×

बार्षिक ३० लाख पर्यटक ल्याउन सकिन्छः सूर्य थपलिया

खालीपाना न्युजडेस्क | ११ महिना अगाडि

काठमाडौंः नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले वार्षिक ३० लाख पर्यटक भित्राउन सम्भव रहेको बताएका छन् । नेपालमञ्चको तेस्रो वार्षिकोत्सवका अवसरमा पर्यटकीय नगरी पोखरामा आयोजित कार्यक्रममा थपलियाले निजी क्षेत्र र सरकारबीच सहकार्य भए ३० लाख पर्यटक ल्याउन असम्भव नहुने बताए ।

उनले जेनजी आन्दोलनले पर्यटन क्षेत्र धराशयी हुन्छ भन्ने चिन्ता भएपनि त्यसको असर खासै नदेखिएको दावी गरे ।

उनले भने, ‘जेनजी आन्दोलनले देश जलिरहेका बेला पर्यटन क्षेत्र के होला भन्ने चिन्ता हामी सबैमा थियो, तर बोर्डको कुरा हेर्दा तत्कालै सामाजिक सञ्जालमा हामी सक्रिय भयौं। निजी क्षेत्र र सञ्चार क्षेत्रले सघायो । आन्दोलनमा इमेजको हिसाबले खर्बौको क्षति भयो । तर एक हप्ताभित्रै पर्यटन क्षेत्रलाई लयमा फर्कायौं ।’

उनले कोभिडमा पनि लामो समय पर्यटन क्षेत्रमा असर परेको उल्लेख गर्दै अहिले भने त्यसको तुलनामा एक हप्तामै लयमा फर्काउन सफल भएको बताए ।

‘सबैको सहयोगले १२ लाख पर्यटक भित्र्याउने अवस्थामा छ । १२ लाख पर्यटक स्वागत गर्यौं । क्राइसिसबाट नेपालको पर्यटन माथि निस्केको छ । सहकार्यमा राम्रो काम गरेको छ,’ उनले भने, पर्यटन बोर्डले मात्र केही गर्न सक्दैन । लगानीमा जुन खालको अफ्ठेरो सिर्जना भएको छ त्यसलाई हेर्नुपर्यो । सरकारले बलियो कार्यक्रम ल्याउनुपर्यो । २०२६ मा फड्को मार्ने हो भने निजी क्षेत्रलाई हेर्नुपर्छ । बोर्डले आफ्नो तर्फबाट काम गर्छ । इमेज डेकोरेट गर्ने काम भइरहेको छ । छवि बनाउने काम बोर्डले गरिरहेको छ । हस्पिटालिटी र संस्कृतिले नेपाली पर्यटन टिकेको छ । जेनजी आन्दोलनमा निलो कलरको बसलाई जान दिएको छ । यो हाम्रो कल्चर हो ।’

लगानी र लगानीको फिर्ता सुनिश्चितता राज्यले गर्नुपर्ने बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाको भनाई छ ।

‘वितरणमुखी र कल्याणकारी राज्य भए पर्यटन बलियो बन्छ । पर्यटनमा युवालाई जोड्न स्कुल लेभल पढ्दैदेखि संस्थागत गर्नुपर्छ । देश चिनाउनुपर्छ । अनि त्यहाँ टुरिजम जोडिन्छ । पर्यटन सुरक्षित छ । युवालाई टुर गाइड ट्रेनिङ हस्पटालिटी तालिम गराइरहेको छ,’ उनले भने, ‘वर्षको ३५ देखि ४० लाख पर्यटनलाई सेवा दिन सक्ने पूर्वाधार छ । तर एभियसन अड्चन छन् । सीमापार देशका पर्यटक ल्याउन सकिएको छैन । सीमाको मुद्दा छ । भन्सारमा दुख छ । ५० वटा कानुन छ । छिर्नै सक्दैन । धेरै इस्युहरु छन् । सिस्टममै समस्या छ । ट्रेकिङ रुटहरु घटेका छन् । डाँडा डाँडामा सडक बस्ती पुर्याउँदा मासियो । पर्यटक घटे । ३० देखि ३५ लाख भित्रेयाउन सकिन्छ । कम्तिमा १५/२० लाख पुर्याउन त । यति त सकिन्छ । २०२६ को एलडिजी ग्राजुयसपछि जाने हो बोल्ड निर्णय लिन जरुरी छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.