×

चलचित्र विकास बोर्डप्रति गम्भीर छु : मन्त्री खरेल

खालीपाना न्युजडेस्क | २ हप्ता अगाडि

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विकास बोर्डबाट गएका र मन्त्रालयमा आएका चलचित्र सम्बन्धी फाइलहरु कुनैपनि बाँकी नरहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सबैभन्दा बढि समय नै चलचित्र क्षेत्रलाई दिएको भन्दै हिजोसम्मको कुरा गर्दा मन्त्रालयमा आएका चलचित्र सम्बन्धी फाइलहरु कुनै पनि बाँकी नरहेको बताए ।
उनले भने, ‘मैले लगभग दुई महिना बढि मात्र काम गरेको छ । चलचित्रको क्षेत्रमा जति छलफल र कुराकानी अन्य झण्डै २४ वटा निकायमा गरेको छैन् । सबैभन्दा बढि समय नै मैले यो क्षेत्रलाई दिएको छु । हिजोसम्मको कुरा गर्दा विकास बोर्डबाट गएका र मन्त्रालयमा आएका चलचित्र सम्बन्धी फाइलहरु कुनैपनि अब बाँकी छैन् । त्यसकारण चलचित्र विकास बोर्डले मन्त्रालयले यो काम रोकेको कारण समस्या भयो भन्ने कुनै काम रोकिएको छैन् ।’
यस्तै, उनले चलचित्रमा सेन्सरको बारेमा मन्त्रालयमा कामहरु भइरहेको भन्दै यसबारे रहेका असन्तुष्टिहरुको लागि सरकार र चलचित्रकर्मीहरु सँगै बसेर कार्यविधि ल्याएको बताए ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x