×

पाल्पामा जीप दुर्घटना: ३ जनाको मृत्यु, ८ घाइते

खालीपाना न्युजडेस्क | १ महिना अगाडि

२६ मंसिर, बुटवल । पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।

मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जीप शुक्रबार दुर्घटनामा परेको थियो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार, दुर्घटनामा मृत्यु भएका तीनै जनाको पहिचान अहिलेसम्म खुल्न सकेको छैन।

घाइते आठ जनालाई उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, पूर्वी नवलपरासी पठाइएको छ। दुर्घटनाको कारण भने अनुसन्धान भइरहेकाले अहिलेसम्म सार्वजनिक गरिएको छैन।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x