×

आज फेरि मन्त्री बढ्दै! प्रधानमन्त्री कार्कीले ४ नयाँ अनुहार क्याबिनेटमा

खालीपाना न्युजडेस्क | १ महिना अगाडि

२६ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् फेरि विस्तार गर्ने तयारी गरेको छ। आज थप चार मन्त्री समावेश गर्दै उनले चौथो पटक क्याबिनेटलाई ठूलो बनाउँदैछिन्।

शीतल निवास स्रोतका अनुसार श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई नयाँ जिम्मेवारीका लागि छानिएको छ। महिला तथा बालबालिका, बन, श्रम र भूमि मन्त्रालय क्रमशः उनीहरूलाई दिन सरकारको प्रारम्भिक योजना रहेको बताइन्छ।

नयाँ मन्त्रीहरूले आज दिउँसो ३ बजे शपथ लिने कार्यक्रम तय गरिएको छ।

यसअघि मन्त्रिपरिषद् १० सदस्यीय थियो। ९ कात्तिकमा गरिएको तेस्रो पुनर्गठनपछि डा. सुधा शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा र बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्रालयमा प्रवेश गरेपछि संख्या १० पुगेको थियो।

अब चार मन्त्री थपिएपछि क्याबिनेट १४ सदस्यीय बन्दैछ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x