×

कर्णालीमा नौ जना पूर्वमन्त्री चुनावी मैदानमा, कसको पकड बलियो ?

खालीपाना न्युजडेस्क | २ महिना अगाडि

 

सुर्खेत । आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा निर्वाचनमा कर्णालीका चार प्रदेश मन्त्रीसहित नौ जना पूर्वमन्त्री चुनावी मैदानमा होमिएका छन् ।

१२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा कर्णाली प्रदेश सरकारका चार जना मन्त्री र पाँच जना संघीय सरकारका मन्त्रीहरु छन् । पूर्व अर्थमन्त्री जनार्दन शर्मा, पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत, पूर्व पर्यटन मन्त्री खड्कबहादुर बिश्वकर्मा, पूर्व सहरी बिकास मन्त्री धनबहादुर बुढा र कर्णाली प्रदेशका पूर्व मूख्यमन्त्री तथा पूर्व ऊर्जा मन्त्री महेन्द्र बहादुर शाही चुनावी मैदानमा छन् ।

त्यस्तै कर्णाली प्रदेश सरकारका पूर्व मन्त्री नरेश भण्डारी जुम्लाबाट, गोपाल शर्मा रुकुम पश्चिमबाट, चन्द्रबहादुर शाही मुगुबाट र अम्मरबहादुर थापा दैलेख क्षेत्र नं. १ बाट उम्मेदवार बनेका छन् । यी सबै पूर्वमन्त्रीहरु माओवादी र एकीकृत समाजवादी पृष्ठभूमिका हुन् ।

कस्को अवस्था के ?
जनार्दन शर्मा पूर्व अर्थमन्त्री
तत्कालिन नेकपा माओवादीका प्रभावशाली नेता हुन् जनार्दन शर्मा । कुनै समय उनी नेकपाका संयोजक प्रचण्डका विश्वस पात्र थिए । प्रचण्डको विश्वासकै कारण कर्णालीमै उनको प्रभाव रहन्थ्यो । त्यसैले त कर्णाली सरकारको मुख्यमन्त्री जो भए पनि उनकै इशारामा चल्ने समय थियो कुनै बेला । यतिसम्म कि महेन्द्रबहादुर शाही मुख्यमन्त्री हुँदा उनले कर्णाली प्रदेश सरकार सञ्चालनको उच्चस्तरीय संयन्त्र बनाएर जनार्दनलाई संयोजक बनाएका थिए ।

रुकुम पश्चिममा जनार्दनको नाम लिएर जो कोही चुनावमा गए पनि जितिन्छ भन्ने प्रभाव बनाएका थिए उनले । तर, अहिले उनी आफै चुनाव कसरी जित्ने भन्ने रणनितिमा छन् । उनले तत्कालिन पार्टी छोडेर प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट चुनावमा होमिएका छन् । रुकुम पश्चिममा कुनै बेलाका आफ्नै कार्यकर्ता गोपाल शर्मासंग भिड्दैछन् जनार्दन । जनार्दनको प्रभाव क्षेत्र भनिएको रुकुम पश्चिममा उनलाई चुनाव जित्न सहज नभएको स्थानीयले बताएका छन् ।

शक्तिबहादुर बस्नेत : पूर्व गृह मन्त्री
पूर्व गृहमन्त्री भई सकेका शक्ति बहादुर बस्नेत जाजरकोटबाट चुनावी मैदानमा होमिएका छन् । यहाँ उनले नेपाली काँग्रेससंग प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । शान्ति प्रक्रियामा आए यता जाजरकोटबाट लगातार चुनाव जित्दै आएका बस्नेत लाई उनको पार्टीका नेताहरुलाई मिलाउनु पर्ने चुनौती छ । चुनावमा टिकटका आकांक्षी रहेका गणेश प्रसाद सिंहले पार्टी परित्याग गरेको घोषणा गरेपछि बस्नेतलाई चुनाव जित्न सहज नभएको स्थानीयको आंकलन छ ।

सधै टिकट ल्याउन सफल भए पनि यो पटक जाजरकोटबाट चुनाव जित्न सहज नभएको स्थानीय बताउँछन् । उनलाई नेपाली काँग्रेसका खडक बिसी र नेकपा एमालेका डम्मर सिंहले चुनौती दिएका छन् । काँग्रेसका बिसी जिल्लामै बसी रहने यूवा भएकोले जनताको रोजाईमा पर्ने काँग्रेसका नेताहरुको दाबी गरेका छन् ।

धनबहादुर बुढा : पुर्व सहरी बिकास मन्त्री
पूर्व सहरी बिकास मन्त्री धनबहादुर बुढा डोल्पाबाट चुनाव लडेका छन् । तत्कालिन समयमा नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेका बुढा पार्टी एकीकरण पछि नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार छन् । रोचक त के छ भने उनले आफ्नै सहोदर दाजु कर्णबहादुर बुढासंग प्रतिष्पर्धा गर्दैछन् । नेपाली काँग्रेसको सहमहामन्त्री बुढा पनि डोल्पाबाट चुनावमा उठेका छन् ।

आमने सामने प्रकाण्ड र महेन्द्र
तत्कालिन युद्धको बेला खड्कबहादुर बिश्वकर्मा युद्धको योजनाकार थिए । त्यहीबेला महेन्द्रबहादुर शाही जनमिलिसियामा भर्ना भएर जनयुद्धमा सहभागि भए । महेन्द्रबहादुर शाही जनयुद्धको प्रभावबाट शान्ति प्रक्रियामा पुग्दासम्म छापामार हुँदै डिभिजन कमाण्डर बने भने खड्कबहादुर तत्कालिन अन्तरिम कालमा वित्रायक बनेर संसद छिरे।
प्रचण्डका विश्वास पात्र प्रकाण्ड २०६४को संविधान सभापछि प्रचण्डको मन्त्रीपरिषद्मा मन्त्री पनि बने । त्यही बेला माओवादी लडाकूू शिविरमा रहेका महेन्द्र २०६८ सालमा माओवादी विभाजनबाट प्रकाण्ड मोहन बैद्य नेतृत्वमा लागे पछि राजनितिमा आएका महेन्द्र यो पटक कालिकोटबाट आमने सामने भएका छन् ।

नेकपा माओवादीका प्रवक्ता समेत रहेका प्रकाण्डले उम्मेदवारी दर्ता गराएसँगै कालिकोटको राजनितिक माहोल फेरिने आँकलन गरिएको छ ।

२०७० सालको संविधान सभा निर्वाचन यता कहिले संघमा र कहिले प्रदेशमा चुनाव लडेर अवसर जित्ने पाएका महेन्द्रका लागि यति बेला चाहि जित सहज हुने छैन । उनलाई पार्टीका केन्द्रीय सदस्य जीवन बुढाले बागी उम्मेदवारी दर्ता गरेर चुनौती दिएका छन् । माओवादी विभाजन, प्रकाण्डको उम्मेदवारी र महेन्द्रको लामो संसदीय यात्राले कालिकोटको परिणाम काँग्रेस एमालेको पोल्टामा पर्न सक्ने अनुमान पनि गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.