×

ई–७ भिसामार्फत कोरियामा सीपयुक्त कामदार पठाउने कार्यविधिको रोक फुकुवा

खालीपाना न्युजडेस्क | ११ महिना अगाडि

२८ मंसिर, काठमाडौं ।
‘दक्षिण कोरियामा सीपयुक्त कामदार (ई–७ भिसा) पठाउनेसम्बन्धी कार्यविधि, २०८०’ मा लगाइएको अस्थायी रोक हटाइएको छ । उच्च अदालत पाटनको आदेशपछि वैदेशिक रोजगार विभागले कार्यविधि कार्यान्वयनमा लगाइएको रोक फुकुवा गरेको हो ।

यसअघि वैदेशिक रोजगार विभागले भदौ ३१ गते सूचना जारी गर्दै उक्त कार्यविधिको कार्यान्वयन तत्कालका लागि रोकिएको जनाएको थियो । सो निर्णयविरुद्ध परेको रिट निवेदनमा उच्च अदालत पाटनले रोकसम्बन्धी सूचना कार्यान्वयन नगर्नु/नगराउन आदेश दिएको थियो ।

अदालतको आदेशपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कात्तिक २४ गते परिपत्र जारी गर्दै भदौ ३१ गतेको सूचनालाई कार्यान्वयन नगर्न निर्देशन दिएको थियो । त्यससँगै कार्यविधि पुनः कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।

श्रम मन्त्रालयले ई–७ भिसामार्फत सीपयुक्त श्रमिक कोरिया पठाउने उद्देश्यले ‘दक्षिण कोरियामा सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, २०८०’ जारी गरेको थियो । सो कार्यविधिअनुसार म्यानपावर कम्पनीमार्फत सीपयुक्त कामदार पठाउने व्यवस्था गरिएको थियो ।

विभागका निर्देशक टिकाराम ढकालका अनुसार, उच्च अदालतको असोज ३१ गतेको आदेश र श्रम मन्त्रालयको कात्तिक २४ गतेको पत्रका आधारमा भदौ ३१ गतेको सूचना फिर्ता लिइएको हो । विभागले जारी गरेको नयाँ सूचनामा अदालत र मन्त्रालयको आदेशअनुसार उक्त सूचना कार्यान्वयन नहुने स्पष्ट गरिएको छ ।

मन्त्रालयको परिपत्रपछि कोरियास्थित नेपाली दूतावासले समेत मागपत्र प्रमाणीकरण प्रक्रिया पुनः सुचारु भएको जानकारी दिएको थियो । तर सरकारको यस निर्णयविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अख्तियारले कार्यविधि कार्यान्वयन नगर्न निर्देशन दिएको थियो । त्यसपछि विभागले कार्यविधि रोकिएको सूचना सार्वजनिक गरेको थियो ।

विभागको उक्त निर्णयविरुद्ध व्यवसायीहरू अदालत पुगेका थिए । सोही रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले रोकसम्बन्धी सूचना कार्यान्वयन नगर्न आदेश दिएको हो ।

यद्यपि अदालतको आदेशपछि पनि ई–७ भिसामार्फत कामदार पठाउने प्रक्रिया पूर्ण रूपमा खुलेको हो वा होइन भन्ने विषयमा मन्त्रालय र विभाग स्पष्ट देखिएका छैनन् ।

हाल दक्षिण कोरियाले विदेशी श्रमिक दुई माध्यमबाट भित्र्याउँदै आएको छ । एक, कोरियन भाषा परीक्षा (ईपीएस) प्रणालीमार्फत, जसअन्तर्गत १७ देशबाट कामदार लैजाने गरिन्छ । दोस्रो, ई–७ भिसामार्फत सीपयुक्त कामदार भित्र्याउने व्यवस्था छ । नेपालबाट पनि ई–७ भिसामार्फत श्रमिक पठाउने उद्देश्यले कार्यविधि बनाइएको भए पनि यसले ईपीएस प्रणाली प्रभावित हुने भन्दै विभिन्न तहबाट विरोध हुँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.