×

नयाँ मन्त्रीहरूसँगै क्याबिनेट विस्तार, पर्यटन मन्त्रालयमा सिन्हाको नियुक्ति

खालीपाना न्युजडेस्क | १ महिना अगाडि

२६ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी कानुन मन्त्री अनिलकुमार सिन्हालाई दिने तयारी गरेकी छिन्।

शुक्रबार दिउँसो हुने मन्त्रिपरिषद् विस्तारका क्रममा केही मन्त्रीहरूको जिम्मेवारी फेरबदल पनि हुँदैछ। यसअनुसार सिन्हाले अहिले सम्हालिरहेको भूमि मन्त्रालयको जिम्मेवारी कुमार इङ्नामलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।

अब सिन्हाले उद्योग, कानुन र पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्। नयाँ मन्त्रीहरूमध्ये केहीले पर्यटन मन्त्रालयमा अनुभव भएको र त्यो जिम्मेवारी सम्हाल्ने इच्छा व्यक्त गरेका थिए। तर प्रधानमन्त्री कार्कीले पुरानै अनुभवी मन्त्री सिन्हालाई जिम्मेवारी दिने निर्णय गरेकी छिन्।

पछिल्लो पटक तेस्रोपटक मन्त्रिपरिषद् विस्तार हुँदा पनि पर्यटन मन्त्रालय कसले सम्हाल्ने भन्नेबारे विवाद भएको थियो। त्यसबेला गणपतिलाल श्रेष्ठले पर्यटन मन्त्रालय नपाएरै मन्त्री बन्न अस्वीकार गरेका थिए।

स्रोतका अनुसार, प्रधानमन्त्रीले सिन्हालाई पर्यटन मन्त्रालय दिने निर्णयको कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार, नागरिक उड्डयन प्राधिकरणभित्र अनियमितता जस्ता विषयमा ध्यान दिन सक्ने क्षमता हुनु हो।

शुक्रबार दिउँसो ३ बजे श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामले नयाँ जिम्मेवारीको शपथ लिने कार्यक्रम छ।

श्रद्धा श्रेष्ठ – महिला तथा बालबालिका मन्त्रालय

माधव चौलागाईं – वन मन्त्रालय

राजेन्द्रसिंह भण्डारी – श्रम मन्त्रालय

कुमार इङ्नाम – भूमि मन्त्रालय

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x