×

बारा–३ मा युवा नेतृत्वको चाहना: भोला कुमार साह कानुलाई उमेदवारी दिन स्थानीयको दबाब बढ्दो

खालीपाना न्युजडेस्क | १ महिना अगाडि

क्षेत्रीय सभापति भोला कुमार साह कानुले बारा–३ क्षेत्रमा लामो समयदेखि गर्दै आएको सामाजिक काम र सक्रिय भूमिकाका कारण स्थानीयवासीकै बीचमा नयाँ विकल्पको रूपमा पहिचान बनाउँदै लगेका छन्। समाजमा उनको पहुँच, युवा ऊर्जा र व्यवहारिक नेतृत्व क्षमता देखेर बारा–३ का नागरिकहरूले आगामी निर्वाचनमा उनलाई उमेदवारको रूपमा देखने चाहना व्यक्त गर्दै आएका छन्।

तलदेखि नै बढ्दो जनदबाबले “नयाँ अनुहार, सक्रिय युवा नेता” का रूपमा साहप्रतिको भरोसा झनै मजबुत भएको देखिन्छ। स्थानीयवासीका अनुसार, दीर्घकालीन सामाजिक योगदान र समुदायप्रतिको प्रतिबद्धताका कारण चुनावी प्रतिस्पर्धामा उनलाई अघि सार्ने समय आएको छ।

नेतृत्व परिवर्तन र युवा पुस्ताको सहभागिताको माग बढ्दो क्रममा भोला कुमार साह कानु बारा–३ मा सम्भावित उम्मेदवारका रूपमा चर्चामा रहेका छन्।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x