काठमाडौं – नेपाल विद्यार्थी सङ्घ, नेपाल कमर्स क्याम्पस इकाईको हालै सम्पन्न बैठकले इकाई सभापति सरोज तिमिल्सिना द्वारा हरिश पनेरुलाई कार्यवाहक सभापतिको जिम्मेवारी प्रदान गरेको छ।
त्यसैगरी, कमर्स क्याम्पसमा मनोनित उप–सभापति प्रयाश कडायत, सह–सचिव प्रमोद श्रेष्ठ, कोषाध्यक्ष मीरा थापा तथा सम्पूर्ण सदस्यहरूलाई इकाईले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ।
यस नियुक्तिसँगै इकाईले आगामी कार्यकालमा सक्रियता र संगठनात्मक विकासमा थप योगदान दिने अपेक्षा राखेको छ।