्ततः सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा जनअपेक्षा, सामाजिक पृष्ठभूमि र विकासप्रतिको दृष्टिकोणले खारिएको उम्मेद्वार अगाडि आएपछि, आफू र आफ्नो संगठनले त्यो उम्मेद्वारलाई जिताउन सम्पूर्ण शक्ति केन्द्रित गरेको संयोजक लामा बताउनुहुन्छ। उहाँका अनुसार यो समर्थन कुनै दलगत स्वार्थ होइन, बरु दशकौँदेखि दोहोरिँदै आएको गलत राजनीतिक संस्कारको विरुद्धको सचेत निर्णय हो।
समाजसेवा, व्यवसायिक अनुभव र जनसेवाको स्पष्ट संकल्प बोकेको उम्मेद्वारलाई अगाडि ल्याउन जेन्जी आन्दोलनले सचेत हस्तक्षेप गरेको लामा बताउनुहुन्छ। उहाँ अझै स्पष्ट पार्नुहुन्छ—आफू हाल वैकल्पिक शक्ति रास्वपाको औपचारिक संरचनाभन्दा बाहिर रहेर पनि सही नेतृत्व, सही पात्र र सही राजनीतिक दिशालाई मात्र साथ दिन यो अभियानमा जोडिएको हुँ।
दावा लामाको यो अडान केवल व्यक्तिको समर्थन मात्र होइन, यो सिन्धुपाल्चोकमा पुरानो सत्ता–राजनीतिलाई चुनौती दिने, जेन्जी पुस्ताको असन्तोषलाई राजनीतिक निर्णयमा रूपान्तरण गर्ने र गलत नेतृत्वलाई अस्वीकार गर्ने स्पष्ट सन्देशका रूपमा स्थापित भइरहेको छ।