काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक सचिवालय बैठक आह्वान गरेको छ। पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठक आजै दिउँसो सवा ३ बजे भर्चुअल माध्यमबाट आयोजना हुनेछ।
उक्त बैठकमा पार्टी एकता, संगठनात्मक समायोजन तथा समसामयिक राजनीतिक विषयहरूबारे छलफल हुने कार्यसूची तय गरिएको छ।
पार्टी स्रोतका अनुसार उज्यालो नेपाल पार्टीसँग भएको सहमतिमा खटपट देखिएपछि रास्वपाले उच्चस्तरीय छलफल गर्न लागेको हो। सहमतिका केही विषय कार्यान्वयनमा समस्या देखिएपछि नेतृत्व तहमा आपत्कालीन परामर्श आवश्यक भएको बताइएको छ।